• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धनुषापपछि सिरहामा फेरी शक्तिशाली ब’म बिस्फोट, के छ अवस्था ?

    19.4K
    SHARES

    काठमाडौँ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा ब’म वि’स्फो’ट भएको छ। अज्ञात समूहले गएराति कार्यालयको माथिल्लो कोठामा वि’ष्फो’ट गराएको हो । वि’स्फो”टबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा संग्लनता भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी बताए । यसअघि सिरहामा केहीदिन अगाडि धनगढीमाइ नगरपालिकामा पनि ब’म फेला परेको थियो।

    यस्तै धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक शक्तिशाली ब’म वि’ष्फो’ट हुँदा इन्सपेक्टरसहित ३ जनाको मृ’त्यु भएको छ । २ जनाको घटनास्थलमै र घाइते भएका एक प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको उपचारका क्रममा मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको ब’म गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

    राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा ब’म विष्फोट भएको थियो । विष्फोटका कारण प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको थियो । ब’म विष्फोट कसले गरायो भन्ने खुलेको छैन । शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

    प्रतिक्रिया