• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंमा भूकम्पको कडा धक्का, स्थानीय सडकमा निस्किए

    17.2K
    SHARES

    काठमाडौं । सङ्घीय राजधानी काठमाडौंमा बिहिबार साँझ भूकम्पको कडा धक्का महशुस भएको छ । भूकम्पको धक्का महशुस भएपछि काठमाडौं केही मानिस घर बाहिर भागेका छन् ।  ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको जनाएको छ । यसअघि यही मंसिर ११ गते मध्यरातममा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको थियो।

    राति १०:१० बजे सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग जनाएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोकका आसपासका जिल्लामा समेत महशुस गरिएको थियो। २०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पनहरू आइराखेका छन्।

    त्यसअघि गत मंसिर ३ गते  मंगलबार साँझ सुदूरपश्चिममा ५.७ रेक्टर स्केलको भूकम्प गएको थियो । बझाङ खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर १ पौवागढी केन्द्र विन्दु बनाएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । बझाङमा केन्द्र भएर गएको भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरुले भारतीय राज्य उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्म भूकम्पको धक्का महसुस भएको थियो ।

    यसैबीच हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात सुरू हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ। हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ।

    नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ।  हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन्। हिमपातका कारण चिसो अत्यधिक बढेको छ। यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

    यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ। हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए। हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ।

    हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए। हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ। सदरमुकाममा चहलपहल न्यून छ। अफगानिस्तानमा बनेको न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गरेको छ। हिउँदयाममा पानी र हिउँ पार्ने यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ। हिजो (बुधबार) साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

    यो प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा उल्लेख छ। आज देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। साथै, पछिल्लो पटक भित्रिएको मौसमी प्रणालीका कारण देशभरकै मौसम बदली भई अधिकतम र न्यूनतम तापक्रम समेत घट्नेछ।

    उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात र पहाडी भेगमा बर्षा भई तापक्रम घट्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुनेछ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविद्को भनाइ छ।

    महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ- ‘उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ