• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    इरानले ध्व’स्त पारेका अमेरिकी सैन्य अखडाको तस्वीर सार्वजनिक, यस्तो छ अवस्था

    11.7K
    SHARES

    काठमाडौं । इरानद्वारा इराकमा रहेको अमेरिकी अड्डामा बुधवार मिसाइल ह’मला गरेको थियो । इरानी जनरल कासिम सु’लेमानीको अमेरिकाले ह’त्या गरेपछि त्यसको ब’दला लिनका लागि भन्दै इरानले इराकमा रहेको दुई अमेरिकी सै’न्य अखडामा मिसाइल हमला गरेको थियो । इरानले इराकमा रहेको अमेरिकी अड्डामा २० भन्दा धेरै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    ह’मलापछि हवाइ अ’ड्डाका केही तस्वीरहरु सार्वजनिक भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार इरानको हमलामा बग्दादमा रहेको अमेरिकाको अल असद ए बेसको कुल ७ भवनमा क्ष’ति पुगेको छ । यसका केही यस्ता भवन रहेका छन् जसमा सबैभन्दा धेरै नो’क्सान भएको छ र त्यो स्याटेलाइट तस्वीरमा पनि देखिएको छ ।

    प्लानेट ल्याब इंकको तर्फबाट उक्त एयरबेसको दुई स्याटालाइट तस्वीर सार्वजनिक गरिएको छ । जसले इरानी मिसाइलले गरेको असर देख्न सकिन्छ । यसअघि २५ डिसेम्बर पनि यो एयरबेसको केही तस्वीर सार्वजनिक भएको थियो । जसमा सबै भवनहरु सही देखिएको छ । तर ८ जनवरीको ताजा फोटोमा भने निकै क्षति देखिएको रोयटर्सले जनाएको छ ।

    इरानले मिसाइल आक्रमणबाट ८० भन्दा बढी अमेरिकी सेना मेरेको दाबी गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिभिजन सम्बोधनमा भने इरानी आक्रमणमा कसैको पनि हताहती नभएको दबी गरेका छन् । यता इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका छन्। इरानी सैनिक कमान्डर कासिम सुलेमानीको ह’त्याको बदलामा तेहरानको तर्फबाट यही नै ‘अन्तिम जवाफ’ हुने राष्ट्रपति रूहानीको भनाइ छ।

    इराकको राजधानी बग्दाद विमानस्थलनजिकै गत शुक्रबार अमेरिकी ड्रो’न आ’क्र’मणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मा’रि’एका थिए। ‘जनरल सुलेमानीले आइसिस, अल नुशराह र अलकायदावि’रू’द्ध बहादुरीका साथ लडेका थिए। आ’तं’कवादवि’रू’द्ध उनले नलडेका भए युराेपेली राजधानीहरू अहिले ठूलो खतरामा हुन्थे,’ इरानी राष्ट्रपतिले बुधबार साँझ आफ्नो आधिकारिक ट्वीटमा भनेका छन्, ‘सुलेमानीको ह’त्या’को बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं।’ यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आ’क्र’मण गरेर अमेरिकाको ‘गालामा थप्पड हानेको’ बताएका थिए।

    बुधबार बिहान देशका नाममा सम्बोधन गर्दै खामेनीले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मिसाइलबाट हमला गरिएको जानकारी दिएका हुन्। ‘हिजो राति मिसाइल आक्रमण गरेर हामीले उनीहरूको गालामा थप्पड हान्यौं। तर सैन्य कारबाही मात्रले पुग्दैन,’ खामेनीले भने, ‘मध्यपूर्वमा भ्रष्ट अमेरिकाको उपस्थिति अन्त्य हुनुपर्छ। अमेरिका यहाँ आएर यु’द्ध, विभाजन र ध्वंशलाई बढावा दिइरहेको छ।’ इरानले हानेका १५ मिसाइलले अमेरिकी सैन्य अड्डामा कति क्षति भयो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेका छन्।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षे’प्या’स्त्र प्र’हार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानवि’रु’द्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेकाे बताएका हुन् । इरानले अमेरिकी सैन्य अड्डामा गरेको आ’क्र’म’ण’बाट अमेरिकी सेनातर्फ कोही हताहती नभएकाे समेत उनले बताए ।

    उनले सम्बोधनका क्रममा भने, ‘अमेरिकाले साँच्चै गर्व गर्नुपर्ने अवस्था छ। कोही पनि अमेरिकीलाई कुनै हानी भएको छैन। हाम्रो तर्फ कसैको मृत्यु’ पनि भएको छैन। हाम्रा सबै सैनिकहरू सुरक्षित छन्। शिविरमा केही क्षति मात्र भएको हो ।’ सम्बोधनका क्रममा ट्रम्पले आफू राष्ट्रपति रहुञ्जेल इरानलाई आणविक अस्त्र प्रयोग गर्न नदिने पनि बताए । गत शुक्रबार अमेरिकी ड्रो’न आ’क्र’म’णमा परेर इरानी सैनिक कमान्डर कासिम सुलेमानी मा’रि’एपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट सम्बोधन गरेका हुन् ।

    अमेरिकी कारबाहीमा आफ्ना सैनिक क’मा’ण्डर मा’रि’एपछि इरानले मंगलबार मध्यरात इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जन बढी मि’सा’इल हमला गरेको थियो। उक्त हमलामा कोही हताहती नभएको अमेरिकाले दाबी गरे पनि इरानले भने ८० अमेरिकी सैनिक मा’रि’एको दाबी गरेको थियो । यसअघि आजै इरानका राष्ट्रपति हसन रूहानीले मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए।

    यु’द्ध घोषणा गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग के छ अधिकार ?
    अघिल्लो हप्ता डोनाल्ड ट्रम्पले शीर्ष इरानी कमाण्डर कासिम सुलेमानीलाई मा’र्ने निर्देशन दिएपछि मध्यपूर्वको तनाव नाटकीय रुपमा बढेको छ । इरानले आफ्नो शीर्ष कमाण्डरको ह’त्याको बदला लिने वाचा ग¥यो । सोही वाचा अनुरुप उसले बुधबार इराकस्थित दुई अमेरिकी सैन्य आधारमाथि मिसाइल आ’क्र’मण ग¥यो । ट्रम्पले यसअघि इरानले कुनै अमेरिकी नागरिक वा अमेरिकी क्षेत्रमाथि आ’क्र’मण भएमा ‘जवाफमा पूर्णस्तरमा प्र’हा’र’ गर्ने ध’म्की दिएका थिए । ‘अमेरिकाले सोही समयमा र पूर्णस्तरको प्र’हा’र गर्नेछ, जुन ठूलो स्तरको हुनेछ ,’ ट्रम्पले ट्वीटमा भनेका थिए ।

    त्यसबेला ट्रम्पले ५२ इरानी क्षेत्रलाई निसानामा राखेको र अमेरिकाले ती माथि आ’क्र’म’ण गर्न सक्ने बताएका थिए । तर यदि त्यस्तो कार्यन्यवन भएमा त्यसलाई यु’द्ध अपराध मानिनेछ । ट्रम्पले बुधबारको इरानी मिसाइल आ’क्र’मणलाई पूर्ण रुपमा आलोचना गरेका छैनन् तर ह्वाइट हाउसकी प्रवक्ताले ट्रम्पले राष्ट्रिय सुरक्षा समूहसँग सल्लाह लिइरहेको जानकारी दिएकी थिइन् । सुलेमानीको ह’त्याअघि संसदको अनुमति नलिएको भन्ने कुरामा क्रु’द्ध डेमोक्रेटिकले भने आगामी साता ‘वार पावर रिजोलुसन’मा मतदान गराउने योजना बनाएको छ । मतदान हुने उक्त कानुनले ‘इरानवि’रु’द्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको सैन्य कदमलाई सिमित गर्नेछ ।’

    ट्रम्प प्रशासनले भने सुलेमानीको ह’त्याको प्रतिरक्षा गरेको छ । सुलेमानीले इराकस्थित अमेरिकी फौजलाई मार्ने योजना बनाइरहेकाले उनको हत्या गरेको ट्रम्पले बताउँदैं आएका छन् । अमेरिकी संसदले तल्लो सदनले मतदानको तयारी गरिरहँदा, सन् १९७९ मा परित ‘वार पावर्स रिजोलुसन’ ले राष्ट्रपतिलाई यु’द्ध सम्बन्धमा के प्रावधान गरेको छ, त्यसले वर्तमान तनावको सन्दर्भमा के भन्छ , यहाँ व्याख्या गरेको छ:

    अमेरिकी संविधानले सैन्य आक्रमणको अधिकार संसद र राष्ट्रपतिबीचमा बाँडफाँड गरेको छ । कँग्रेससँग यु’द्ध घोषणा गर्ने अधिकार छ भने कमाण्डर–इन–चिफका रुपमा राष्ट्रपतिले अमेरिकाको प्रतिरक्षाका लागि सेना प्रयोग गर्न सक्छन् । सुरुदेखि नै राष्ट्रपति र कँग्रेसबीच राष्ट्रपतिले कँग्रेसको अनुमतिबिना सेनालाई द्वन्दग्रस्त क्षेत्रमा पठाउन मिल्ने कि नमिल्ने भन्ने विषयमा विवाद छ । यही विवादको जगमा सन् १९७३ मा ‘वार पावर्स रिजोलुसन’ वा ‘वार पावर एक्ट’ बनेको थियो । अमेरिकी कँग्रेसले तत्कालीन राष्ट्रपति निक्सनलाई अलोकप्रिय भियतनाम यु’द्धमा अमेरिकी फौज पठाउन रोक्न उक्त कानुन ल्याएको थियो ।

    यस कानुनले द्वन्दग्रस्त क्षेत्रमा अमेरिकी फौज पठाउनको लागि कँग्रेस र राष्ट्रपतिले पालना गर्नुपर्ने प्रक्रिया उल्लेख गरेको छ । यसअनुसार राष्ट्रपतिले चलिरहेको अथवा सन्निकट द्वन्दमा अमेरिकी फौज पठाउनुअघि ‘सम्भव भएसम्म प्रत्येक अवस्थामा’ सल्लाह लिनुपर्ने गरेको छ । त्यतिमात्र होइन, अमेरिकी सेनालाई द्वन्द वा सन्निकट द्वन्दमा परिचालन गरेपछि पनि कँग्रेसलाई सुचित गर्नुपर्छ । त्यस्तै राष्ट्रपतिले सेना द्वन्द्वमा लड्न लागेको कुरा ४८ घण्टामा संसदमा रिपोर्ट गर्नुपर्छ । फौज परिचालन भइसकेको अवस्थामा कँग्रेसले अनुमति नदिएको अवस्थामा ६० दिनभित्र (केही अवस्थामा ९० दिन) सेना फिर्ता बोलाउनुपर्ने कानुनले व्यवस्था गरेको छ ।

    अघिल्लो महिना ट्रम्पले सुलेमानीको ह’त्याको निर्देशन दिँदा कँग्रेससँग सल्लाह गरेका थिएनन् । हत्यापछि तनाव उलेख्य रुपमा बढेको छ । यसले अमेरिकी फौजलाई द्वन्द्वको सन्निकट पु¥याएको छ । अझ इरानसँग यु’द्धको सम्भावना ह्वात्तै बढेको छ र त्यसको लागि कँग्रेसले अनुमति नदिएको डेमोक्रेट्सको तर्क छ । ट्रम्प प्रशासन सत्तामा आएदेखि इरानसँगको तनावलाई वृद्धि बढेको बढ्यै छ । राष्ट्रपतिको रुपमा ट्रम्पको सुरुवाती निर्णयमध्ये एउटा सन् २०१५ को इरान आणविक सम्झौताबाट एकतर्फी रुपमा बाहिरिने निर्णय थियो ।

    अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो सदन) ले यो हप्ता ‘वार पावर्स रिजोलुसन’ मा मतदान गर्ने तयारी चलिरहेको छ । यसले ट्रम्पको युद्ध घोषणा गर्ने अधिकार सिमित गर्ने हाउसकी सभामुख न्यान्सी पेलोसीले भनिन् । अघिल्लो हप्ता ट्रम्प प्रशासनले शीर्ष तहका इरानी सैन्य पदाधिकारीलाई लक्षित गरेर जुन उत्तेजक सैन्य आ’क्र’मण ग¥यो,

    त्यसले हाम्रा सैन्य सदस्य, कुटनीतिज्ञ र अन्यलाई इरानसँगको गम्भीर तनाव वृद्धिको खतरामा पारेको छ,’ पेलोसीले भनिन् ।’माथिल्लो सदनमा उक्त विधेयक सहजै पास हुने अवस्था छैन । रिपब्लिकनको बहुमत रहेको उक्त सदनमा विधेयक पास हुनको लागि केही रिपब्लिकन सिनेटरले पनि विधेयकको पक्षमा मतदान गर्नुपर्छ । मंगलबार कँग्रेसका नेतालाई ट्रम्प प्रशासनले सुलेमानीको हत्या गर्नुको कारण गोप्य रुपमा व्याख्या दिँदैछन् । त्यस्तै बुधबार दुवै सदनमा यसबारेमा छुट्टाछुट्टै गोप्य व्याख्या दिइनेछ ।

    कँग्रेसले युद्ध अनुमति दिएको इतिहास
    सन् २००१ सेप्टेम्बर ११ को अक्रमणपछि अमेरिकी कँग्रेसले अफगानिस्तान र विश्वका जुनसुकै कुनामा रहेका अल–कायदावि’रु’द्ध सैन्य फौज प्रयोग गर्न अधिकार दिएको थियो । सन् २००२ मा कँग्रेसले राष्ट्रपति जर्ज डब्लू बुसलाई इराक आ’क्र’म’ण गर्न अधिकार दिएको थियो । त्यसबेला संसदमा तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनसँग आम–संहारको हतियार रहेको तर्क दिइएको थियो, जुनपछि गलत सावित भयो ।

    सन् २०१४ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओवामाले कँग्रेसलाई विभिन्न समयमा सिरियामा आइएसवि’रु’द्ध सैन्य आक्रमण र परिचालनको सूचित गराएका थिए । ओबामा र ट्रम्प दुवैले सन् २००१ र सन् २००२ को कँग्रेस अनुमतिले नै आईएसवि’रु’द्ध सैन्य आ’क्र’मण गर्ने अधिकार दिएको दावी गरेर आइएस’वि’रुद्ध सेना परिचालन गरेका थिए । पछिल्लो समय, कँग्र्रेसमा सन् २००१ र सन् २००२ को अनुमतिलाई विस्थापन गरिनुपर्ने बारेमा निरन्तर बहस भइरहेको छ । पेन्टागनको तथ्याँकअनुसार मध्य–पूर्व र उत्तर अफ्रिकामा ६० हजार अमेरिकी फौज छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ