• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    दोलखामा सीडीओले गरे यस्तो अनौठो कार्य, लिएको घुस फिर्ता गरेपछि देशभरका सीडीओ तिनछक

    28.6K
    SHARES

    दुई घटनाका ३ जना अभियुक्तलाई धरौटीमा रिहा गर्न दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले लिएको एक लाख २५ हजार रुपैयाँ घुस रकम फिर्ता गरेको अभियुक्त र उनका आफन्तले दाबी गरेका छन्। बुहारीलाई तातोपानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबु/छोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले घुस रकम लिएको आरोप लागेको हो।

    कालिञ्चोक गाउँपालिका–१, कालिञ्चोकका तामाङले प्रजिअ रिजालले मंसिर १७ गते १४ हजार रुपैयाँ धरौटी रसिद काटेर लिएको र बाँकी ३५ हजार रकम बिनारसिद लिएर घर्रामा राखेको दाबी गरे। रवीन्द्र गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।

    उदिम तामाङ र इन्द्रबहादुर तामाङलाई सार्वजनिक सुरक्षा मुद्दामा आवश्यक अनुसन्धानपछि प्रहरीले मंसिर १७ गते मंगलबार प्रशासनमा मुद्दा बुझाएको थियो। पटके मुद्दाका आरोपी मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानले प्रजिअ रिजालले धरौटीमा रिहा गर्न भनि एक लाख रुपैयाँ लिएर १० हजार रुपैयाँको धरौटी रसिद दिएको बताए। ‘मंसिर १८ गते पटके मुद्दामा भएकाले छोड्न ठूलो जोखिम हुने भन्दै एक लाख रुपैयाँ लिएर १० हजारको मात्र रसिद दिनुभयो’, उनले भने।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिल्ला प्रतिनिधिसमेत रहेका प्रजिअ रिजालले प्रक्रियागत त्रुटि भएको स्विकारेका छन्। अभियुक्तबाट पीडित भएकाहरूको उपचार माग दाबी आएमा क्षतिपूर्ति भुक्तानी दिन उक्त रकम राखिएको दाबी गरे। ‘रसिद बाहेकको घाउचोट धरौटीबापतको पैसा लिएकोमा भर्पाइ नगराउनु गल्ती भयो’, रिजालले भने। उनको दाबीअनुसार दुबै घटनाका अभियुक्तसँग पीडितले क्षतिपूर्तिको माग दाबी गरेको प्रमाण भने बिहीबारसम्म कतै भेटिएको छैन।

    तर, बिहीबार दिउँसो दुवै घटनाका अभियुक्त र उनीहरूको आफन्तलाई प्रशासन कार्यालयमा बोलाई प्रजिअको क्वाटरमा लगेर पैसा फिर्ता गरेको अभियुक्तले दाबी गरेका छन्। पैसा किन फिर्ता गरियो भन्ने प्रश्नमा रिजालले जवाफ दिन आनाकानी गरे।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ