• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धनुषा बिस्फोटबारे प्रहरीको अर्को खुलासा, गृहमन्त्रीलाई नै छक्क पार्दै दियो यस्तो प्रतिक्रिया

    35.4K
    SHARES


    काठमाडौं ।  प्रहरीको असावधानीका कारण धनुषामा ब’म विस्फोट नभएको प्रहरीले दाबी गरेको छ । धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले प्रहरीको असावधानीले गर्दा वि’स्फो’ट भएको समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका हुन् । डिएसपी कार्कीले घरको भित्री गेटमा ब’म राखेको र प्रहरीले ब’म डि’स्पो’जल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै वि’ष्फोट भएको जानकारी दिए । घटनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृ’त्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको ब’म वि’स्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृ’त्यु भएको थियो भने सोही वि’स्फो’टमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ ।

    वि’ष्फो’टमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले वि’ष्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उनले खण्डन गर्दै प्रहरीले ब’म छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । प्रनाउ कार्कीले भने, “घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्का पटक फोन गर्दा घटना भइसकेको खबर पाएँ ।” उनले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा वि’ष्फो’ट भएको जिकिर गर्दै प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला भने ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले ब’मभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिए । उनले भने, “प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी वि’ष्फोट गराइएको छ ।” उनले वि’ष्फोट हुनु अघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताए ।उनले पनि प्रहरीले पोको नछोएको जिकिर गरे । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झु’ण्डि’एको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला ब’म हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा वि’स्फो’ट भएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झु’ण्डि’एको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झु’ण्डि’एको झोला ब’म हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया