• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    १०० जना यात्रु लिएर राजधानी आउदै गरेको विमान दुर्घटना, १४ जनाको मृत्यु, यस्तो छ थप बिबरण

    14.9K
    SHARES

    काठमाडौं । १०० जना यात्रु बोकेर राजधानी आउदै गरेको बिमान फेरी दुर्घटना भएको छ । उक्त ठुलो बिमान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृ’त्यु भएको छ । मृत्यु हुनेमा ६ बालिकालिका पनि छन् । मध्य एशियाली मुलुक कजाकस्तानमामा उक्त ठुलो विमान दुर्घटना भएको बिबिसीले जनाएको छ ।  शुक्रबार बिहानै दुर्घटना भएको विमान दुई तले घरमा बजारिँदा टुक्राटुक्रा बनेको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दिएका छन् । विमानमा ९३ जना यात्रु रहेको बताइएको छ । बेक एयरको फ्लाइट नम्बर जेड ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटनामा परेको हो । अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९३ यात्रुका साथै पाँच चालक दलका सदस्य भएको अल्माटी विमानस्थलले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ । दुई तले घरमा ठोकिनु अघि स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा विमानले नियन्त्रण गुमाएको थियो । विमानमा आगलागी भएको कुनै समाचार नआएको बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

    त्यस्तै दक्षिण अमेरिकी देश चिलेको जंगलमा फैलिएको डढेलो तीव्र गतिमा बिस्तार भएको छ । भाल्पाराइसो शहरको जंगली क्षेत्रमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतिर आइपुगेको छ । कम्तिमा ८० वटा घरमा आगलागी भएको छ । यसले गर्दा भाल्पाराइसो शहरबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाइएको छ । शहरका सबै अग्नि नियन्त्रकहरुलाई डढेलो नियन्त्रणका लागि खटाइएको छ । सावधानी स्वरुप सो क्षेत्रमा ९० हजार घरमा विद्युत आपूर्ति बन्द गरिएको स्थानीय अधिकारीले बताएका छन् । भाल्पाराइसो शहरका मेयर खोर्खे शार्पले स्थानीय टेलिभिजन च्यानल २४ ओरासलाई जंगलमा कसैले नियतबस आगो लगाएको बताएका छन् । अहिलेसम्म आगलागीका कारण मानिसको ज्यान गएको खबर भने आएको छैन । शहरको माथिल्लो क्षेत्रका दुई ठाउँबाट आगलागी भएको मेयरले बताएका छन् । डढेलो नियन्त्रणमा लिने प्रयास अति तीव्र पारिएको उनले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया