• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    श्रष्टाहरुकाे टाउकाेमा कालाेपट्टी

    1.7K
    SHARES

    काठमाडौँ । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत देशका भुभागहरुमा भारतिय हस्तक्षेप र सिमा अतिक्रमणको बिरुद्ध क्रान्तिकारी माक्र्सवादी तथा देशभक्त युवाहरुको सडक कविता आन्दोलनको दोस्रो कार्यक्रम सम्पन्न भएको छ। काठमाडौको विभिन्न चोकका भित्ताहरुमा प्रगतिशील श्रष्टाहरुको कबिता पोस्टरिङ गर्दै टाउकाेमा कालो पट्टि बाधेर कबिता बाचन गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसी,सडक कविता आन्दोलनका संयोजक एब क्रान्तिकारी युवा साहित्यकार रसुवाली कवि, कवि बि पि बिद्रोही ,कवि दिपेन सिम्खडा,दामोदर ढकाल, अग्रज साहित्यकार रत्न प्रसाद अनाममणी, नबराज बिस्ट , कवि रण बहादुर राना लगायत श्रस्टाहरुले आफ्नो रचनाहरु बाचन गरेका थिए ।

    कार्यक्रमका संयोजक रसुवाली कविले मौसमी राष्ट्रबादले आक्रन्त पारिरहेको हालको परिवेशमा श्रस्टाहरुले कबिता मार्फत यसरि बिद्रोह गर्नुको रास्टिय अर्थ रहेको बताए । हरेक प्रगतिशील श्रस्टाहरु सडक आउन आवश्यक रहेको समेत उनले भने। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासङघ का केन्द्रीय सदस्य जन्मदेव जैसीले राष्ट्रियताको यो आन्दोलनमा सँधै साथ रहने र साहित्य र पत्रकारहरु सगैसगै अगाडि बढने बताए।

    कार्यक्रममा राष्ट्रियता र माटो प्रेमले ओतप्रोत कविता मुक्तक लगाएतका रचना हरु बाचन गरिएका थिए। सडक कविता आन्दोलनलाई स्थानीय एब सर्बसाधारणहरुको राम्रो समर्थन रहेको थियो।सडक कविता आन्दोलन कार्यक्रम निरन्तर अगाडि बढने आयोजकहरुले बताएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ