• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    ओली-प्रचण्डले राजपासंग सहमति गरेको २४ घण्टा नबित्दै बाबुरामले गरे यस्तो कडा ट्वीट, समाजिक सञ्जालमा लफडा

    18.2K
    SHARES

    काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा र राजपाबीचको सहमति प्रति कडा टिप्पणी गरेका छन् । डा भट्टराईले फुटाउ र राज गरको नीतिमा मालिकहरु खप्पिस भएको टिप्पणी गरेका हुन् । सामाजिक संजाल ट्वीटरमा एक ट्वीट गर्दै डा भट्टराईले कसैको नाम नलिइ नेकपालाई मालिक र राजपालाई दासको रुपमा उल्लेख गरेका छन् । ट्वीटमा उनले लेखेका छन्,‘ जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभरदृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न ! फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन् । अहिलेका नयाँ मालिकहरू झन धूर्त छन् ! खाचो छ नयाँ स्पार्टाकसको१सबैलाई चेतना भया !

    जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ/दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न!फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन्!अहिलेका नया मालिकहरू झन धूर्त छन्!खाचो छ नयाँ स्पार्टाकसको!सबैलाई चेतना भया! राजपासँग पार्टी एकताको छलफलमा रहेको समयमा नेकपाले राजपासँग प्रदेश देश २ का चार सिटमा दुईरुदुई लिने गरी सहमति गरेपछि समाजवादी असन्तुष्ट बनेको छ । कतिपयले नेकपाले समाजवादीलाई सरकारबाट बाहिर पठाउनका लागि राजपासँग सहमित भएको रुपमा व्याख्या गरिरहेका छन् ।

    यस्तै बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ । राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो । त्यसका लागि समाजवादीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकचरण कुराकानी पनि गरिसेका थिए । अध्यक्ष प्रचण्डले राष्ट्रसभामा तालेमल गर्ने आवश्वासन पनि दिएका थिए । प्रचण्डले ‘त्यसका लागि पछि छलफल गरौला’ उनीहरुलाई उनले भनेका थिए ।प्रचण्डसँग छलफल गरेर उपेन्द्र यादव बंगलादेशको भ्रमणमा निस्के । उनी उता उडेपछि यता अर्कै खिचरी पाक्न थाल्यो ।

    त्यति मात्र होइन, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसँग पनि यो कुरा राखेका थिए । यादवले राष्ट्रिय सभाको चुनावमा आफूहरुले नेकपासँग तालमेल गर्न लागेको र तपाईँहरु के गर्नुहुन्छ गर्नुस् भनि कुरा राखेका थिए । त्यसले संयोजक महतोलाई निकै पिरोलिएको थियो । एकीकरणको कुरा आफूहरुसँग गर्ने र चुनावी तालमेल नेकपासँग गर्ने यो सहयीय हुँदैन भनि महतोले आफ्नो ध्यान नेकपातिर सोझ्याएको राजपा नेपालका अध्यक्षमण्डलका एक सदस्यले बताए । नेकपाका अर्का आध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कानसम्म यो कुरा पुग्यो । उनले आफ्ना पक्षका नेताहरुलाई राजपा नेपालका नेताहररुसँग कुरा गर्न लगाएका थिए ।

    प्रधानमन्त्री ओली त्यतिकै पनि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन पराई रहेका थिएनन् । बालुवाटार स्रोतले भन्यो, ‘राजपा नेपालका नेताहरुसँग कुरा गरेपछि तत्कालै छलफल गर्ने कुरा तय भयो । बैठक बस्नुअघि नै सहमतिपत्र तयार भइसकेको थियो । धेरै लामो छलफल पनि भएन । एजेण्डामा प्रवेश गर्यो । उता प्रधानमन्त्री ओली पनि तयार थिए, यता राजपा नेपालका नेताहरु पनि भित्रैदेखि तयारी भएर आएका थिए ।’ प्रचण्डलाई लाग्यो यो के भइरहेको छ, किन यतिको हतार भन्दै उनले छलफल टार्न पनि खोजेका थिए । बालुवाटार स्रोत भन्छ, ‘प्रचण्डका इच्छा आज छलफल नटुगिंयोस् भनि भित्रि चाहना थियो तर प्रधानमन्त्री ओली र राजपा नेपालका नेताहरु माइण्ड मेकअप गरेर आएका हुनाले तुरुन्तै तुरुन्तै काम भयो ।’

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया