• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    सुलेमानीको अन्त्येष्टि हुनै लाग्दा इरानमा घट्यो फेरी अर्को विश्व तर्साउने घट्ना, ३० जनाको मृ’त्यु

    20.2K
    SHARES

    काठमाडौँ । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भा’गदौड मच्चिँदा कम्तिमा ३० जनाको मृु’त्यु भएको छ । घटनमा ४० भन्दा बढी घाइते भएका छन् । सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए । आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्।

    शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। अ’न्त्यष्टी’मा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो । केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको श’व यात्रा गरिएको थियो। उनको श’वलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ। सुलेमानीको मृ’त्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

    त्यस्तै अमेरिकी डिफेन्स सेक्रेटरी (रक्षा मन्त्रीको भूमिका निभाउने) मार्क एस्परले अमेरिकी फौज इराकबाट बाहिरिन लागेको भन्ने खबरको खण्डन गरेका छन् । इराकमा खटिएका शीर्ष अमेरिकी जनरलले लेखेको एक पत्रमा अमेरिकी सेना इराकबाट बाहिरिदै गरेको सङ्केतले अन्यौलता छाएको समयमा एस्परको यस्तो भनाई आएको हो । जनरलको पत्रमा इराकी सांसदहरुले अमेरिकी सेनालाई देश छाड्न भनेको अवस्थामा ‘अमेरिकाले आगामी दिन वा हप्तामा आफ्नो फौजलाई नयाँ स्थानमा सार्ने’ भनिएको छ । एस्परले भने अमेरिका सेना इराकबाट हटाउने कुनै निर्णय नभएको बताए ।

    केही दिन अघि अमेरिकाले शीर्ष इरानी कमाण्डार कासिम सुलेमानीको ह’त्या गरेपछि अमेरिकी सेनामाथि बढेको खतरामाझ यो अन्यौलता उत्पन्न भएको छ । कासिम शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा बग्दादमा मारिएका थिए । उनको ह’त्यामा इरानले ‘कडा बदला’ लिने चेतावनी दिएको अवस्थामा क्षेत्रीय तनाव उल्लेख्य बढेको छ । चर्चामा रहेको पत्र अमेरिकी सैन्य टाक्स फोर्सका प्रमुख ब्रिगेडियर जनरल विलियम एच सीलीले ‘कम्बाइड जोइन्ट अपरेसन’का सहायक निर्देशक अब्दुल अमिरलाई लेखिएको देखिन्छ ।

    पत्रको सुरुमा लेखिएको छ : ‘महोदय, इराकी गणतन्त्रको सार्वभौमिकताप्रति सम्मान राख्दै, इरानी प्रधानमन्त्री तथा संसदले अनुरोध गरे अनुरुप ‘कम्बाइन जोइन्ट टास्क फोर्स–अपरेशन इन्हेरेन्ट रिजोल्ब’ आगामी केही दिनभित्र र हप्ताभित्र आफ्ना फौजलाई फरक स्थानमा सारिनेछ ।’ पत्रमा ‘सुरक्षित र प्रभावशाली रुपमा सेनाको इराकबाहिर स्थानातरणको लागि’ ‘रातको समयमा’ हवाई उडान बढाइने जस्ता उपाय पनि उल्लेख छ ।

    पत्रले वासिङ्टनमा हलचल डिफेनस सेक्रेटरी एस्परले भने इराकी फौज इरानबाट बाहिरिन लागेको कुराको खण्डन गरेका छन् । ‘इराक छाड्नेबारेमा कुनै पनि निर्णय भएको छैन । त्यो पत्र के हो मलाई थाहा छैन । त्यो कहाँबाट आयो र त्यसमा के छ हामी खोजबिन गरिरहेका छौँ,’ एस्परले पत्रकारसँग भने । अमेरिकी सेनाका सबैभन्दा शीर्ष व्यक्ति कमाण्डर अफ जोइन्ट स्टाफ मार्क मिलीले पत्रबारे जानकारी दिन बोलाइएको पत्रकार भेलामा सार्वजनिक भएको चिठ्ठी ‘गल्ती’ भएको बताए ।

    उनले उक्त पत्र ‘कमजोर शब्दमा लेखिएको, हस्ताक्षर पनि नगरिएको र त्यसलार्य सार्वजनिक नगरिनुपर्ने थियो’ भने । उक्त चिठ्ठी इराकी सेनाबाटसुझाव लिनको लागि परिपत्र गरिएको थियो । चिठ्ठी केही प्रमुख इराकी सैन्य पदाधिकारीलाई पठाएर हवाई आवगमनलाई समन्वय गर्न खोजिएको थियो । तर त्यो गल्तीले पत्रकारसम्म पुग्यो । त्यसपछि यो हल्लाखल्ला भइरहेको छ ।’ जनरल मिलीले अमेरिकी फौजले इराक नछाड्ने बताए । विभिन्न स्रोत अनुसार उक्त चिठ्ठी खासमा इराकस्थित अमेरिकी सेनाले आफ्नो फौजलाई ग्रिन जोनबाट अन्य क्षेत्रको सुरक्षाको लागि सार्न लागेको कुरा इराकी सैन्य पदाधिकारीलाई जानकारी दिन लेखिएको थियो ।

    आईएस विरुद्ध लड्न सन् २०१४ मा ‘कम्बाइन्ड जोइन्ट टास्क फोर्स–अपरेसन इनहेरेन्ट रिजोल्भ’ गठन गरिएको थियो । त्यस अन्तर्गत ५ हजार अमेरिकी फौज इराकमा बसिरहेका छन् । उक्त उद्देश्यमा अन्य एक दर्जन देशका सेना सहभागी छन् । आइएसविरुद्धको संघर्षमा केही देशले भने गैर–सैनिक सहयोग प्रदान गरिरहेका छन् । कम्बाइन्ड जोइन्ट टाक्स फोर्स मुख्यतः इराकी फौजलाई तालिम दिने वा आवश्यक सामाग्री उपलब्ध गराउनेमा केन्द्रीत छ ।

    सुलेमानीको ह’त्याको सन्दर्भमा आइतबार इराकको संसदले विदेशी फौजलाई देश छाडेर जानुपर्ने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव गैर–बाध्यकारी थियो । इराकी संसदको प्रस्तावपछि बोल्ने क्रममा ट्रम्पले अमेरिकी फौज बाहिरिने अवस्थामा इराकविरुद्ध क’डा प्रतिबन्ध लागु हुने चेतावनी दिए । ‘हामीले त्यहाँ निक्कै महँगो एयरबेस बनाएका छौं जसको निर्माणमा अर्बौं डलर खर्च भएको छ । तिनले त्यसको खर्च नदिएसम्म हामी छाड्ने छैनौँ,’ ट्रम्पले पत्रकारसँग भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ