• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    सभामुख छान्न ओली-प्रचण्डबीच बालुवाटारमा छलफल, नेताकार्यकर्तालाइ चकित पार्दै बल्ल जुट्यो यस्तो सहमति

    23.5K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखबारे टुङगो लगाउन बालुवाटारमा छलफल भएको छ । सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

    प्रतिनिधि सभाको बैठक भोलिलाई बोलाइएकाले उक्त बैठकमार्फत सभामुख निर्वाचन प्रकृया अघि बढाउने तयारी छ । त्यसअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई समेत उपसभामुख पदबाट राजीनामा गराएर सभामुख र उपसभामुख दुवैमा निर्वाचन गर्ने योजनाअनुसार दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

    सभामुखका लागि प्रधानमन्त्री केपी ओलीपक्षले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व माओवादी पक्षबाट अग्नि सापकोटा र हालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा आएको छ । नेम्वाङलाई ओली, सापकोटालाई प्रचण्ड र तुम्वाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख उम्मेदवारका रुपमा अघि सारेका छन् । तर संसदमा बहुमत रहेको नेकपाले संस्थागत रुपमा कसलाई सभामुख बनाउने भनेर निर्णय गरिसकेको छैन ।

    दुई अध्यक्षबीचको छलफलमा नाम टुङगो लागेपछि सचिवालय बैठकमार्फत सभामुखको उम्मेदवार सार्वजनिक गर्ने नेकपाको उच्च स्रोतले जनाएको छ । दुई अध्यक्षबीच नाममा आज सहमति भए भोलि बिहान सचिवालय बैठक बस्ने र उम्मेदवारको घोषणा गर्ने बताइएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा ले पार्टी र सरकार बिरुद्व अनुशासन विपरित प्रचारप्रसार र भ्रम छरे कारवाही गर्ने चेतावनी दिएको छ ।

    नेकपा स्थायी कमिटी बैठक राखेर नेकपाले अन्तरपार्टी निर्देशन जारी गरेको हो । पार्टी र सरकारका बिरुद्ध भ्रम छर्नेगरी अनुशासन र पद्धतीविपरित बोल्ने, लेख्ने, पार्टी नीतिविपरित भेला, बैठक गर्ने काम बन्द गर्नुपर्दछ । पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा बिकास गर्नुपर्दछ । अनुशासनहीन काम गर्नेलाई कारवाहीको दायरामा ल्याउँनुपर्दछ ।’ अध्यक्षद्धय ओली र दाहालले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ ।

    यस्तै निर्देशनमा पार्टी एकता प्रक्रियाका बाँकी काम १५ दिनभित्रमा सम्पन्न गर्न भनिएको छ । पार्टीको प्रकाशन, प्रचार र प्रशिक्षणलाई व्यवस्थित गर्नुपर्ने, संस्थागत निर्णय, बैधानिक व्यवस्था र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ । बैठकले हाल विवादमा रहेको नेपालको भूभाग कालापानी लिपुलेक नेपालको भएको पनि बताएको छ । सीमा विवाद सल्टाउनका लागि आवश्यक गृहकार्य पनि पार्टी र सरकारले गरिरहेको बताइएको छ । अन्तरपार्टी निर्देशनमा हालै सम्पन्न उपनिर्वाचनका क्रममा धरान, भक्तपुर, भरतपुर लगायतका कतिपय स्थानको परिणामलाई गम्भीर समीक्षा र शिक्षाको विषय बनाउन जरुरी रहेको उल्लेख छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ