• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आफुलाई भेट्न अस्पताल पुगेका प्रचण्डलाई ओलीले यस्तो जवाफ फर्काएपछि डाक्टरहरु चकित

    48.7K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड साँझ ६ः४० बजेतिर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । प्रधानमन्त्री ओली र प्रचण्डबीच केही समय कुराकानी समेत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    प्रचण्डसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको र चिन्ता गर्नु नपर्ने बताएकाे प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग समेत कुराकानी गरेका थिए । ओलीले आफु सन्चो भइसकेको देखाउन कुनै कसर बाकि राखेनन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु चकित भएका छन् ।

    उनी चाँडोभन्दा चाँडो नियमित काममा फर्किन चिकित्सक र सहयोगीहरुसँग तन्दुरुस्तीको प्रमाण पेश गर्न आफ्नो लयमा आउने प्रयासमा छन् । प्रचण्डसँगको भेटमा ओलीले भने- ‘म एकदम स्वस्थ भइसकेको छु, चिन्ता गर्नुपर्ने कुअनी कारण नै छैन ।’ प्रचण्डसँगको भेटघाटमा भने चिकित्सकहरुले पनि ओलीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका थिए । पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा अपेन्डिसाइटिस भएको देखिएपछि चिकित्सकहरुले ओलीको शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओली अहिले अस्पतालममै उपचाररत छन् ।

    उनको ‘फिजिकल’ तथा ‘बायोकेमिकल’ मापदन्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । ‘प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ’–उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो ।

    महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा. शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत् श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठीक रहेको बताइन् ।

    ‘प्रधानमन्त्री ओली खतरामुक्त हुनुहुन्छ । तर, सघन उपचारकक्षमा रहनुभएको छ । विस्तारै हिँडडुल गर्न थाल्नुभएको छ । मिर्गाैलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ’–उनले सन्चारकर्मीलाई भनिन्–‘घाउको संक्रमण नहोस् भन्नाका लागिमात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो ।’ ‘प्रधानमन्त्री ओलीको आत्मविश्वास तह (कन्फिडेन्स लेबल) उच्च रहेको छ, उहाँ आत्तिनुभएको छैन । मलाई छिटो डिस्चार्ज गर्नुपर्‍यो भनिरहनुभएको छ । उहाँजस्तो आत्मविश्वासी मैले कसैलाई देखेको छैन’–उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले भने । प्रा. डा. सायमी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।

    ‘प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ विस्तारै निको हुँदै गएको छ । घाउले शरीरको अन्यत्र भागमा संक्रमण गरेको छैन । अरु बिरामीभन्दा मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यहीक्रममा सुधार भएमा अर्काे हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ’–उपचारमा संलग्न प्रा. डा. रमेशसिंह भण्डारीले भने । प्रा. डा. भण्डारी कलेजो प्रत्यारोपणका विज्ञ हुन् । ‘जति चाँडो घाउ निको हुन्छ, त्यति नै प्रधानमन्त्री पूर्ववत् काममा फर्किन सक्नुहुन्छ । घाउ छिटो निको बनाउन हाम्रो प्रयास जारी रहेको छ’–उनले भने । अहिले चिकित्सकहरुले प्रधानमन्त्रीको समग्र स्वास्थ्यलाई विशेष निगरानी गर्दै उपचार गरिरहेका छन् ।

    ‘शल्यक्रिया गरिएको घाउबाट संक्रमण हुन नदिन र मिर्गाैलाको कामलाई निगरानी गरिरहेका छौं’–डा. शाहले भनिन् । चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गाैलबाट रक्तस्राव हुन नदिन ‘डायलाइसिस’ गर्ने गरिन्छ । ‘प्रधानमन्त्रीको मिर्गौलाको पुनः प्रत्यारोपणको कुरा आइरहेको छ नि ?’ भन्ने सन्चारकर्मीको जिज्ञासामा निजी चिकित्सक डा. शाहले भनिन्–‘कुन समयमा कहाँ प्रत्यरोपण गर्ने अथवा डायइलिस जारी राख्ने भन्नेबारेमा उचित समयमा उचित निर्णय लिन्छौं ।’ सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा सेन्टरले आवश्यक सबै काम गरेको जानकारी दिए ।

    उसो त सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित परे । विहीबार बिहानदेखि हिँड्न सक्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओली विहानै उभिएर बाहिरतिर टहलिन खोजेपछि चिकित्सक हैरानीमा परेका थिए। उनीहरुले प्रधानमन्त्रीलाई आराम गर्न र हिँडडुल नगर्न सम्झाउनुपरेको उपचारमा संलग्न टिमका एक सदस्यले बताए ।

    बुधबारै अक्सिजन मास्क कहिले निकाल्ने हो भन्दै चिकित्सकलाई सोधेका प्रधानमन्त्री ओलीले आफू पूर्ववत् अवस्थामा फर्किसकेको जनाऊ दिन कुनै कसर बाँकी राखेका छैनन् । उनी चाँडोभन्दा चाँडो नियमित काममा फर्किन चिकित्सक र सहयोगीहरुसँग तन्दुरुस्तीको प्रमाण पेश गर्न आफ्नो लयमा आउने प्रयासमा छन् । बिहीबार बिहान चिकित्सकको असहमतिका कारण हिँडडुल गर्न नपाएपछि प्रधानमन्त्रीको हातमा मोबाइल पर्‍यो । उनले एकछिन मोबाइल चलाए । त्यहाँ नोटिफिकेशनमा देखिएका दुई/चारजनालाई उनले रिप्लाइ दिनसमेत भ्याए ।

    प्रधानमन्त्री मोबाइल चलाउँदै सामाजिक सञ्जालमा सक्रिय भएपछि चिकित्सक तथा सचिवालयका सदस्यहरुले रोक्नुपरेको थियो । प्रधानमन्त्री ओली सामाजिक सञ्जाल र अनलाइन समाचारहरु प्रायः आफैं हेर्ने गर्छन्, उनी सहयोगीको सूचनामा मात्र भर पर्दैनन् । आईसीयुमै बसेर सामाजिक सञ्जालमा प्रधानमन्त्री सक्रिय भएपछि उनलाई आरामका लागि केहीबेरमै रोकिएको स्रोतले जनाएको छ । एक/एकजनालाई रिप्लाई दिनुभन्दा आम जनता र शुभेच्छुकलाई एकमुष्ठ धन्यवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपयुक्त हुने सुझावपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिएर ट्वीट गरे ।

    बिहान केहीबेर प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालसहितको टोलीले भेट गरेको थियो । त्यस लगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल अस्पताल पुगेका थिए । प्रधानमन्त्रीलाई भेटघाटमा भने चिकित्सकहरुले कडाइ गरेका छन् । बुधवार कालो चिया पिएका प्रधानमन्त्रीले बिहीबार बिहानै दाल पिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री आफ्नो पूर्वववत स्वभाव अनुसार हाँसो ठट्टा गर्ने अवस्थामा फर्किसकेको उनलाई भेट्नेहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले अस्पतालको बेडमा सुतिरहेका बेला शिक्षण अस्पतालपछाडिको सडकमा बिहेको बाजा बजेको सुनेछन् । उनले चिकित्सक र सचिवालयका सदस्यहरुसँग रमाइलो शैलीमा ‘यतातिर त बिहेका जन्ति पनि हिँड्दा रहेछन्’ भन्दै केहीबेर हाँसो ठट्टासमेत गरेका थिए ।

    उनलाई मुख्य सल्लाहकार रिमालले ठट्यौली शैलीमै ‘प्रधानमन्त्रीज्यू हजुरले आफ्नो ख्याल गर्नुपर्‍यो, बाहिर के-के हुँदैछ भनेर ध्यान दिनु भएन, बाहिर सबै ठीकठाक चल्दैछ’ भनेका थिए ।प्रधानमन्त्री जतिसक्दो चाँडो अस्पतालबाट निवास फर्किन चाहेको उनलाई भेट्नेहरु बताउँछन् ।प्रधानमन्त्रीलाई भेटेका एक निकट सहयोगीले भने, उहाँ त ठमठमी हिँड्न खोज्नुहुन्छ, अस्पतालबाट कहिले निवास पठाउने हो भनेर डाक्टरहरुलाई सोधिरहनुहुन्छ, चिकित्सकले उहाँलाई अस्पतालमै राख्न पाए अलि धपेडी हुने थिएन भनेर रोकेका हुन्, उहाँ त हिँड्न आतुर हुनुहुन्छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उच्च मनोबल र दृढ इच्छाशक्ति रोगलाई जित्ने खालको रहेको भनेर चिकित्सक पनि चकित हुने गरेको बताए । उनलाई डा.भगवान कोइराला, डा.अरुण सायमी, डा.दिब्यासिंह शाह लगायतले प्रधानमन्त्रीको स्वभाव र रोग विरुद्ध लड्ने सामर्थ्यबारे सुनाएका थिए ।

    प्रधानमन्त्रीलाई केही दिन जसरी पनि आराम गर्ने वातावरण बनाइदिन चिकित्सकहरुले परिवार तथा सचिवालय र नेकपाका नेताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई आफू बिरामी छु भन्ने भान नै नहुने र घण्टौं कुराकानी तथा भाषणमा रमाउने बानीले चिकित्सकहरु हैरान छन् । ‘उहाँलाई केही भन्यो भने म आजको बिरामी हुँ र ? ४७ वर्षदेखि कुनै न कुनै रोगसँग लड्दै आएको छु, बाँकी जीवन जति छ सक्रियपूर्वक जनता र देशको पक्षमा लगाउन चाहान्छु’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक चिकित्सकले भने ‘मलाई उपचार गर्नुस् तर रोकेर नराख्नुस, मलाई एक- एक मिनेटको महत्व छ’ ।केही दिन प्रधानमन्त्रीलाई आराम चाहिएको कुरा पत्नी राधिका शाक्यलेसमेत महशुस गरेपछि चिकित्सकलाई सजिलो भएको छ । बुधवार प्रधानमन्त्रीलाई भेटेपछि राधिकाले आराम गर्न सहमत गराएको स्रोतले जनाएको छ ।

    यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच बराबरीको सम्बन्ध हुनुपर्ने बताएका छन् । नेपाल चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष दाहालले तीन देशबीचको सम्बन्धलाई ‘दुई प्लस वान’ भन्न उपयुक्त नहुने बताए । ‘हामीले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेका छौं,’ दाहालले भने, ‘चिनिया राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘टु प्लस वान’ अवधारणा उपयुक्त छैन ।’

    पछिल्लो पटक चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीबीच छलफल हुँदा त्रिदेशीय साझेदारीको रणनीति अन्तर्गत ‘टु प्लस वान’ भन्ने शब्द प्रयोग भएको छ। ‘यो शब्द जसरी प्रयोग भएको छ र यसले जे अर्थ बोक्न खोजेको छ, मलाई त्यति उपयुक्त लागेको छैन,’ अध्यक्ष दाहालले भने। त्रिदेशीय साझेदारीले मात्रै सकारात्मक वातावरण बनाउन सक्ने दाहालको भनाइ थियो। ‘त्रिदेशीय साझेदारीले सकारात्मक वातावरण बनाउन सक्छ,’ उनले भने, ‘टुले विशेष अधिकार प्राप्त जस्तो र वानले जोडिएको समान्य जस्तो अर्थ दिन्छ।’

    चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा भारतको बाटो भएर आएको कुरालाई वेवास्ता गर्न नहुने भन्दै दाहालले त्यसले त्रिदेशीय साझेदारीको महत्वलाई झनै बढाएको बताए। ‘चिनियाँ राष्ट्रपति नेपाल आउँदा भारतको बाटो भएर किन आउनुभयो भन्ने कुरालाई विल्कुल वेवास्ता गर्न हुदैन। भारत नै गएर नरेन्द्र मोदीसँग सात आठ घण्टा कुरा गरेर नेपाल आउनुपर्ने परिस्थितिले त्रिदेशीय साझेदारीको हाम्रो सोचलाई र हामीले अगाडि सार्न खोजेको रणनीतिको महत्वलाई स्थापित गरेको छ’ उनले भने।

    नेपालका राजनीतिज्ञ, बुद्धिजिवीहरु प्रो–चाइनिज, प्रो–इन्डियन र प्रो–अमेरिकन हुने गरेको भन्दै अध्यक्ष दाहालले अब सबै प्रो नेपाली भएर नेपालको विकास निर्माणमा केन्द्रित हुने बेला आएको पनि बताए। नेपालका पार्टी र नेताहरुले चीनको अध्ययन गर्ने र उहाँहरु पनि आएर नेपालको अध्ययन गर्ने सहमति भएको थियो।‘ सहमति पछि पहिलो टोली छिट्टै चीन भ्रमणमा जाँदै छ, दाहालले भने, ‘उहाँहरुले मेरो नेतृत्वमा आइदियोस् भन्ने कुरा प्रधानमन्त्री र मलाई पनि भन्नु भएको छ। म जाँदै पनि छु।’

    चिनियाँ राष्ट्रपति सी चिन फिङसँग अलग–अलग सन्दर्भमा आठपटक भेटेको स्मरण गर्दै उनले सीसँग खुलेर कुरा गरेको र एक खालको सम्बन्ध रहेको पनि बताए। उनले सीकै निम्तोमा आफू छिट्टै चीनको भ्रमणमा जान लागेको जानकारी पनि दिएका छन्। कार्यक्रममा कांग्रेस नेता रामशरण महतले नेपालमा चीनको लगानी बढाउन पहल गर्नुपर्ने बताए।

    उनले चीनको लगानीमा उत्पादन बढाउने र उक्त उत्पादन चीनमा नै निर्यात गर्नुपर्ने बताए। नेता महतले नेपाल र चीनबीच पहिलेदेखिनै राम्रो आवतजावत भएकाले यसलाई अझै बढाउनुपर्ने भनाई राखे। नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल सधैं चीनको साथमा रहेको बताउँदै त्यसलाई नेपालको एक चीन नीतिले पुष्टी गर्ने भनाई राखे।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ