• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    बतासे लेकमा देखिएको ठुलो धुँवाको मुस्लोको रहस्य खुल्यो, घटनाबारे यसो भन्छ प्रहरी

    16.9K
    SHARES

    काठमाडौँ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा र बकैया गाउँपालिका १२ ठिङ्गनको सीमामा रहेको जंगलमा  ठुलो धुँवाको मुस्लो देखिएको रहस्य खुलेको छ ।  मकवानपुरमा  एक्कासी ठुलो धुवाँको मुस्लो देखिएपछि त्यहाँ स्थानियहरुले  प्लेन क्रयास भएको आशंका गरेका थिए ।  त्यहाँ कुनै ठूलो दुर्घटना भएको आशंकामा प्रहरी त्यसतर्फ प्रस्थान गरेको थियो ।

    मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक(एसपी) मुकेश सिंहका अनुसार मकवानपुरको चौघडाबाट प्रहरी त्यसतर्फ गएको थियो  । तर जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एपसी मुकेश कुमार सिंहले जंगलमा धुँवाको मुस्लो देखिएपनि प्लेन क्रयासनभई जंगलमा आगलागी भएको प्रष्ट पारेका हुन् । बुधबार बिहान जंगलमा धुँवाको मुस्लो देखिएपछि प्लेन क्रयास भएको हुन सक्ने आशंका गरिएको थियो ।

    प्लेन क्रयास भएको खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो । यद्धपि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने विमान दुर्घटनाको कुनै सूचना आफूलाई नआएको बताएका थिए । वकैया गाउँपालिका वडा नम्बर १२ का सचिव लक्ष्मण घिमिरेका अनुसार सुकौरा र वैकया गाउँपालिका १२ को वतासे लेकमा ठूलो धुँवा मुस्लो देखिएको बताए ।

    यसरी फैलियो जहाज दुर्घटनाको हल्ला
    बतासे डाँडा हवाईमार्गको लागि सधैं जोखिमयुक्त क्षेत्र हो । सिमरा विमानस्थलबाट उडेका जहाजलाई उक्त डाँडो काट्न चुनौतीपूर्ण नै हुन्छ । कुहिरो लागेको बेला त हवाई यात्रा निकै जोखिमपूर्ण हुन्छ ।

    उक्त डाँडामा बुधबार बिहान करिब साढे १० बजेको समयमा धुवाँको मुस्लो नै देखियो । मानव बस्तीभन्दा टाढा रहेको पल्लो बतासे डाँडामा धुँवाको मुस्लो देखिएपछि मकवानपुरको गढी गाउँपालिका–७ सुकौराका गोकुल लम्सालले हवाई दुर्घटनाको अनुमान गरे । उनले तत्कालै आफ्नो सम्पर्कमा रहेका सञ्चारकर्मी रुपेश दुलाललाई फोन गरेर भने, ‘बतासे डाँडामा ठूलै धुवाँको मुस्लो देखिएको छ । त्यहाँ प्लेन खसेको जस्तो देखिन्छ । हामी त्यहाँ जाँदैछौं, करिब दुई घण्टामा पुग्छौं । तपाईहरु पनि आउनुस् ।’

    त्यति भनेर फोन राखिसकेपछि सञ्चारकर्मी दुलालले अन्य सञ्चारकर्मीलाई पनि फोन गरे । पत्रकारहरुको फेसबुक र ट्वीटरको साथी समूहमा प्लेन दूर्घटनाको आशंका आएको भनी थप बुझ्न भन्दै म्यासेज लेखे । त्यहाँबाट एकाएक देशभरका विभिन्न अनलाइनहरुमा जहाज दुर्घटना भएको आशंकाको समाचार देखिन थाले । यसबीचमा सेना, प्रहरी, सशस्त्र प्रहरी हुँदै त्रिभुवन विमानस्थलसम्म यो हल्ला फैलियो ।

    सुरक्षा निकाय र विमानस्थल स्रोतबाट भने दुर्घटनाको पुष्टी हुन सकेन । विमानस्थल स्रोतले सबै जहाज सुरक्षित रुपमा उडान भइरहेको जानकारी दियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पनि प्रहरी टोली घटना भएको भनिएको स्थानतर्फ अघि बढ्यो । स्थानीयबासीको एक समूह प्रहरीभन्दा अगाडि नै घटनाको आशंका भएको क्षेत्रतर्फ हिँडेका थिए ।

    करिब दुई घण्टाको पैदल यात्रापछि मकवानपुरको बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका– ७ को सिमानामा रहेको बतासे डाँडामा पुगेका स्थानीय नेत्र कार्कीले मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहलाई फोन सम्पर्क गरी कुनै किसिमको दुर्घटना नभएको र वनमा डढेलो लागेको जानकारी दिए ।

    त्यसबेलासम्म द्रुतमार्ग निर्माणमा खटिएका नेपाली सेनाको टोली पनि घटना भएको भनिएको स्थलतर्फ गइसकेको थियो । केही समयपछि इलाका प्रहरी ठिंगनबाट दुईजना प्रहरी पनि सो धुँवाको मुस्लो देखिएको डाँडामा पुगे । ‘कुनै किसिमको हवाई दुर्घटना भएको छैन । डढेलो लागेको देखिन्छ । स्थानीयको आशंकाकै भरमा हवाई दुर्घटनाको हल्ला फैलियो,’ मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने ।

    सिंहका अनुसार जाडोको समयमा त्यस क्षेत्रमा गोठाला गएकाहरुले आगो ताप्न बालेको आगोबाट डढेलो फैलिएको अनुमान गरिएको छ । ‘त्यस क्षेत्रमा मोबाइलको नेटवर्क कमजोर भएको कारण यस्तो हल्ला फैलिन पुग्यो । सोसल मिडियाका कारण पनि देशव्यापी रुपमा आशंकाको समाचार फैलियो,’ सिंहले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ