• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओली सरकारलाई फेरी आयो यस्तो कडा चेतावनी, कसले किन दियो यस्तो चेतावनी ?

    10.2K
    SHARES

    काठमाडौं । ओली सरकारलाई भ’या’वह स्थिति बनाइदिने चेतावनी आएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चिनी मिलबाट पीडित बनेका किसानले उखुको भुक्तानी नपाए भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष मण्डलका संयोजक महतोले उखु किसानहरुले वर्षौंदेखि चिनी मिलबाट भुक्तानी नपाएको उल्लेख गर्दै किसानहरुलाई राज्यका तर्फबाट अनुदान समेत उपलब्ध गराइनुपर्ने माग अगाडि सारेका छन् ।

    संयोजक महतोले चिनी मिलका किसानबाट उखु किसानलाई उखुको मूल्यसहित ब्याज समेत उपलब्ध गराइनुपर्ने बताएका छन् । ‘उखु किसानले विगत कैयौं वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकाले सुगर मिलका मालिकहरुसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानी गराउन राज्यको दायित्व भएकाले तत्काल सरकारलाई पहलकदमी लिन जोडदार माग गर्दछु,’ संयोजक महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सरकार स्वयं जिम्मेवार हुनेछ ।’

    त्यस्तै समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताएका छन् । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहने बताए ।

    उनले भने, ‘आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट सङ्घर्षका कार्यक्रमहरु अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म सङ्घर्षका कार्यक्रम निरन्तर चलिरहन्छ ।’ अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पारे । उनले अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रहसमेत गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ