• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकी दुतावास अगाडि शक्तिशाली वि’स्फो’ट, यस्तो छ थप विवरण

    24.7K
    SHARES

    एजेन्सी । अमेरिकी हवाइ ह’म’लामा शीर्ष इरानी सेनापति कासिम सुलेमानी मा’रि’एलगत्तै इराकको राजधानी बगदाद क्षेत्रमा रकेट ह’म’ला भएका छन् । बगदादस्थित अमेरिकी दुतावास नजिकै रकेट ह’म’ला भएको बीबीसीले जनाएको छ । त्यसैगरी आ’क्र’म’ण’का’रीले उत्तरी बगदादमा रहेको अमेरिकी सैन्य क्याम्पमा समेत ह’मला भएको बताइएको छ ।

    तर आ’क्रम’णमा कोही पनि हताहत नभएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् । इरान समर्थित आ’तं’क’वा’दीहरु घटनामा संलग्न रहेको आशंका गरिएको छ । केही दिनअघि भएका श्रृंखलावद्ध बिस्फोटका घटनाको जिम्मेवारी लिने समूह नै उक्त घटनाको योजनाकार भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।

    यसअघि इरानी नेताहरुले अमेरिकाले आतंकवादी ठान्ने कासेम सुलेमानीको ह’त्या’को बदला लिने बताएका थिए । यसैबीच इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमान्डर कासिम सोलेमानी र इराकी अर्धसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो ।

    बग्दाद जिल्लामा रहेको शिया धर्मावलम्बीहरुको तीर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौं सहभागी भएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारबाहीकाक्रममा उनीहरु मारिएको बिहीबार राति पुष्टि गरेको थियो । ‘अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीकाक्रममा कासिमको मृत्यु भएको हो’–पेन्टानगनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो ।

    मन्त्रालयकाअनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मारिएका हुन् । वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन् । इराकस्थित अमेरिकी दूतावासमा केही दिनपहिले आ’क्र’मण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चे’ता’व’नी दिएका थिए ।

    के भने ट्रम्पले ?
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीलाई यु’द्ध सुरु गर्ने उद्देश्यसहित नमारिएको बताएका छन् । ट्रम्पले भनेका छन्, ‘सुलेमानीलाई यु’द्ध रोक्नका लागि मा’रिएको हो, न कि युद्ध सुरु गर्न।’ सुलेमानी मारिएसँगै ‘मध्यपूर्व क्षेत्रमा आ’तं’क’वादको अन्त्य’ भएको ट्रम्पले प्रतिक्रिया दिएका छन्।

    अमेरिकी हवाई आ’क्र’म’ण’मा सुलेमानीको शुक्रबार इराकको राजधानी बग्दादस्थित एयरपोर्टमा मृत्यु भएको थियो। सुलेमानीको मृत्युको पुष्टि गर्दै इरानले ‘कडा बदला’ लिने प्रतिक्रिया दिएको छ। इरानले सुलेमानीको मृत्युमा तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ।

    सुलेमानी इरानका दोस्रो शक्तिशाली व्यक्ति थिए। उनी मारिएपछि अमेरिका र इरान युद्धको सम्मुख छन्। अमेरिकाले मध्यपूर्वमा थप ३ हजार सैनिक पठाएको बीबीसीले लेखेको छ। अन्य सैनिक तैनाथ गरिएको पनि समाचारमा जनाइएको छ।

    फ्लोरिडा भ्रमणमा रहेका ट्रम्पले ‘अमेरिकाका नम्बर १ आ’तं’क’का’रीकासिम सुलेमानीलाई विश्वको जुनसुकै भागमा भएपनि मार्नका लागि सेना खटाइएको थियो’ भनेका छन्। सुलेमानीले अमेरिकी कूटनीतिज्ञ र सैनिकमाथि ह’म’लाको योजना बनाएकाले नामेट पारिएको ट्रम्पले प्रतिक्रिया दिएका छन्।

    सुलेमानी मारिएपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भनेका छन्, ‘सुलेमानीको मृत्युले उनको उद्देश्य र लक्ष्य रोकिने छैन। सुलेमानी र उनीसँगै मारिएकाको बदला अ’प’रा’धीहरूबाट लिइनेछ।’

    सुलेमानी मारिएपछि अमेरिका र इरानबीच तनाव उत्कर्षमा पुगेको छ। जसका कारण मध्यपूर्वमा युद्धको सन्त्रास फैलिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। इरानले कडा बदला लिने बयान दिएसँगै अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्कन निर्देशन जारी गरेको छ।

    सुलेमानीलाई मारेको अमेरिकाले इरानलक्षित हमला रोकेको छैन। शुक्रबार राति पनि इराकको राजधानी बग्दादमा सिया विद्रोही संगठन पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) माथि अमेरिकी ड्रोनले हमला गरेको छ। उक्त आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको बताइएको छ। पीएमएफलाई सुलेमानीको समर्थन रहेको बताइन्छ।

    किन मा’रिए सुलेमानी ?
    इराकको राजधानी बग्दादमा विमानस्थल नजिक अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी मेजर जनरल कासिम सुलेमानी अमेरिकाका ठूला शत्रु थिए । इरान रेभोल्युसनरी गार्ड्सको विदेशमा काम गर्ने इकाइ कुद्स फोर्सको जिम्मेवारी सम्हालेका सुलेमानी इरानका लागि निकै महत्वपूर्ण व्यक्ति मध्येका एक थिए ।

    पश्चिम एसियाका सबै मिसनलाई उनले नै सञ्चालन गर्ने गरेका थिए । विशेषगरी इराकमा उनको महत्वपूर्ण भूमिका रहेको मानिदै आएको थियो । बग्दादलाई इस्लामिक स्टेटको आतंकबाट बचाउनका लागि उनको नेतृत्वमा इरानसमर्थक फोर्स गठन भएको थियो ।

    त्यसको नाम पपुलर मोबिलाइजेसन फोर्स थियो । सन् १९८० को दशकमा इराक र इरानबीच चलेको रक्तरञ्जित युद्धमा उनले प्रमुख भूमिका खेलेका थिए । त्यस युद्धमा अमेरिकाले इराकका तानाशाह सद्दाम हुसेनलाई साथ दिएको थियो ।

    त्यहाँ देखि आफ्नो शत्रु मान्दै आएको अमेरिकाले उनीविरुद्ध पटकपटक चेतावनी दिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुलेमानीले सशस्त्र संगठन हेज्बोल्लाह, प्यालेस्टाइनमा सक्रिय आतंकवादी संगठन हमास लगायतलाई समर्थन दिएका थिए ।

    उता, सिपिरयामा समेत फरकफरक समर्थन रहनुमा पनि सुलेमानलाई नै कारण मानिँदै आएको थियो । इरानी सैन्य जनरलको हत्यापछि मध्यपूर्वमा थप चुनौती थप्ने बताइएको छ । आक्रमणबाट युद्धको अवस्थामा मात्रै प्रभाव नपरी तेलको मूल्यमा समेत प्रभाव पर्ने सक्ने अनुमान गरिएको छ । जनरलको मृत्युसँगै तेलको मूल्यमा ४ प्रतिशत वृद्धि भइसकेको छ ।

    यता इरानले सन् २०१५ आणविक सम्झौता अन्तर्गतका कुनै पनि प्रतिबन्धलाई पालना नगर्ने घोषणा गरेको छ । एक वक्तव्य जारी गरेर इरानले अब उसले परमाणु प्रशोधनको क्षमता, स्तर, भण्डारणका साथ-साथै अनुसन्धान तथा विकासमा कुनै पनि प्रतिबन्ध पालना नगर्ने बताएका छन् । इरानको घोषणा तेहरानमा बसेको इरानी मन्त्रिमण्डलको वैठकपछि आएको हो ।

    केही दिन अघि बग्दादमा एक अमेरिकी हवाई आ’क्रम’णमा इरानी जनरल कासिम सुलेमानी मा’रि’एपछि दुई देशबीच तनाव बढेको स्थितिमा इरानको निर्णय आएको हो । उता सुलेमानी मारिएको इराकमा पनि स्थिति तनावपूर्ण छ । समाचार अनुसार आइतबार साँझ बंग्दादस्थित अमेरिकी दुतावासमा मिसाइल हानिएको थियो । आ’क्र’मणबाट कुनै हताहतीको खबर भने आएको छैन ।

    आइतबार सुलेमानीको श’वलाई इरान लगियो । सुलेमानीको श’व इरान पुग्दा लाखौं इरानी नागरिकले उनलाई नायकको पार्थिक शरिर घर ल्याएको जस्तो सम्मान दिए । उता इराकी संसदले आइतबार नै इराकबाट बसिरहेका विदेशी सुरक्षाबलले देश छाड्नुपर्ने एक गैर–बाध्यकारी प्रस्ताव पास गर्यो । बग्दाद विमानस्थलमा भएको सुलेमानीको ह’त्याको विरोधमा यो प्रस्ताव ल्याइएको हो । इस्लामिक स्टेट समूहवि’रु’द्ध बनेको अन्तराष्ट्रिय गठबन्धन अन्तर्गत इराकमा ५ हजार अमेरिकी सैनिक छन् । आइतबारको मतदान अघि गठबन्धनले आईएसविरोधी अभियानलाई केही समय विराम लगाएको थियो ।

    सन् २०१५ को सम्झौता अनुरुप, इरान आफ्नो संवेदनशील परमाणु गतिविधिहरुलाई सिमित गर्नुका साथै अन्तराष्ट्रिय निरिक्षकलाई निगरानी गर्न दिन अनुमती दिएको थियो । बदलामा इरानमाथिको प्रतिबन्ध हटाइने प्रतिबद्धता थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८मा सम्झौताबाट एकतर्फी रुपमा हात झिके । ट्रम्पले आफू इरानसँग नयाँ सम्झौता गर्न चाहेको बताएका थिए । ट्रम्पले नयाँ सम्झौतामा इरानको परमाणु र ब्यालेस्टिक मिसाइलमा अनिश्चितकालिन रोक लगाउने बुदा थपिनुपर्ने बताएका थिए ।

    इरानले त्यसलाई अस्वीकार ग¥यो । त्यसपछि इरानले विस्तारै सम्झौता अन्तर्गत पालना गर्नुपर्ने वाचा परित्याग गर्दै गएको थियो । सुलेमानीको मृ’त्युको समाचार आउनु अघि नै इरानले सम्झौताबारेमा नयाँ घोषणा गर्ने बताएको थियो । आइतबार इरानी मिडियाले तिनको देशले सन् २०१५ को सम्झौताले अघि ल्याएको कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा सार्वजनिक ग¥यो ।

    ‘इरानले आफ्नो आणविक प्रशोधनलाई बिना रोकतोक र आफ्नो प्राविधिक आवश्यकता अनुरुप अघि बढाउनेछ ,’ वक्तव्यमा भनिएको छ । तथापि, वक्तव्यले इरान सम्झौताबाट पूर्ण रुपमा बाहिरिएको भनेको छैन । वक्तव्यमा इरानले संयुक्त राष्ट्र संघीय निगारनीकर्ता आइएईएसँग निरन्तर सहकार्य गर्ने बताएको छ । ‘इरान आफ्नो प्रतिबद्धतामा फर्किन तयार छ तर त्यसको लागि हामीले त्यस सम्झौता पालना गरेबापतको फाइदा उपभोग गर्न पाउनुपर्छ । ’ वक्तव्यमा भनिएको ।

    इरानले उसको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनको लागि हो भन्दै आएको छ । तर पश्चिमी देशमा इरानले गोप्य रुपमा ब’म विकास गर्ला भन्ने शंकामाझ सन् २०१०मा संयुक्त राष्ट्रिय सुरक्षा परिषद, अमेरिका र युरोपले उमाथि कठोर प्रतिबन्ध लगाए । २०१५ आणविक सम्झौता इरानको आणविक कार्यक्रमलाई ठोस रुपमा सिमित गर्ने हिसाबले डिजाइन गरिएको थियो । यो सम्झौता पालन गरे बापत इरानले प्रतिबन्धमा सहुलियत पाउने कुरा उल्लेख छ । सन् २०१५जुलाई अघि इरानले ठूलो मात्रामा प्रशोधित युरेनियम जम्मा गरेको थियो । उक्त परिणामबाट आठदेखि १० वटा ब’म बन्ने तत्कालिन समयमा ह्वाइट हाउसले बताएको थियो ।

    तत्कालिन समयमा अमेरिकी विज्ञले बताए अनुसार यदी इरानले ब’म बनाउने काममा तिव्रताका साथ लाग्यो भने उसले दुई तीन महिनामा आणविक हतियारको लागि आवश्यक ९० प्रतिशत प्रशोधित युरेनियम बनाउने बताएका थिए । उक्त अवधिलाई ‘ब्रेक आउट टाइम’ भनिन्छ । अहिलेको समयमा इरानले आणविक हतियार बनाउने प्रयास ग¥यो भने ‘ब्रेक टाइम’ पार गर्न एक वर्ष लाग्ने अनुमान गरिएको छ । तर यदी प्रशोधनको मात्रा २०प्रतिशत वृद्धि गरियो भने त्यो समय घटाएर ६ महिना बनाउन सकिन्छ ।

    इरानले सन् २०१५ आणविक सम्झौता अन्तर्गतका कुनै पनि प्रतिबन्धलाई पालना नगर्ने घोषणा गरेको छ । एक वक्तव्य जारी गरेर इरानले अब उसले परमाणु प्रशोधनको क्षमता, स्तर, भण्डारणका साथ-साथै अनुसन्धान तथा विकासमा कुनै पनि प्रतिबन्ध पालना नगर्ने बताएका छन् । इरानको घोषणा तेहरानमा बसेको इरानी मन्त्रिमण्डलको वैठकपछि आएको हो । केही दिन अघि बग्दादमा एक अमेरिकी हवाई आ’क्रम’णमा इरानी जनरल कासिम सुलेमानी मा’रि’एपछि दुई देशबीच तनाव बढेको स्थितिमा इरानको निर्णय आएको हो ।

    प्रतिक्रिया