• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    फेरी गयो ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, ३५ जनाको मृत्यु भएको पुष्टि, उद्धार जारी

    9.8K
    SHARES

    तिराना । पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा फेरी मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको उद्धारकर्मीहरुले बताएका छन् । अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म भूकम्पका कारण ३५ जनाको मृत्यु भइसकेको जनाएको छ । अझै पनि हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य जारी छ ।

    मंगलबार बिहान अल्बानियालाई केन्द्र बनाएर ६.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट ठूलो संख्यामा घरहरु ढलेका र भग्नावशेषमा मानिसहरु पुरिएका थिए । अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाएका थिए । उनले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए ।

    रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरे । अल्बानियामा खोज तथा उद्धारका लागि इटाली र टर्कीका पनि उद्धारकर्मी परिचालन गरिएको छ । अल्बानियाली उद्धार निकायले आफ्ना उद्धारकर्मीहरु चौबिसै घण्टा काममा जुटेको बताएको छ । अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।

    यसैबीच सन् २०१८ मा एड्स रोगका कारण औसतमा दैनिक ३ सय २० बालबालिका र किशोरकिशोरीको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको विश्वभरिको तथ्यांकअनुसार हरेक घन्टा १३ जनाको मृत्यु हुने गरेको हो । पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायत कारणले उनीहरूको मृत्यु भएको प्रतिवेदनमा छ ।

    सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत (७ लाख ९० हजार) बालबालिका एचआईभीसहित बाँचेका छन् । उनीहरूले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । बिरामीलाई औषधि उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ । दक्षिण एसियामा ९१ प्रतिशत बिरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ । त्यहाँ ७३ प्रतिशत बिरामीको पहुँच देखिएको छ ।

    त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका, क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत बिरामीलाई मात्रै औषधि उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ । सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ बिरामी थपिएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ