• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    शिवम सिमेन्ट्सलाई मान्छे मार्ने मामलामा पनि ‘नो कम्प्रोमाइज’, फेरी गयो एक मजदुरको ज्यान

    2.9K
    SHARES

    रमेश बन्जारा । मकवानपुरको हेटौडा १७ हटियामा रहेको शिवम सिमेन्ट्स लिमिटेडको लापर्वाहीका कारण आज उद्योग परिसरमै एक जना मजदुरको मृत्यु भएको छ । शिवम सिमेन्ट्समा हाल म्ममा उद्योगको लापर्वाहीका कारण धेरै मजदुरले ज्यान गुमासक्दा समेत उद्योग संचालकले भने यस्तो घटनालाई सामान्य रुपमा लिने गरेको बताएका छन ।

    मजदुरहरुको मृत्युलाई सामान्य मान्ने उद्योग संचालकको चरम लापर्वाही र हेलचेक्राईका कारण थुप्रै मजदुर अनाहकमा ज्यान गुमाउन बाध्य हुदा समेत नियमन तथा निगरानी गर्ने प्रशासनिक निकाय समेत संबेदनसिल बन्अन सकेको छैन । प्रशासनले नै उदासीनता देखाएपछि कति मजदुरले ज्यान गुमाउन पर्ने हो ? भन्ने चिन्ताले धेरैलाई सताएको छ ।

    उद्योग संचालन गर्दा पुर्याउनुपर्ने सामान्य मापदण्ड समेत नपुर्याई मजदुरलाई बाध्य बनाई जस्तोसुकै जोखिम काम गर्न समेत बाध्य पारी मजदुरको सुरक्षाको सामान्य भन्दा सामान्य मापदण्ड समेत पुरा नगरेको शिवम सिमेन्टले मजदुर मर्ने मामालामा समेत ‘नो कम्प्रमाईज’ गरेको पिडा मजदुरहरुले सुनाए ।

    ‘हामीले पटक पटक सेफ्टीका सामाग्री माग्यौ तर उद्योग संचालकले सेफ्टीका सामान दिन आनाकानी गरे, हामीलाई जोखिममै काम गर्न बाध्य परेकोले आज काम गर्ने क्रममा हाम्रो साथीको मृत्यु भयो, आफ्नो साथीहरु अनाहकमा गुमाउनु पर्यो ।’ शिजम सिमेन्ट्मा कार्यरत एक मजदुरले संचारकेन्द्रसँग भने ।

    बुधबार बिहान साढे १० बजेको समयमा कैलाली मुसरिया -५ बस्ने देवी प्रसाद चौलागाईका छोरा ३५ बर्काषीय राजन प्रसाद चौलागाईको सिमेन्ट रोलर प्रेसको फित्तामा च्यापिएर मृत्यु भएको हो । बजरंगवली सप्लायर्स मार्फत शिवममा कार्यरत चौलागाईको मृत्यु पश्चात उद्योग संचालक रघुनन्दन मारुले भने आफ्नो कम्पनीका मजदुरको मृत्यु हुनु सामान्यजस्तै भएको प्रतिक्रिया दिए ।

    दुर्घटना त नियमितजस्तै पो भयो त सेफ्टीको सामान्यभन्दा सामन्य पूर्वाधार समेत व्यवस्था गर्नसक्नु भएन किन ? भनेर सोध्दा उनले भने – ‘यस्तो दुर्घटना योभन्दा पहिला पनि भएको हो र यो पनि सामान्य जस्तै हो।’ मजदुरको मृत्युलाई सामान्य प्रक्रिया सम्झने शिवम संचालकको यो हर्कतले शिवम मान्छे मारेर पैसा कमाउने धाउन्यमा लागेको प्रष्ट हुन्छ ।

    विगतमा पनि धेरै मजदुरले ज्यान गुमाइसक्दा समेत शिवम् सिमेन्टले मजदुरले काम गर्ने बेला प्रयोग गर्ने शुरक्षा सामाग्री दिन कन्जुस्याइँ गर्दै आएको दुखेसो मजदुरहरुले पोखेका छन् । यता पटक पटक बिना सेफ्टीका कारण जोखिम कामले एकपछि अर्को मजदुरले ज्यान गुमाउन परेपछि स्थानीयले भने तत्काल शिवम सिमेन्टका संचालकलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग राखेका छन् । प्रशासनले यो निक्कै गम्भीर विषयलाई कसरी लिएको छ त्यो भने हेर्न बाँकी नै छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ