• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओली-प्रचण्डको हाईकमाण्ड बैठक गर्यो उपसभामुखको राजिनामाबारे यस्तो निर्णय

    9.8K
    SHARES

    काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। रिक्त सभामुख पदमा उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा मागिएको हो।

    नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने।’ सभामुख कसलाई बनाउने भन्नेबारे तय भएको छैन। सभामुख उम्मेदवार को बनाउने भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यो आउँछ नि! पहिला उपसभामुखको राजीनामा आउनुपर्‍यो।’

    प्रदेश नम्बर–३ को प्रदेश सभाले आजपनि प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन सकेन । शनिवार (आज) बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफलपछि बैठक स्थगित भएको हो । बैठक आइतवार विहान ९ बजेका लागि बोलाइएको छ । आइतवारको बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा मतदान हुनेछ । प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो भएको प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल भएपनि निर्णय भने भोलिमात्र हुनेछ ।

    यस्तै हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाइनुपर्छ भन्ने प्रस्तावको पक्षमा नेकपा संसदीय दलका नेता तथा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने उक्त प्रस्तावलाई समर्थन गर्नेहरुमा प्रतिपक्ष दलका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाका रीता माझी र राप्रपा संयुक्तका रीना गुरुङ छन् ।

    यसैगरी काभ्रेपलाञ्चाक जिल्लालाई ३ नं प्रदेशको राजधानी हुनुपर्छ भन्ने विवेकशील साझा दलका नेता रमेश पौडेल प्रस्तावक रहेका छन् भने समर्थकमा सोही दलका प्रदेशसभाका सदस्य विराज भट्ट श्रेष्ठ र शोभा शाक्य छन् । प्रदेशसभामा ११० जना सदस्य छन् भने हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना छन् ।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम सन्तोषजनक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय पुननिर्माण परामर्श परिषद्को पाचौं बैठकमा पुननिर्माणको वर्तमान अवस्था एवं कर्ययोजनाको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिले सम्मको पुननिर्माणको प्रगति सन्तोषजनक रहेको बताएका हुन।

    उनले पुननिर्माणको काममा भएको अहिले सम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए। कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुननिर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उनले बताए।

    बैठकमा प्रधानमन्त्री ओलीले अहिले सम्मको प्रगति र अनुभवलाई लिपिवद्ध गरेर राख्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन समेत दिए। बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुननिर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनर्स्थापना, पुनर्निर्माणको दीगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गराएका थिए।

    प्रतिक्रिया