• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली सरकारले गर्यो फेरी जनता रुवाउने यस्तो निर्णय, सर्वसाधारण मर्कामा

    84.6K
    SHARES

    काठमाडौं । शनिवार सम्पन्न उपनिर्वाचन सकिएलगत्तै ओली सरकारले फेरी एकपटक जनता अरुवाउनेनिर्णय गएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। आयाल निगमका प्रवक्ता विरेन्द्र गोइताका अनुसार राति १२ बजेदेखी कार्यन्वयन हुनेगरी २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ। ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। मूल्य बढेसँगै अब काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरेको जनाएको छ।

    त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् । केही समय अगाडि प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट साझा गरिएको भिडियो ब्लकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य सुधार भएको बताएका हुन् । ‘मेरो स्वास्थ्य राम्ररी अगाडी बढिराखेको छ, सुधार भइरहेको छ,’ प्रधामन्त्री ओलीले भिडियो ब्लगमा भनेका छन्, ‘एउटा मेजर अप्रेसन पछि तपाईंहरु देखिरहनु भएको छ, म फेरि उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु, समाचार हेर्न सक्ने अवस्थामा छु ।’ प्रधानमन्त्री ओलीले एपेन्डिसाइटिस रोग सूचना दिएर नआउने र आफूलाई पनि अचानक देखिएको बताए ।

    ‘एपेन्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अचानक आइलाग्यो, त्यसमा इन्फेक्सन भएर र त्यो बाहिर पनि फैलिएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा मात्र इन्फेक्सन सीमित भएको भए, त्यसलाई निकालेर फल्दा सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएकाले त्यसलाई निकालेर फाल्न केही दिन, हप्ता १० दिनको उपचारको क्रम लाग्ने भयो ।’ प्रधानमन्त्री ओलीले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औं संस्करणको उद्घाटन समाराेह पनि लाइभ हेरेको बताएका छन् ।

    प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ
    एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।

    हिजो मैले १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

    गत मंगलबाट एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कोर्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ओलीको स्वास्थ्यमा अपेक्षित गतिमा सुधार भइरहेको र आइसीयुमै सामान्य हिँडडुल गर्न थालेको बताए। प्रधानमन्त्री ओलीको उपचार टोलीका संयोजक डा.अरुण सायमीले ठोस आहार खुवाउन सुरु गरिएको बताए।

    गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको थियो। एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) देखिएपछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा राखेर एक साता उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणका लागि मिर्गौला दिन दुई जना नातेदार तयार भएका छन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मिर्गाैला दिन तयार हुनेमा एक पुरुष र एक महिला रहेका छन्।

    एपेन्डिसाइटिसको शल्यक्रिया भएका कारण घाउ निको हुन ढिला हुने भएकाले मिर्गाैला प्रत्यारोण भने पछि धकेलिएको डा. शाहले बताइन्। ‘मिति तथ भएको छैन मिर्गाैला दिनका लागि दुई जना आफन्त तयार हुनुहुन्छ’ डा. शाहले भनिन्। ‘अहिलेको शल्यक्रियाका कारण मिर्गौला प्रत्यारोपण धकेलिएको छ।’ मिर्गाैला प्रत्यारोपण कहाँ गर्ने भन्ने टुंगो नलागेको उनले जानकारी दिइन्। अहिले नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएकाले नेपालमै गर्नबारे पनि छलफल चलेको डा. शाहले बताइन्।

    उपनिर्वाचन लगतै मिर्गाैला प्रत्यारोपण गर्ने तयारीसहित परामर्श भइरहेको थियो। मिर्गौला प्रत्यारोपणको तयारी हुँदै गर्दा अकस्मात एपेन्डिसाइटिस भएपछि गत मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो।

    प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले दोस्रो पटक मिर्गौला प्रत्यारोण गर्न लागेकाले निकै जटिल भएको र यस कुरामा आफूहरु संवेदनशील रहेको बताए। ‘प्रधानमन्त्री जस्तो व्यक्तिको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने काम जटिल र गम्भीर विषय हो यसमा सुझबुझपूर्ण निर्णय गरिने छ’ डा. सायमीले भने। दुवै मिर्गाैला फेल भएपछि २०६४ सालमा ६ भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो समय उनलाई भाइबुहारी अञ्जना घिमिरेले मिर्गाैला दिएकी थिइ

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ