• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सरकारले यसकारण दियो फेरी लगातार ३ दिन सार्वजनिक विदा, हेर्नुहोस बिस्तृतमा

    20.1K
    SHARES

    काठमाडौँ । सरकारले फेरी लगातार ३ सार्वजनिक विदा दिने निर्णय गरेको छ । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको हो ।

    सोमबार बसेको गाउँसभाको बैठकले माघ पर्वको लागि तीन दिन बिदा दिने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेपछि सोही अनुसार बिदा गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । थारु समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । माघी थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो ।

    यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा बिदा दिइएको जनाएको हो । यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्री परिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    यस्तै केही दिन देखि लगातार बढेको जाडो विस्तारै कम हुन थालेको छ । तर, पश्चिमी वायुको सक्रियताका कारण आज बेलुकीदेखि पश्चिमी पहाडी र हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने पूर्वानुमान गरिएको छ । आज दिउँसोदेखि देशको पश्चिमी भेगमा मौसम बदली भई पानी पर्ने देखिएको छ । अर्को तिर उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकामा सामान्य हुस्सु लागेपनि तराई भेगमा भने बाक्लो हुस्सु लागेकाले मौसम खुलेर घाम लाग्ने सम्भावना पनि निकै कम छ । आज मध्य र पूर्वी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ । हुस्सु लाग्ने र पानी तथा हिउँ पर्ने क्षेत्रमा चिसो ठिहिरो पनि चल्ने भएकाले सावधानी अपनाउन विज्ञले अनुरोध गरेका छन् ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान पौष २८ गते सोमबार दिउँसो देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। राती- देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

    पौष २९ गते मंगलबार दिउँसो- देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। राती- देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

    माघ १ गते बुधबार- दिउँसो देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ। रातीः देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

    प्रतिक्रिया