• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    एकाबिहानै प्रहरी चेकपोष्टमा शक्तिशाली बिस्फोट, ७६ जनाको मृत्यु

    16.1K
    SHARES

    एजेन्सी । सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार ब’म वि’स्फो’टमा परी कम्तीमा ७६ जनाको मृत्यु भएको छ। सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो। मदिना अस्पतालका निर्देशक डा मोहम्मद युसुफले अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको एक समाचार संस्थालाई बताएका छन्।

    “अहिलेसम्म हामीले ५१ जना मृत मानिसलाई लगेका छौँ,” आमिन एम्बुलेन्स सेवाका अब्दिकादिर अब्दिरहमान हाजी आदेनले समाचार संस्था रोयटर्सलाई भने। वि’स्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन। सोमालियामा यसअघि यस्ता आक्रमण अल-शबाब समूहले गर्ने गरेको थियो।

    अल-कायदासँग सम्बन्धित अल-शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ। प्रत्यक्षदर्शीहरूले घटनास्थलमा रक्तपात भएको बताएका छन्। मृतकको सङ्ख्या बढ्नसक्ने ठानिएको छ।

    “मैले देखेको भनेको छरिएका शवहरू मात्रै हुन्,” वि’स्फो’टको बेला नजिकै रहेका साकारिया अब्दुकादिरले बताए। सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको सङ्ख्या ९० भन्दा बढि भएको बताएपनि त्यो पुष्टि हुन सकेको छैन। “यस दानवीय घटनामा जीवन गुमाएकाहरूको मृत आत्मालाई चीर शान्ति प्राप्त होस्,”

    यता भारतीय कंग्रेसकी नेतृ प्रियंका गान्धीले प्रहरीले आफूमाथि हा’त’पात गरेको आरोप लगाएकी छन् । भारतीय कंग्रेसकी महासचिव गान्धीले लखनऊमा महिला पुलिसले आफ्नो घाँटी समातेको तथा हात’पा’त गरेको आरोप लगाएकी हुन् । नागरिकता संशोधन कानूनको विरोध गरेका कारण पक्राउ परेका अवकास प्राप्त प्रहरी अधिकारीलाई भेट्न उनको घर जाँदै गर्दा प्रहरीले आफूलाई रोक्ने प्रयास गरेको र सोही क्रममा महिला प्रहरीले आफ्नो घाँटी समातेको तथा हातपात गरेको उनको आरोप छ ।

    यसबारे उत्तर प्रदेश प्रहरीले वक्तव्य जारी गरेर प्रियंका गान्धीको आरीप गलत भएको दाबी गरेको छ । प्रहरीले तय गरेको मार्गबाट नगएको र सुरक्षा चुनौतीका कारण बाटोमा रोकेको बाहेक अरु कुनै दुर्व्यवहार नभएको प्रहरीको दाबी छ । ७६ वर्षका पूर्व प्रहरी अधिकारी एस आर दारापुरीको घर जानका लागि प्रियंका पहिला एक स्कूटरको पछाडि बसेकी थिइन् ।

    त्यसपछि उनी पैदल हिँडेकी थिइन् । नागरिकता संशोधन कानूनको विरोध प्रदर्शनमा सहभागी भएका दारापुरी केही दिनअघि पक्राउ परेर रिहा भएका थिए । प्रियंका गान्धीले आफ्नो फेसबुक पेजमा भिडियो पोस्ट गरेकी छन्, जसमा उनी पैदल हिँड्दै गरेको देखिन्छ र साथमा कांग्रेस कार्यकर्ताहरु पनि छन् ।

    भिडियोसँगै उनले लेखेकी छन् ‘उत्तर प्रदेश प्रहरीको यो कस्तो हरकत हो ? हामीलाई कहिँ जान आउन पनि दिइएको छैन । म अवकास प्राप्त प्रहरी अधिकारी र अंबेडकरवादी सामाजिक कार्यकर्ता एस आर दारापुरीको घर जाँदै थिएँ । उत्तर प्रदेश प्रहरीले उनलाई एनआरसी र नागरिकता संशोधन कानूनको शान्तिपूर्ण विरोध गरेकोमा घरबाटै पक्राउ गरेको थियो ।’

    उनले लेखेकी छन्‘मलाई बलपूर्वक रोकियो र महिला प्रहरी अधिकारीले मेरो घाँटी समातेर तानिन् । तर म अडिग रहेँ । म उत्तर प्रदेश प्रहरीको दमनको मारमा परेका हरेक नागरिकको साथमा छु । मेरो सत्याग्रह हो ।’ उनले भाजपा सरकारले कायरले जस्तै हरकत गरिरहेको पनि आरोप लगाएकी छ्न् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ