• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपाको हाईकमाण्ड बैठकले तोक्यो प्रदेश ३ को नाम र राजधानी, हेर्नुस बिस्तृतमा

    21.3K
    SHARES

    काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताए । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन । राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए ।

    त्यस्तै सभामुख पदका लागि उम्मेदवार चयन गर्न बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिर्णित भएको छ । आइतबार बिहान बसेको सचिवालय बैठकले सभामुख चयन गर्न नसकेको हो । बैठकपछि महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार सभामुख चयन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बसेको भए पनि समयअभावका कारण छलफल हुन सकेन । उनले छिटै बस्ने अर्को बैठकले यसबारे थप छलफल र आवश्यक निर्णय गर्ने जानकारी दिए । नेकपामा पछिल्लो समय सभामुख चयनबारे विवाद बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनका बारेमा सहमति जुट्न बाँकी नै छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सभामुख चयनमा चासो राख्दै आएकी छन् ।

    बिहीबार बेलुका राक्ष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग सभामुख चयनबारे चासो राखेकी थिइन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रधी ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको बताइन्छ । तर प्रधानमन्त्रीको प्रस्ताव राष्ट्रपतिलाई ‘चित्त नबुझेको’ स्रोत बताउँछ । स्रोतका अनुसार राष्ट्रपति भण्डारी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा छिन् । ‘महिलालाई सभामुख बनाउन किन नहुने ? उपसभामुखलाई सभामुख बनाउन के आपत्ति भयो ?’ राष्ट्रपतिले उपसभामुख शिवमायालाई सभामुख बनाउन पार्टीपंक्तिले नचाहनुको कारण सोध्दै यस्ता प्रश्न गरेपछि प्रधानमन्त्री ओली द्विविधामा परेको बताइन्छ ।

    यसअघि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्डसँग नेम्वाङका बारेमा सहमति जुटाउन छलफल गरेका थिए । यद्यपि दुवै अध्यक्षबीच अझै सहमति जुट्न सकिरहेको छैन । सत्तारुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा शुक्रबार प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । संसदको चालु अधिवेशनमा सभामुख चयन नै पहिलो प्राथमिकतामा परे पनि सत्ता पक्षले सभामुखको उम्मेदवार छान्न नसक्दा सभामुख निर्वाचन प्रक्रियामा ढिला हुँदै आएको छ ।

    प्रतिक्रिया