• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    सकियो ओली-प्रचण्डको हाईकमाण्ड बैठक, नेताकर्यकतालाइ चकित पार्दै जारी गर्यो यस्ता पाँच एजेण्डा

    14.7K
    SHARES

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको जानकारी दिएका हुन् । श्रेष्ठका अनुसार स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा गरिएको छ । करिब एक वर्षपछि आइतबार दिँउसो पार्टीको स्थायी समिति बैठक बस्दैछ । तीन–तीन महिना बस्नुपर्ने बैठक विभिन्न कारण देखाउँदै बस्न सकिरहेको थिएन । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

    आजको सचिवालय बैठकमा केही बेर प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । ओलीले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । श्रेष्ठका अनुसार प्रम ओलीले सचिवालय सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी दिएका थिए । बैठकले प्रम ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो । यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सिन्धुपाल्चोकमा १४ जना को मृत्यु हुने गरि भएको बस दुर्घटनाले स्तब्ध बनाएको बनाएका छन् । उनले दु:खको यस घडीमा मृतकजनहरु प्रति हार्दिक श्रद्धान्जली, परिवार जनमा समवेदना साथै घाइते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    नेता नेपालले पछिल्लो समयमा सडक दुर्घटनामा ठूलो जनधनको क्षति भएको प्रति गम्भीर भई सडक यातायातलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकार सहित सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८: १५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना महिला, तीनजना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव प्राप्त भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया