• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गायक रामकृष्ण ढकाल डिभोर्स गरेकी श्रीमती निलमसँगै एकाएक सोल्टी होटलमा भेटिएपछि सबै चकित

    16.7K
    SHARES

    काठमाडौं ।  पौष ९ गते दिनभरी नै गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाहको डिभोर्सको समाचारले मिडियामा राम्रो स्थन पायो । सोही दिन साँझ रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको बताए ।

    ढकालको यस्तो स्टाटसपछि उनको डिभोर्सको खबरमा ट्विष्ट आयो । अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त सार्वजनिक भैसकेको छ । तर, पनि उनीहरुले आफूहरु एकसाथ रहेको बताइरहेका छन् । उसो भए, उनीहरुले अदालती प्रक्रियामा डिभोर्स किन गरे त भन्ने कौतुहलता उनीहरुको फ्यानमा भने छ ।

    शनिबार साँझ काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ कार्यक्रममा ढकाल दम्पत्ती छोरी रानीको साथमा पुगेका थिए । कार्यक्रम अवधीभर उनीहरुको जुन खालको सामिप्यता देखिएको थियो, यसले कतै पनि उनीहरुको डिभोर्स भएको छ भन्ने भान हुदैनथ्यो ।

    मिडियाको क्यामेराले पनि ढकाल दम्पत्तीलाई नै बढी खोजे । कार्यक्रममा ढकालले गायिका भोस्लेसँग गीत गाएका थिए । रामकृष्णले गीत गाइरहँदा निलम र रानीले दर्शकदिर्घाबाट साथ दिएका थिए ।

    पारपाचुके गरे पनि यी दुई एकसाथ बस्दै आएका छन् । दुवैलाई यतिबेला सामाजिक सञ्जाल र समाचारका कारण तनाव बेहोर्नुपरेको छ । गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि आफूले डिभोर्स नगरेको अभिव्यक्ति दिएका छन् । साथै उनले आफ्नी पत्नी र छोरीसँगै बसिरहेको बताएका छन् ।

    ढकालले डिभोर्सको खबर बाहिर आएलगत्तै सामाजिक सञ्जाल फेसबूकमा पत्नी निलमसहितको सेल्फी पोस्टर गरेर लेखेका थिए, ‘अरुले के भन्छन्, मतलब भएन तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’ ढकालले यसो भनिरहँदा पनि कानूनी आधार बनाएर विभिन्न टिप्पणी हुन थालेपछि उनले सामाजिक सञ्जालमार्फत लेखे – पछिल्लो समय म र मेरो जीवन संगिनीको सम्बन्धलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् । उनले समाचारलाई आधार बनाएर ‘नकारात्मक टिप्पणी नगर्न’ पनि अनुरोध गरेका थिए । तर, ढकाल र पत्नी निलमको विषयमा गसिप बन्न छोडेनन् ।

    कानूनी रुपमा भने निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेको देखिन्छ । ०७६-CP-३१८८ दर्ता नम्बर मुद्दाको पेशी सूचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश-मिलापत्र’ भनी जिल्ला अदालत काठमाडौंले भनेको छ । यता ‘डिभोर्स’ समाचारले आजित भएर ढकाल पत्नी निलमले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले पनि आफूहरुले डिभोर्स नगरेको दाबी गरेकी छिन् ।

    उनले मिडियामा आइरहेका समाचार र भइरहेका सार्वजनिक टिप्पणीले ‘सताइएको’ बताएकी छिन् । निलमले भनेकी छिन् – ‘हामी एक सानो तर खुशी परिवार हो र यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आक्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्छौं ।’ निलमले सामाजिक सञ्जालमार्फत यो हल्ला निराधार, भावनाहीन र हास्यास्पद भएको प्रतिक्रिया दिएकी छिन् । अदालतले डिभोर्स गरेको भने पनि गायक ढकाल र उनकी पत्नीले भने नछुट्टिएको बताएका छन् । यता अदालतले भने डिभोर्स गरेको बताएपछि धेरैलाई यसले अचम्मित तुल्याएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ