• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका राजनीति

    प्रधानमन्त्री ओलीले आज यस्तो ‘सरप्राइज’ दिदै, प्रचण्ड तीनछक, नेताकार्यकर्ता खुसीले भए गदगद

    26.8K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आअज सबैलाई एउटा सरप्राइज दिंदै छन् । १३ औँ सागको समापन समारोहलाई भिडिओमार्फत सन्देश दिदैँ प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली देशहरूको मित्रता अभिवृद्धि गर्न प्रतियोगिता सफल भएको बताएका छन् । दशरथ रंगशालामा गरिएको एउटा विशेष समारोहमा नेपाली अधिकारीहरूले सम्बोधन गर्दै पदक जित्ने खेलाडीहरूलाई प्रधानमन्त्रीले बुधवार ‘सरप्राइज’ प्याकेज घोषणा गर्ने जानकारी दिए । समापन समारोहमा सहभागी देशका खेलाडीहरूले मैदानमा मार्च पास गरेका थिए। अर्को साग खेलकुद आयोजना गर्ने जिम्मेवारी पाकिस्तानलाई सुम्पिइएको थियो। साग खेलकुदको समापन समारोहमा भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए। उनले प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको भन्दै यसले दक्षिण एशियाली देशहरूबीच खेलकुदको माध्यमबाट मित्रता अभिवृद्धि गरेको बताए ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्रीले सागमा पदक जित्ने खेलाडीहरूका लागि बुधबार प्याकेजको घोषणा गर्ने बताए । उनले प्रधानमन्त्रीले खेलाडीहरूको सम्मानमा बुधवार विशेष कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिए । अकस्मात् शल्यक्रिया गराउनुपर्ने भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्रीले अस्पतालबाटै सागको उद्घाटन समारोह टेलिभिजनमार्फत हेरेको बताएका थिए ।

    समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्रीले प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्दै ३५ वर्षअघि नेपालबाट सुरू भएको दक्षिण एशियाली खेलकुद १३ औँ संस्करणसम्म आइपुग्दा नयाँ उचाइमा पुगेको बताए । नेपाली खेलकुदको इतिहासमै पछिल्लो सागले महत्वपूर्ण उपलब्धि दिलाएको उल्लेख गर्दै उनले यस प्रतियोगिताले सार्क देशहरूबीचको क्षेत्रीय एकतामा विशेष योगदान गरेको उल्लेख गरे । उनले साग खेलकुदले हालैका वर्षमा हुन नसकेको सार्क शिखर सम्मेलन आयोजना हुने वातावरण बनाएको पनि उल्लेख गरे।समापन समारोहमा १४औँ साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानको ओलिम्पिक कमिटिका अध्यक्षलाई झण्डा हस्तान्तरण गरिको थियो।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी सीमा विवादलाई समाधान गर्न पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा ‘विशेष दूत’ बनाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफलका लागि पठाउन आन्तरिक तयारी गरेपनि भारतीय प्रधानमन्त्री मोदीले जवाफ नपठाउँदा अन्यौलता देखिएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावपछि हौसिदै आन्तरिक भेटघाटलाई तीव्रता दिएका पूर्व प्रधानमन्त्री नेपाललाई भारतीय प्रधानमन्त्रीको मौनताले ‘ब्रेक’ लगाइदिएको छ । यद्यपी कूटनितिक हिसाबले नेपाल–भारतबीच छलफल अघि बढेपनि निष्कर्ष निस्कन सकेको छैन ।

    ‘विशेष दूत’का रुपमा भारत जान आन्तरिक तयारी गरिरहेका नेपाल भारत सरकारको जवाफ पर्खेर बसेका छन् । सीमासम्बन्धी विवादलाई गम्भीरतका साथ हल गर्नका लागि प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई ‘विशेष दूत’का रूपमा भारत जान आग्रह गरेपछि आन्तरिक गृहकार्यले केही गति लिएको देखिएको छ । नेता नेपालले सुझाब लिनका लागि १६ मंसिरमा नयाँ बानेश्वरस्थित होटेल अर्यालमा परराष्ट्रमन्त्री, पूर्वराजदूत, नेकपाका नेता तथा विज्ञलाई बोलाएर छलफल चलाएपछि यो कुरा सार्वजनिक हुन गएको छ ।

    उक्त छलफल तथा सुझाव संकलन कार्यक्रममा नेता नेपालले ‘प्रधानमन्त्रीज्यूले मलाई भारत जान भन्नुभएको छ, त्यसकारण तपाईंहरूसँग सुझाब लिन बोलाएको हुँ’ भनेपछि सीमा विवाद समाधानका लागि नेपाल सरकारले चाल्न थालेको उच्चस्तरीय कूटनीतिक पहलको सार्वजनिक जानकारी हुन गएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ‘काम भन्दा हल्ला धेरै’ भन्दै विशेष दूत खटाउन लागिएको कुरा स्वीकार गरेका छन् । वरिष्ठ नेता नेपालले नेकपा सचिवालय वैठकमा यसबारे जानकारी गराउदै छलफल समेत गरेका थिए । भारत भ्रमण गर्ने आन्तरिक तयारी गरेका पूर्वप्रधानमन्त्री नेपालले सरकारी तवरबाट पर्याप्त कुटनीतिक पहल नगरिदिएकोमा अहिले असन्तुष्टि व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री स्वयमले यस विषयमा अग्रसरता लिनुपर्ने धारणा राखेका नेता नेपालले अहिले यो विषय अघि नबढ्दा आफू अलपत्रमा परेको महसुस गरेका छन् । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएका कारण ले पनि यस कामले तीव्रता लिन नसकेको बताईन्छ । यसअघि सर्वदलीय तथा सर्वपक्षीय वैठकबाट सरकारले पाएको एकमना प्रतिबद्धतापछि भारतसँग विदेश सचिवस्तरीय संयन्त्रको बैठकका लागि आग्रह गर्दै नोट पठाइसकिएको छ । नोट पठाइएपछि नेपाली कुटनीतिक वृत्तमा सरकार आफैले पहल लिन छाडी कर्मचारीको तहमा कुटनीतिक मामला छाडिदिनु सीमा विवाद समाधानको प्रश्नबाट घुमाउरो रुपमा पछाडी हट्नु हो भन्ने टीकाटिप्पणी शुरु भएपछि प्रम आफैले नेता नेपालसँग विशेष दूतका रुपमा काम गर्न आग्रह गरेका थिए ।

    नेकपाको सचिवालय वैठक अगावै नेता नेपालले गरेको यो छलफल र सुझाव संकलनले सचिवालय बैठकमा प्रवेश पाउने देखिएको छ । उक्त कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे र भेषबहादुर थापा, नेकपा नेता राम कार्की र भीम रावल, पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ पत्रकार भैरव रिसाल, नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली, कालापानीसम्बन्धी किताबका लेखक रतन भण्डारी आदिले दिएको महत्वपूर्ण सुझावले बैठकमा प्रवेश पाउने देखिएको छ । नेपालमा सीमा विवाद समाधानका लागि उच्चस्तरीय छलफल चल्दै गर्दा भारतीय पक्षबाट भने कुनै पनि चासो देखाइएको छैन । यता सीमा समाधानका लागि सचीवस्तरीय वा उच्चस्तरीय संयन्त्र पनि कायमै छ । यो संयन्त्रले पनि सचिवस्तरीय बैठकका लागि प्रयास जारी राखेको बताइएको छ । यसबीचमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग पनि नेता नेपालले मंसिर दोस्रो साता र सोमबार गरी दुईपटक भेटघाट र छलफलसमेत गरिसकेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ