• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    धर्म संस्कार

    आज राति १० बजेदेखि खण्डग्रास चन्द्रग्रहण लाग्दै, भुलेर पनि यस्ता कार्य, नत्र हुनेछ ठुलो अनर्थ

    13.7K
    SHARES

    आज सन् २०२० को पहिलो चन्द्रग्रहण लाग्दैछ। खण्डग्रास चन्द्रग्रहण नेपालमा पनि देखिनेछ। ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ। ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने।  सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ। यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

    बिज्ञानले पनि यो ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको किटाणु घुम्ने हुँदा नखानु भनेको छ । त्यसैले ग्रहण लागेको बेलामा शरीरमा ब्याक्टोरिया बस्ने हुँदा ग्रहण सकिएपछि स्नान गर्नु पर्दछ । संस्कृत भाषाको ‘गृण्ह’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ ।

    छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ भने सूर्यग्रहण औंशीका दिन लाग्दछ । प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला । ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।चन्द्रग्रहणमा पृथ्वी, चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ । यस स्थिति अनुसार पृथ्वीको छायाँ चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो ।

    यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक्र) नै ग्रहण मानिन्छ । ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ । ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ । मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ । ऋग्वेद लगायत ब्राह्मण ग्रन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन् । वैदिक कालगणनाका लागि ३४ सय वर्ष अघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन ।

    त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन् । पुराणमा ग्रहण धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्व अन्य समयको भन्दा बढि भएको बताएका छन् । ग्रहणको समय सबै स्थानका जल गंगाजल समान पवित्र हुन्छन् ।

    सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भनिएको छ पौराणिक ग्रन्थहरूमा । पूजा गर्नुअघि घरलाई शुद्ध पार्ने चलन छ । साथै चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने बताइन्छ । ग्रहणको बेला घर भित्रै बसेको राम्रो मानिन्छ । किनकी ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने खगोल बैज्ञानिकहरु बताउँछन् ।

    यसैगरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ । ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा रोमान्टिक मुड नबनाउने । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ । ग्रहण लागेको समयमा भोजन तयार गरिएको छ भने त्यसलाई ग्रहण नगर्ने ।

    ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानु । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरू छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ ।

    यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराब असर पर्ने शास्त्रमा उल्लेख छ ।ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरू पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

    प्रतिक्रिया