• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रवीे लामिछानेलाई उडाउँदै पत्रकार खेम भण्डारीले लेखे यस्तो कडा स्टाटस, फेसबुकमा खैलाबैला

    13.9K
    SHARES

    काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द लिडर’को हिजो औपचारिक घोषणा भयो । ‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाले छिट्टै प्रसारण गर्न लागेको कार्यक्रमको बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणी आए । उनलाई प्राप्त भएका टिकाटिप्पणीमा कार्यक्रम सफलताको शुभकामना भन्नेहरु पनि छन् भने कतिपयले नेता पनि रियालिटी शो बाट छान्ने भन्दै व्यंग्य समेत गरेका छन् । ‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन् । कार्यक्रमको निर्याणकमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक पछि चयन गरिने बताइएको छ । कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ ।

    सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिएक छन् । प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिनेछ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी भइरहेका बेला सामाजिक सञ्जालको यो टिप्पणीले कस्तो असर पार्ला त्यो त हेर्न बाँकी नै छ । यसैबीच निर्मला बला’त्का’रपछि ह’त्या  प्र’क’र’णपछि पत्रकार रवी लामिछानेसँग ‘टसल’ भएका पत्रकार खेम भण्डारीले सामाजिक सञ्जालमा निकै तुच्छ किसिमको टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै यस्तो लेखेका छन् ‘ जसले निर्मलाको ह’त्याराको टपरी चाटिरहेको छ उसैले नेता जन्माउने रे’ !

    यस्तै ‘दी लिडर’ का ५ निर्णायकहरुमध्ये पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिस सुशिला कार्की र नेता तथा पत्रकार रविन्द्र मिश्रले संयुक्त रुपमा कार्यक्रमको नाम र लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै रवी लामिछानेको नयाँ टेलिभिजन रियालिटी शो जसले देश, विदेशमा रहेका नेपाली माझबाट लम्बे छनौट प्रक्रियाद्वारा राजनेता बन्नसक्ने संभावना बोकेको नेता खोज्नेछ। भन्दै शुभकामना व्यक्त गरेका छन् ।

    प्रतिक्रिया