• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकाले यस्तो मिसाइल हानेर खसाएको थियो इरानको यात्रुवाहक विमान, हेर्नुहोस भिडियोसहित

    36.6K
    SHARES

    काठमाडौं । शकास्पद छ’ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको तेहरानमा दुर्घटना भएको यु’क्रेनको बोइङ ७४७ विमानबारे गरेको टिप्पणी हो यो । उता, बेलायत र क्यानाडाले पनि १७६ यात्रु सवार पीएस७५२ विमानलाई दु’र्घ’टनाअघि इरानको मिसाइलले लागेको सूचना प्राप्त गरेको जनाएका छन् । इरानले अमेरिकाको नेसनल ट्रान्सपोर्टसन सेफ्टी बोर्डलाई अनुसन्धानमा भाग लिन आग्रह गरेको छ ।

    इरानको उड्यान प्राधिकरण अधिकारी फरहाद पर्भरेसले एजेन्सीले आफ्नो अनुसन्धानकर्ता पठाउन सहमति पनि जनाएको जानकारी दिएका छन् । इरानमाथि मिसाइल हानेर यात्रुवाहक विमान खसालेको आरोप लागिरहँदा यस्तो घटना भएको पहिलो पटक भने होइन । पछिल्लो चार दशकमा यस्ता थुप्रै घटना भएका छन् । यहाँ त्यस्ता घटनाका केही उदाहरणहरु प्रस्तुत गरिएका छन् ।

    मलेसिया एयरलाइन्सको एमएच१७ लाई विद्रोही पक्षको कब्जामा रहेको युक्रेनको पूर्वीभागमा मिसाइल हानेर खसालिएको थियो । विमान एम्सटरड्यामबाट क्वाललम्पुरका लागि उडेको थियो । बोइङ ७७७ विमानमा सवार सबै २९८ यात्रु मा’रिएका थिए जसमा १९३ डच नागरिक थिए । किएभका अधिकारीहरु र पूर्वी युक्रेनलाई नियन्त्रण लिन खोजिरहेका रुससमर्थित वि’द्रो’हीहरुले एकअर्कालाई उक्त विमानलाई मिसाइल हानेर खसालेको आरोप लगाएका छन् । सन् २०१९ मा नेदरल्याण्ड्सका अनुसन्धानकर्ताहरुले उक्त दुर्घटनाका लागि रसियाको सेनाका तीन सदस्यसहित चारजनालाई दोषी करार गरेको थियो ।

    बेलारुसियन एयरलाइन्सको इल्युसिन २–७६ विमानलाई सोमालियाको राजधानी मोगादिसुबाट उडान भरेको केही बेरमा नै रकेट हानेर खसालिएको थियो । दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए । उक्त विमानमा बेलारुसका इन्जिनियर र प्राविधिक सवार थिए । उनीहरु दुई हप्ताअघि मिसाइल प्र’हार भएको अर्को विमानको मर्मतका लागि त्यहाँ पुगेका थिए । रसियन सिबिर टुपोलेभ–१५४ विमान तेल अभिभदेखि नोभोसिब्रिस्कतर्फ उडान भर्ने क्रममा ब्ल्याक सीको आकाशमा विस्फोट भएको थियो । उक्त विमानमा सवार ७८ जना, प्रायः इजरायली, को मृत्यु भएको थियो ।

    युक्रेनको क्रिमेइन तटबाट ३ सय किलोमिटर टाढा उक्त दु’र्घ’टना भएको थियो । एक हप्तापछि किएभले भूलवस युक्रेनको मिसाइलले उक्त विमानलाई खसालेको स्वीकार गरेको थियो । इरानको बान्दार अब्बासबाट युएईको दुबईका लागि उडेको केही बेरमा नै इरान एयरको एयरबस ए–३०० इरानको क्षेत्रभित्र पर्ने पर्सियन गल्फमा खसालिएको थियो । स्ट्रेट अफ होर्मुजको गस्ती गरेको अमेरिकाको युएसएस भिन्सेनिस यु’द्धपोतले विमानलाई यु’द्धक विमान ठानेर दुईवटा मिसाइल प्रहार गरेको थियो ।

    विमानमा सवार २९० यात्रुको मृ’त्यु भएको थियो जसमा ६६ बालबालिका थिए । इन्टरनेसनल कोर्ट अफ जस्टिसमा सहमति गर्दै अमेरिकाले इरानलाई १०.१८ करोड अमेरिकी डलर क्षतिपुर्ती तिरेको थियो । सहमति अनुसार अमेरिकाले दु’र्घट’नाका लागि कानूनी दायित्व वा इरानसँग औपचारिकरुपमा माफी मागेन । अमेरिकाले पछि युएसएस भिन्सेनिसका कप्तान विल सी रोजर्सलाई लिजयन अफ मेरिट पुरस्कारले सम्मानित गरेको थियो ।

    गलत बाटो हिँडेको दक्षिण कोरियाको कोरियन एयरआबद्ध बोइङ ७४७ विमानलाई सोभियत फाइटर विमानले सखालिन टापुनजिकै खसालेको थियो । दुर्घटनामा २ सय ६९ यात्रु र चालकदलका सदस्यले ज्यान गुमाएका थिए । दुर्घटनाको पाँच दिनपछि सोभियत संघका अधिकारीहरुले दक्षिण कोरियाको विमान खसालेको स्वीकार गरेका थिए ।

    त्रिपोलीबाट कायरोका लागि उडान भरेको लिबियन अरब एयरलाइनको बोइङ ७२७ विमानलाई इजरायलको फाइटर विमानले सिनाइ मरुभूमिमा खसालेको थियो । विमानमा १ सय १२ जना सवार रहेकोमा ४ जना बाँच्न सफल भएका थिए । सिनाइमा रहेको आफ्नो सैन्य बेसमाथि उडेपछि इजरायलको सेनाले खसालेको थियो । इजरायलका अधिकारीहरुले विमानले ल्याण्ड गर्न नमानेपछि आफूहले बाध्य भएर खसालेको बताएका थिए ।

    त्यस्तै दुर्घटना हुनअघि युक्रेनको विमानलाई मिसाइलले आकाशमा हानेको दाबी गर्दै भिडियो सार्वजनिक भएको छ । अलजजिरामा प्रकाशित समाचारका अनुसार इरानको तेहरानस्थित विमानस्थलबाट उडान भरेको विमानलाई मिसाइलले लागेको र त्यसको केही समयपछि नै बुधबार दुर्घटनाग्रस्त बनेको दाबी गर्दै भिडियो सार्वजनिक भएको हो ।

    इरान र अमेरिकाबीच जारी तनावबीच युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको पीएस ७५२विमान इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार उडान भरेको केही समयमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार १ सय ७६ जनाको मृत्यु भएको थियो । उक्त भिडियो पहिलो न्युयोर्क टाइम्स र सीएनएनमा सार्वजनिक भएको थियो । उता, क्यानाडेली, अमेरिकी र बेलायती अधिकारीहरुले पनि गुप्तचरको सूचनाको हवाला दिँदै विमानलाई इरानको मिसाइलले खसालेको दाबी गरिरहेका छन् ।

    इरानले भने उक्त दाबीलाई खारेज गरेको छ । अधिकारीहरुले यो गल्ती हुनसक्ने बताएका छन् । भिडियोमा पारान्ड भन्ने स्थानको आकाशमा सानो विष्फोट भएको देख्न सकिन्छ । ‘यो त्यही स्थान हो जहाँबाट विमानले संकेत पठाउन बन्द गरेको थियो,’ न्युयोर्क टाइम्सले भनेको छ । पत्रिकाका अनुसार वि’ष्फो’ट भएको केही मिनेटसम्म विमानले उडान भरेको र विमानस्थलतर्फ फर्कने प्रयास गरेको उल्लेख गरेको छ । ‘त्यसपछि विमान पड्कियो र दु’र्घट’नाग्रस्त बन्यो । वि’ष्फो’टको ठूलो आवाज पनि सुन्न सकिन्छ,’ समाचारमा भनिएको छ ।

    ‘यो सबै इरानवि’बि रु द्ध मनोवैज्ञानिक यु’द्ध हो । दुर्घटनामा ज्यान गुमाएका नागरिकका राज्यले आफ्नो प्रतिनिधि पठाउन सक्छन् र हामी बोइङलाई पनि ब्ल्याक बक्सको अनुसन्धान प्रक्रियामा सहभागी हुन अपिल गर्दछौँ,’ सरकारका प्रवक्ता अली राबेइलाई उद्धृत गर्दै इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

    स्वतन्त्र अध्ययनकर्ता र नागरिक पत्रकारको समूह बेलिङक्याटले भूगर्भिक प्रविधि र अन्य उपायहरु प्रयोग गरेर उक्त भिडियो पारान्ड भन्ने स्थानमा नै लिइएको दाबी गरेको छ । न्युयोर्क टाइम्स र सिएननले उक्त भिडियो आफूहरुलाई इन्टरनेट स्वतन्त्रताको अध्ययनकर्ता नारिमान घारिबले उपलब्ध गराएको र उनले त्यो भिडियो अन्य व्यक्तिबाट पाएको उल्लेख गरेको छ ।

    घटनाको बेला ती व्यक्तिले किन भिडियो खिचिरहेका थिए भन्ने प्रष्ट भएको छैन । बेलिङक्याटले भने दुईवटा मिसाइल प्र’हा’र भएको हुनसक्ने र त्यसैले ती व्यक्तिलाई भिडियो खिच्न प्रेरित गरेको हुनसक्ने बताएको छ । न्युयोर्क टाइम्सले पनि ‘गो’ली प्र’हा’र गरेको जस्तो आवाज’ सुनेपछि ती व्यक्तिले भिडियो खिच्न सुरु गरेको उल्लेख गरेको छ । अलजजिराले उक्त भिडियोको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ ।

    इरानले भने विमानमाथि मिसाइल प्रहार गरेको आरोपको खण्डन गरेको छ । ‘यो सबै इरानवि’रु’द्ध मनोवैज्ञानिक युद्ध हो । दुर्घटनामा ज्यान गुमाएका नागरिकका राज्यले आफ्नो प्रतिनिधि पठाउन सक्छन् र हामी बोइङलाई पनि ब्ल्याक बक्सको अनुसन्धान प्रक्रियामा सहभागी हुन अपिल गर्दछौँ,’ सरकारका प्रवक्ता अली राबेइलाई उ’द्धृत गर्दै इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

    त्यस्तै, इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसाभीले क्यानाडानलाई विमान दुर्घटनासम्बन्धी गुप्तचरको सूचना साझा गर्न आग्रह गरेको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेयुले बिहीबार इरानलाई दुर्घटनास्थलको अध्ययन गर्न क्यानाडेली र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई अनुमति दिनुपर्नेमा जोड दिएका थिए । अमेरिकाले इरानका कुड्स फोर्सका कमान्डर कासेम सु’ले’मानीको ह”त्या गरेको बदलामा इरानले इराकस्थित अमेरिकी बेसमा मिसाइल हमला गरेको केही समयपछि विमान दु’र्घ’टना भएको थियो ।

    यस्तै अमेरिकाले इरानसँग ‘बिनासर्त गम्भीर वार्ता’ गर्न तयार रहेको बताएको छ। तर संयुक्त राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको ह ‘त्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दाबी गरेको छ। इरानले ह ‘त्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षे’प्या’स्त्र प्र’हार गरेको थियो। इरानले पनि सो आ’क्र’म’ण आफूले आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसंघलाई बताएको छ।

    सु’ले’मानी इरानमा धेरै शक्तिशाली मानिन्थे। उनलाई इरानको नीति निर्माताका रूपमा हेरिन्थ्यो। उनको अन्तिम संस्कारमा दशौं लाख इरानीहरू सहभागी भएका थिए। उनको शव’या’त्रामा भा’गभा’ग हुँदा ५० भन्दा बढी मानिसले ज्यान गुमाए भने दुई सयजना भन्दा बढी घाइते भएका छन्। इरानका सर्वोच्च नेता आयतूला अली खामनेइले क्षे’प्या’स्त्र आ’क्र’म’णलाई अमेरिकाको गालामा चड्कनको रूपमा व्याख्या गर्दै मध्यपूर्व क्षेत्रमा अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्ने बताएका छन्।

    कसिम सु’लेमानीको अन्तिम संस्कारमा दशौँलाई इरानीहरू सहभागी भएका थिए। सुलेमानीसँग इराकी वि’द्रो’ही समूहका नेता पनि मा’रि’एको र इरानसमर्थित ती समूहले पनि बदला लिने बताएका छन्। तर अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सीबीएस न्यूजसँग कुरा गर्दै इरानले ती समूहलाई अमेरिकामाथि आ’क्र’मण नगर्न भनेको बताएका छन्। अमेरिकी संसद्‍को तल्लो सदनमा बिहीबार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरान’वि’रुद्ध’ यु’द्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ।

    अमेरिकी पत्रमा के छ?
    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्य’ ले वार्ता गर्न तयार रहेको बताएकी छन्।

    सु’ले’मानीको ह ‘त्या संयुक्त राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको छ। सो धारामा कुनैपनि राज्यले आफ्नो रक्षा गर्ने अधिकार प्रयोग गरी गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ।

    उक्त पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ। इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरिएको आ’क्र’म’णलाई उचित ठहर्‍याएको छ। इरानका दूत माजिद तख्तले तेहरानले यु’द्ध नचाहेको बताएका छन्।

    त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षे’प्या’स्त्र प्र’हार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानवि’रु’द्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेकाे बताएका हुन् । इरानले अमेरिकी सैन्य अड्डामा गरेको आ’क्र’म’ण’बाट अमेरिकी सेनातर्फ कोही हताहती नभएकाे समेत उनले बताए ।

    उनले सम्बोधनका क्रममा भने, ‘अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था छ। कोही पनि अमेरिकीलाई कुनै हानी भएको छैन। हाम्रो तर्फ कसैको मृत्यु’ पनि भएको छैन। हाम्रा सबै सैनिकहरू सुरक्षित छन्। शिविरमा केही क्षति मात्र भएको हो ।’ सम्बोधनका क्रममा ट्रम्पले आफू राष्ट्रपति रहुञ्जेल इरानलाई आणविक अस्त्र प्रयोग गर्न नदिने पनि बताए । गत शुक्रबार अमेरिकी ड्रो’न आ’क्र’म’णमा परेर इरानी सैनिक कमान्डर कासिम सुलेमानी मा’रि’एपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गरेका हुन् ।

    अमेरिकी कारबाहीमा आफ्ना सैनिक क’मा’ण्डर मा’रि’एपछि इरानले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मि’सा’इल हमला गरेको थियो। उक्त हमलामा कोही हताहती नभएको अमेरिकाले दाबी गरे पनि इरानले भने ८० अमेरिकी सैनिक मा’रि’एको दाबी गरेको थियो । यसअघि आजै इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए।

    यु’द्ध घोषणा गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग के छ अधिकार ?
    अघिल्लो हप्ता डोनाल्ड ट्रम्पले शीर्ष इरानी कमाण्डर कासिम सुलेमानीलाई मार्ने निर्देशन दिएपछि मध्यपूर्वको तनाव नाटकीय रुपमा बढेको छ । इरानले आफ्नो शीर्ष कमाण्डरको हत्याको बदला लिने वाचा ग¥यो । सोही वाचा अनुरुप उसले बुधबार इराकस्थित दुई अमेरिकी सैन्य आधारमाथि मिसाइल आ’क्र’मण ग¥यो । ट्रम्पले यसअघि इरानले कुनै अमेरिकी नागरिक वा अमेरिकी क्षेत्रमाथि आ’क्र’मण भएमा ‘जवाफमा पूर्णस्तरमा प्र’हा’र’ गर्ने ध’म्की दिएका थिए । ‘अमेरिकाले सोही समयमा र पूर्णस्तरको प्रहार गर्नेछ, जुन ठूलो स्तरको हुनेछ ,’ ट्रम्पले ट्वीटमा भनेका थिए ।

    त्यसबेला ट्रम्पले ५२ इरानी क्षेत्रलाई निसानामा राखेको र अमेरिकाले ती माथि आ’क्र’म’ण गर्न सक्ने बताएका थिए । तर यदि त्यस्तो कार्यन्यवन भएमा त्यसलाई यु’द्ध अपराध मानिनेछ । ट्रम्पले बुधबारको इरानी मिसाइल आ’क्र’मणलाई पूर्ण रुपमा आलोचना गरेका छैनन् तर ह्वाइट हाउसकी प्रवक्ताले ट्रम्पले राष्ट्रिय सुरक्षा समूहसँग सल्लाह लिइरहेको जानकारी दिएकी थिइन् । सुलेमानीको ह’त्याअघि संसदको अनुमति नलिएको भन्ने कुरामा क्रु’द्ध डेमोक्रेटिकले भने आगामी साता ‘वार पावर रिजोलुसन’मा मतदान गराउने योजना बनाएको छ । मतदान हुने उक्त कानुनले ‘इरानवि’रु’द्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको सैन्य कदमलाई सिमित गर्नेछ ।’

    ट्रम्प प्रशासनले भने सुलेमानीको ह’त्याको प्रतिरक्षा गरेको छ । सुलेमानीले इराकस्थित अमेरिकी फौजलाई मार्ने योजना बनाइरहेकाले उनको हत्या गरेको ट्रम्पले बताउँदैं आएका छन् । अमेरिकी संसदले तल्लो सदनले मतदानको तयारी गरिरहँदा, सन् १९७९ मा परित ‘वार पावर्स रिजोलुसन’ ले राष्ट्रपतिलाई यु’द्ध सम्बन्धमा के प्रावधान गरेको छ, त्यसले वर्तमान तनावको सन्दर्भमा के भन्छ , यहाँ व्याख्या गरेको छ:

    अमेरिकी संविधानले सैन्य आक्रमणको अधिकार संसद र राष्ट्रपतिबीचमा बाँडफाँड गरेको छ । कँग्रेससँग यु’द्ध घोषणा गर्ने अधिकार छ भने कमाण्डर–इन–चिफका रुपमा राष्ट्रपतिले अमेरिकाको प्रतिरक्षाका लागि सेना प्रयोग गर्न सक्छन् । सुरुदेखि नै राष्ट्रपति र कँग्रेसबीच राष्ट्रपतिले कँग्रेसको अनुमतिबिना सेनालाई द्वन्दग्रस्त क्षेत्रमा पठाउन मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद छ । यही विवादको जगमा सन् १९७३ मा ‘वार पावर्स रिजोलुसन’ वा ‘वार पावर एक्ट’ बनेको थियो । अमेरिकी कँग्रेसले तत्कालीन राष्ट्रपति निक्सनलाई अलोकप्रिय भियतनाम यु’द्धमा अमेरिकी फौज पठाउन रोक्न उक्त कानुन ल्याएको थियो ।

    यस कानुनले द्वन्दग्रस्त क्षेत्रमा अमेरिकी फौज पठाउनको लागि कँग्रेस र राष्ट्रपतिले पालना गर्नुपर्ने प्रक्रिया उल्लेख गरेको छ । यसअनुसार राष्ट्रपतिले चलिरहेको अथवा सन्निकट द्वन्दमा अमेरिकी फौज पठाउनुअघि ‘सम्भव भएसम्म प्रत्येक अवस्थामा’ सल्लाह लिनुपर्ने गरेको छ । त्यतिमात्र होइन, अमेरिकी सेनालाई द्वन्द वा सन्निकट द्वन्दमा परिचालन गरेपछि पनि कँग्रेसलाई सुचित गर्नुपर्छ । त्यस्तै राष्ट्रपतिले सेना द्वन्द्वमा लड्न लागेको कुरा ४८ घण्टामा संसदमा रिपोर्ट गर्नुपर्छ । फौज परिचालन भइसकेको अवस्थामा कँग्रेसले अनुमति नदिएको अवस्थामा ६० दिनभित्र (केही अवस्थामा ९० दिन) सेना फिर्ता बोलाउनुपर्ने कानुनले व्यवस्था गरेको छ ।

    अघिल्लो महिना ट्रम्पले सुलेमानीको ह’त्याको निर्देशन दिँदा कँग्रेससँग सल्लाह गरेका थिएनन् । हत्यापछि तनाव उलेख्य रुपमा बढेको छ । यसले अमेरिकी फौजलाई द्वन्द्वको सन्निकट पु¥याएको छ । अझ इरानसँग यु’द्धको सम्भावना ह्वात्तै बढेको छ र त्यसको लागि कँग्रेसले अनुमति नदिएको डेमोक्रेट्सको तर्क छ । ट्रम्प प्रशासन सत्तामा आएदेखि इरानसँगको तनावलाई वृद्धि बढेको बढ्यै छ । राष्ट्रपतिको रुपमा ट्रम्पको सुरुवाती निर्णयमध्ये एउटा सन् २०१५ को इरान आणविक सम्झौताबाट एकतर्फी रुपमा बाहिरिने निर्णय थियो ।

    अब कँग्रेसले के गर्नेछ ?
    अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो सदन) ले यो हप्ता ‘वार पावर्स रिजोलुसन’ मा मतदान गर्ने तयारी चलिरहेको छ । यसले ट्रम्पको युद्ध घोषणा गर्ने अधिकार सिमित गर्ने हाउसकी सभामुख न्यान्सी पेलोसीले भनिन् । अघिल्लो हप्ता ट्रम्प प्रशासनले शीर्ष तहका इरानी सैन्य पदाधिकारीलाई लक्षित गरेर जुन उत्तेजक सैन्य आ’क्र’मण ग¥यो,

    त्यसले हाम्रा सैन्य सदस्य, कुटनीतिज्ञ र अन्यलाई इरानसँगको गम्भीर तनाव वृद्धिको खतरामा पारेको छ,’ पेलोसीले भनिन् ।’माथिल्लो सदनमा उक्त विधेयक सहजै पास हुने अवस्था छैन । रिपब्लिकनको बहुमत रहेको उक्त सदनमा विधेयक पास हुनको लागि केही रिपब्लिकन सिनेटरले पनि विधेयकको पक्षमा मतदान गर्नुपर्छ । मंगलबार कँग्रेसका नेतालाई ट्रम्प प्रशासनले सुलेमानीको हत्या गर्नुको कारण गोप्य रुपमा व्याख्या दिँदैछन् । त्यस्तै बुधबार दुवै सदनमा यसबारेमा छुट्टाछुट्टै गोप्य व्याख्या दिइनेछ ।

    कँग्रेसले युद्ध अनुमति दिएको इतिहास
    सन् २००१ सेप्टेम्बर ११ को अक्रमणपछि अमेरिकी कँग्रेसले अफगानिस्तान र विश्वका जुनसुकै कुनामा रहेका अल–कायदावि’रु’द्ध सैन्य फौज प्रयोग गर्न अधिकार दिएको थियो । सन् २००२ मा कँग्रेसले राष्ट्रपति जर्ज डब्लू बुसलाई इराक आ’क्र’म’ण गर्न अधिकार दिएको थियो । त्यसबेला संसदमा तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनसँग आम–संहारको हतियार रहेको तर्क दिइएको थियो, जुनपछि गलत सावित भयो ।

    सन् २०१४ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाले कँग्रेसलाई विभिन्न समयमा सिरियामा आइएसवि’रु’द्ध सैन्य आक्रमण र परिचालनको सूचित गराएका थिए । ओबामा र ट्रम्प दुवैले सन् २००१ र सन् २००२ को कँग्रेस अनुमतिले नै आईएसवि’रु’द्ध सैन्य आ’क्र’मण गर्ने अधिकार दिएको दावी गरेर आइएस’वि’रुद्ध सेना परिचालन गरेका थिए । पछिल्लो समय, कँग्र्रेसमा सन् २००१ र सन् २००२ को अनुमतिलाई विस्थापन गरिनुपर्ने बारेमा निरन्तर बहस भइरहेको छ । पेन्टागनको तथ्याँकअनुसार मध्य–पूर्व र उत्तर अफ्रिकामा ६० हजार अमेरिकी फौज छन् ।

    हेर्नुस भिडियो

    You can watch a great annotated video put together by @JakeGodin of Newsy here, showing the various objects and events of the brief clip: pic.twitter.com/lwRfStVoGP

    — Bellingcat (@bellingcat) January 9, 2020

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ