• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इरानको घोषणा – ट्रम्पको टाउको काटेर ल्याउनेलाई ९ अर्ब रुपैयाँ पुरस्कार, जनताले गर्नेछन दान

    31.5K
    SHARES

    काठमाडौं । इरानका कमान्डर जनरल कासिम सुलेमानीको ह’त्या’पछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएको २४ घण्टा नबित्दै इरानले भने ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो ।

    जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।

    इरानले सन् २०१५ आणविक सम्झौता अन्तर्गतका कुनै पनि प्रतिबन्धलाई पालना नगर्ने घोषणा गरेको छ । एक वक्तव्य जारी गरेर इरानले अब उसले परमाणु प्रशोधनको क्षमता, स्तर, भण्डारणका साथ-साथै अनुसन्धान तथा विकासमा कुनै पनि प्रतिबन्ध पालना नगर्ने बताएका छन् । इरानको घोषणा तेहरानमा बसेको इरानी मन्त्रिमण्डलको वैठकपछि आएको हो । केही दिन अघि बग्दादमा एक अमेरिकी हवाई आ’क्रम’णमा इरानी जनरल कासिम सुलेमानी मा’रि’एपछि दुई देशबीच तनाव बढेको स्थितिमा इरानको निर्णय आएको हो ।

    उता सुलेमानी मारिएको इराकमा पनि स्थिति तनावपूर्ण छ । समाचार अनुसार आइतबार साँझ बंग्दादस्थित अमेरिकी दुतावासमा मिसाइल हानिएको थियो । आ’क्र’मणबाट कुनै हताहतीको खबर भने आएको छैन । आइतबार सुलेमानीको श’वलाई इरान लगियो । सुलेमानीको श’व इरान पुग्दा लाखौं इरानी नागरिकले उनलाई नायकको पार्थिक शरिर घर ल्याएको जस्तो सम्मान दिए । उता इराकी संसदले आइतबार नै इराकबाट बसिरहेका विदेशी सुरक्षाबलले देश छाड्नुपर्ने एक गैर–बाध्यकारी प्रस्ताव पास गर्यो ।

    बग्दाद विमानस्थलमा भएको सुलेमानीको ह’त्याको विरोधमा यो प्रस्ताव ल्याइएको हो । इस्लामिक स्टेट समूहवि’रु’द्ध बनेको अन्तराष्ट्रिय गठबन्धन अन्तर्गत इराकमा ५ हजार अमेरिकी सैनिक छन् । आइतबारको मतदान अघि गठबन्धनले आईएसविरोधी अभियानलाई केही समय विराम लगाएको थियो । सन् २०१५ को सम्झौता अनुरुप, इरान आफ्नो संवेदनशील परमाणु गतिविधिहरुलाई सिमित गर्नुका साथै अन्तराष्ट्रिय निरिक्षकलाई निगरानी गर्न दिन अनुमती दिएको थियो । बदलामा इरानमाथिको प्रतिबन्ध हटाइने प्रतिबद्धता थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८मा सम्झौताबाट एकतर्फी रुपमा हात झिके । ट्रम्पले आफू इरानसँग नयाँ सम्झौता गर्न चाहेको बताएका थिए । ट्रम्पले नयाँ सम्झौतामा इरानको परमाणु र ब्यालेस्टिक मिसाइलमा अनिश्चितकालिन रोक लगाउने बुदा थपिनुपर्ने बताएका थिए । इरानले त्यसलाई अस्वीकार ग¥यो । त्यसपछि इरानले विस्तारै सम्झौता अन्तर्गत पालना गर्नुपर्ने वाचा परित्याग गर्दै गएको थियो । सुलेमानीको मृ’त्युको समाचार आउनु अघि नै इरानले सम्झौताबारेमा नयाँ घोषणा गर्ने बताएको थियो ।

    आइतबार इरानी मिडियाले तिनको देशले सन् २०१५ को सम्झौताले अघि ल्याएको कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा सार्वजनिक ग¥यो । ‘इरानले आफ्नो आणविक प्रशोधनलाई बिना रोकतोक र आफ्नो प्राविधिक आवश्यकता अनुरुप अघि बढाउनेछ ,’ वक्तव्यमा भनिएको छ । तथापि, वक्तव्यले इरान सम्झौताबाट पूर्ण रुपमा बाहिरिएको भनेको छैन । वक्तव्यमा इरानले संयुक्त राष्ट्र संघीय निगारनीकर्ता आइएईएसँग निरन्तर सहकार्य गर्ने बताएको छ । ‘इरान आफ्नो प्रतिबद्धतामा फर्किन तयार छ तर त्यसको लागि हामीले त्यस सम्झौता पालना गरेबापतको फाइदा उपभोग गर्न पाउनुपर्छ । ’ वक्तव्यमा भनिएको ।

    इरानले उसको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनको लागि हो भन्दै आएको छ । तर पश्चिमी देशमा इरानले गोप्य रुपमा ब’म विकास गर्ला भन्ने शंकामाझ सन् २०१०मा संयुक्त राष्ट्रिय सुरक्षा परिषद, अमेरिका र युरोपले उमाथि कठोर प्रतिबन्ध लगाए । २०१५ आणविक सम्झौता इरानको आणविक कार्यक्रमलाई ठोस रुपमा सिमित गर्ने हिसाबले डिजाइन गरिएको थियो । यो सम्झौता पालन गरे बापत इरानले प्रतिबन्धमा सहुलियत पाउने कुरा उल्लेख छ । सन् २०१५जुलाई अघि इरानले ठूलो मात्रामा प्रशोधित युरेनियम जम्मा गरेको थियो ।

    उक्त परिणामबाट आठदेखि १० वटा ब’म बन्ने तत्कालिन समयमा ह्वाइट हाउसले बताएको थियो । तत्कालिन समयमा अमेरिकी विज्ञले बताए अनुसार यदी इरानले ब’म बनाउने काममा तिव्रताका साथ लाग्यो भने उसले दुई तीन महिनामा आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत प्रशोधित युरेनियम बनाउने बताएका थिए । उक्त अवधिलाई ‘ब्रेक आउट टाइम’ भनिन्छ । अहिलेको समयमा इरानले आणविक हतियार बनाउने प्रयास ग¥यो भने ‘ब्रेक टाइम’ पार गर्न एक वर्ष लाग्ने अनुमान गरिएको छ । तर यदी प्रशोधनको मात्रा २०प्रतिशत वृद्धि गरियो भने त्यो समय घटाएर ६ महिना बनाउन सकिन्छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ