• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    अमेरिका-इरान तनाव बढेका बेला नेपाल-भारत सिमामा देखियो यस्तो अनौठो हेलिकप्टर, भारत हल्लियो

    13.2K
    SHARES

    काठमाडौँ । इरान-अमेरिका तनाव जारी रहेका बेला यता नेपाल र भारतको सिमानामा एउटा अनुठो हेलिकप्टर देखा परेको छ । उक्त हेलिकप्टरका कारण नेपाल-भारत सिमानादेखि नयाँदिल्लीसम्म खैलाबैला मच्चिएको छ । गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको हो । भारतीय अखबार ‘अमर उजाला’का अनुसार उक्त हरियो रङको उक्त हेलिकप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको थियो ।

    शारदा ब्यारेज र भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पमाथि केही बेर उडेर सो हेलिकप्टर नेपालतर्फ फर्किएको उक्त समाचारमा बताइएको छ । भारतीय सुरक्षा एजेन्सीहरुले यस सम्बन्धमा उच्च अधिकारीहरुलाई जानकारी गराएको र नेपालसँग पनि जानकारी माग गरिएको बताइएको छ ।

    भारतीय सुरक्षा एजेन्सीहरुले उक्त हेलिकप्टरबारे जानकारी जुटाउनका लागि गुप्तचरलाई समेत परिचालन गरेको उक्त अखबारको दावी छ । उक्त हेलिकप्टर आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको र सुरक्षा निकायको क्याम्पमाथि उडेको भन्दै पूर्व जानकारीविना यसरी आउनुको कारण पत्ता लगाउन भारतीय अधिकारीले मातहतका निकायलाई निर्देशन दिएको बताइन्छ ।

     

    प्रतिक्रिया