• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    भोलि विहानैदेखि काठमाडौंका सडकमा सवारी साधन चलाउन नपाइने, यस्तो छ कारण

    16.1K
    SHARES

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ । शनिबार बिहान ७:०० देखि ११:०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । म्याराथन दौड शनिबार बिहान ७: ०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

    उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यस्तै महाशाखाले शनिबार बिहान ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ । महाशाखाका प्रमुख ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरे ।

    त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग)ले अहिले काठमाडौं, पोखरा र जनकपुर खेलमय भएका छन् । साग अन्तर्गत एथलेटिक्सका खेल काठमाडौंमा जारी छन् । दशरथ रंगशालाको ट्रयाक र नेपाली सेनाको हेडक्वाटरको मैदानमा एथलेटिक्सका खेल भइरहेका छन् । खेलकुदको राजाका रुपमा रहेको एथलेटिक्सका खेलहरुमा सर्वसाधारणको भने खासै माहोल देखिँदैन । तर, एथलेटिक्समा सवैसाधारणको भीड हुनु पर्ने थियो । त्यतिमात्रै होइन, एथलेटिक्स खेल्न आएका विदेशी खेलाडी, प्रशिक्षक र अफिसियल रंगशालामा बिहान खेलका क्रममा उपस्थित हुन्छन् । उनीहरु आफ्ना खेलाडीको खेल हेर्न मात्रै आएका हुँदैनन् विपक्षी टोलीका खेलाडीले कस्तो खेलिरहेका छन् भनेर पनि अवलोकन गर्न आउँछन् ।

    यसैक्रममा सागका लागि नेपाल आएका विदेशी प्रतिनिधिहरु नेपाल एथलेटिक्स संघको व्यवस्थापनमा खुसी छैनन्। उनीहरुले नेपाली राम्रा भएको प्रतिक्रिया दिए पनि सागका आयोजकलले गरेको व्यवस्थापनमा प्रश्न उठाएका छन्। श्रीलंकाको एथलेटिक्स टिमको ‘एड्भाइजर’ का रुपमा पहिलो पटक काठमाडौं आएकी ओलम्पियन खेलाडी सुशान्तिकाले एथलेटिक्सको व्यवस्थापन ‘पुअर’ भएको बताइन् । उनले नेपाल र नेपाली खेलप्रेमीलाई राम्रो भनिरहँदा संघको व्यवस्थापनको पार्टो भने निकै कमजोर भएको बताइन् । उनले खेलाडी, प्रशिक्षक र अफिसियल बस्ने होटलदेखि खेलस्थलसम्मको व्यवस्थापनमा प्रश्न उठाइन् ।

    ‘प्राकृतिक रुपमा देश सुन्दर छ । यहाँका ‘पब्लिक’ पनि राम्रा छन् । तर, यहाँको सुविधामा म सन्तुष्ट हुन सकेको छैन् । होटल, खानेकुरा कुनै पनि कुरामा व्यवस्थापन राम्रो छैन,’ ओलम्पियन सुशान्तिकाले भनिन्, ‘यस्तो किन हो मलाई थाहा छैन, हुनसक्छ यीनीहरुले बुझेका छैनन् ।’ तर, सुशान्तिकाले सागको ‘ओपनिङ सेरोमोनि’ राम्रो भएको थियो । उनले् श्रीलंकाली टोली ४ दिन अगाडि काठमाडौं आएको बताइन् ।

    तर, खेलाडीहरुले अभ्यास गर्ने ठाउँ नपाउँदा उनी नेपाली व्यवस्थापन माथि प्रश्न उठाएकी छन् । ‘ज्यावलिङका खेलाडीले अभ्यास गर्न पाएका छैनन् । ४ दिन अगाडि हामी आइपुगेका थियौं । तर, उनीहरुले अभ्यास गर्ने ठाउँ पाएनन् । मात्रै वामअप गरिरहेका छन्,’ सुशान्तिकाले भनिन् । श्रीलंकाको एथलेटिक्स टिमको ‘एड्भाइजर’ रहेकी उनले नेपालमा आफ्ना खेलाडीले भोग्नु परेको समस्या निकै दुखी बनाएको बताइन् । उनले यहाँको आयोजकमा एकरुपता नरहेको बताइन् ।

    उनले एथलेटिक्समा कोही बुझ्ने मान्छे छन् भने कोही कत्ति पनि नजानेका रहेको पनि सुनाइन । सागमा नेपालले अहिले राम्रो सफलता पाएको भन्दै सुशान्तिकाले मैदानमा कुनै पनि खालको सुविधा केही पनि दिन नसकेको बताए । सुशान्तिकाको आरोपलाई नेपाल एथलेटिक्स संघका माथिल्लो तहका एक पदाधीकारीले पुष्टि गरेका छन् । उनले व्यवस्थापनमा नेपाल चुकेको स्वीकारेका छन् ।

    ‘सागको व्यवस्थापनमा हामी चुकेकै हो। यसमा हामीले स्वीकार्नु पर्छ,’ नाम नबताउने शर्तमा उनले भने, ‘अहिले नेपालले बनाएको टेक्निकल डाइरेक्टरले सहि तरिकाले काम गर्न नसक्दा समस्या भएको हो ।’ अहिले एथलेटिक्सको टेक्निकल डाइरेक्टरमा खडग रानाभाट छन् । तर, उनले टेक्निकल कुराहरु सम्हाल्न नसक्दा अहिले विभिन्न किसिमका समस्या भएको स्रोत बताउँछ ।

    बिहीबार बिहान डाइरेक्टर रानाभाट ट्याकमा देखिएका थिए । तर, उनले कहाँ के भइरहेको छ भन्ने सम्म थाहा पाउन सकेका थिएनन् । उनी घरी यता घरी उता गर्दै थिए । हातमा झोला बोकेका रानाभाट ११० मिटरको हडर्स र ४ सय मिटरको महिला पुरषको दौड हेर्न आइपुगेका थिए । रानाभाटले सही काम गर्न नसकेपछि नेपालले भारत र जापानका दुई जनालाई टेक्निकल डाइरेक्टरको जिम्मेवारी दिएको छ । रानाभाट एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक पनि हुन् । उनले प्राविधिक पक्षलाई सम्हालन सक्ने अनुमानका भरमा एथलेटिक्स संघले उनलाई टेक्निकल डाइरेक्टरको भूमिका दिएको स्रोतले बतायो ।

    पूर्व प्रशिक्षकभन्दा पनि रानाभाट सागको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटका भाइ हुन् । तर, खडग रानाभाट कुनै स्वर्सफोर्सबाट नआई उनी एथलेटिक्सका पूर्व मुख्य प्रशिक्षक र रेफ्रि तालिम लिएका कारण टेक्निकल डाइरेक्टरमा छानिएको एथलेटिक्सका सचिव आरके बिष्ट बताउँछन् । उनले काम गर्न नसकेर विदेशी प्राविधिक ल्याएको कुरामा बिष्ट असहमति राख्छन् । तर, खबरहब स्रोत रानाभाटले काम गर्न नसक्दा विदेशी प्राविधिक ल्याउनु परेको बताउँछ ।

    भारतबाट एथलेटिक्सका लागि नयाँ प्रविधि ल्याएको संघले बताएको छ । स्रोतका अनुसार भारतबाट ल्याइएको उक्त प्रविधिले खेलाडी कति बेला दोडियोदेखि कहाँ कसरी रोकियो भन्ने सम्मको जानकारी राख्दछ। ‘एथलेटिक्स संघभित्रको एक पक्षबाहिर बाहिर बसेर खेल हेर्ने बाहेक काम गर्दैनन्,’ काम भएन भनेर गुनासो मात्रै गर्छन् । एथलेटिक्सको व्यवस्थापनबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि वास्ता नगरेको स्रोत बताउँछ । संघको व्यवस्थापनका लागि ३ लाखमात्रै दिएकोमा स्रोतले असन्तुटि जनाएको छ ।

    यस्तै १३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । बंगलादेशको टोलीले कुल ८५६ अंक स्कोर गरेको थियो भने श्रीलंकाली टोलीले कुल ८७८ अंक स्कोर गरेको थियो । नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए । यससँगै नेपालको स्वर्ण संख्या ३९ पुगेको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ