• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली सरकारले बल्ल गर्यो अहिलेसम्मकै यस्तो राम्रो निर्णय, प्रचण्ड दंग

    21.3K
    SHARES

    काठमाडौं । सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदकको घोषणा गरेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख, रजत विजेता खेलाडीलाई जनही ६ लाख र कास्य विजेता खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका हुन् । सागमा नेपालले नेपालले ५१ स्वर्ण पदक जित्दा, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक हात पारेको छ ।

    प्रधानमन्त्री ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बालुवाटार बोलाएर भेटेका थिए । प्रधानमन्त्री ओलीले बुधबार दिउँसो सवा २ बजे खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बालुवाटार डाकेर बधाई दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओली स्वास्थ्य समस्याका कारण सागको उद्‌घाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन्। प्रधानमन्त्रीले साग समापनका अवसरमा मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए।

    यसैबीच तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गरे ।

    प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो । आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको परिचय स्थापित गरिन् ।

    तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ छन् । यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गरे ।

    यस्तै गल्फमा सुवास तामाङ, बक्सिङमा मीनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गरेका हुन् ।

    महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो ।

    उनले भने , “खेलाडी छनोटमा हामीले विशेष ध्यान पुर्‍याउनुपर्छ, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्छ, विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत गरेको हो ।”

    प्रतिक्रिया