• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रधानमन्त्रीले अस्पतालमै यस्तो हर्कत गरेपछि चिकित्सक हैरान, मोबाइलबाट यस्तोसम्म पठाएपछि मन्त्री नै दंग

    70.8K
    SHARES

    काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् । सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित परे । विहीबार बिहानदेखि हिँड्न सक्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओली विहानै उभिएर बाहिरतिर टहलिन खोजेपछि चिकित्सक हैरानीमा परेका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई आराम गर्न र हिँडडुल नगर्न सम्झाउनुपरेको उपचारमा संलग्न टिमका एक सदस्यले बताए ।

    बुधबारै अक्सिजन मास्क कहिले निकाल्ने हो भन्दै चिकित्सकलाई सोधेका प्रधानमन्त्री ओलीले आफू पूर्ववत् अवस्थामा फर्किसकेको जनाऊ दिन कुनै कसर बाँकी राखेका छैनन् । उनी चाँडोभन्दा चाँडो नियमित काममा फर्किन चिकित्सक र सहयोगीहरुसँग तन्दुरुस्तीको प्रमाण पेश गर्न आफ्नो लयमा आउने प्रयासमा छन् । बिहीबार बिहान चिकित्सकको असहमतिका कारण हिँडडुल गर्न नपाएपछि प्रधानमन्त्रीको हातमा मोबाइल पर्‍यो । उनले एकछिन मोबाइल चलाए । त्यहाँ नोटिफिकेशनमा देखिएका दुई/चारजनालाई उनले रिप्लाइ दिनसमेत भ्याए ।

    प्रधानमन्त्री मोबाइल चलाउँदै सामाजिक सञ्जालमा सक्रिय भएपछि चिकित्सक तथा सचिवालयका सदस्यहरुले रोक्नुपरेको थियो । प्रधानमन्त्री ओली सामाजिक सञ्जाल र अनलाइन समाचारहरु प्रायः आफैं हेर्ने गर्छन्, उनी सहयोगीको सूचनामा मात्र भर पर्दैनन् । आईसीयुमै बसेर सामाजिक सञ्जालमा प्रधानमन्त्री सक्रिय भएपछि उनलाई आरामका लागि केहीबेरमै रोकिएको स्रोतले जनाएको छ । एक/एकजनालाई रिप्लाई दिनुभन्दा आम जनता र शुभेच्छुकलाई एकमुष्ठ धन्यवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी दिन उपयुक्त हुने सुझावपछि प्रधानमन्त्रीले सबैलाई धन्यवाद दिएर ट्वीट गरे ।

    बिहान केहीबेर प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालसहितको टोलीले भेट गरेको थियो । त्यस लगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल अस्पताल पुगेका थिए । प्रधानमन्त्रीलाई भेटघाटमा भने चिकित्सकहरुले कडाइ गरेका छन् । बुधवार कालो चिया पिएका प्रधानमन्त्रीले बिहीबार बिहानै दाल पिएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री आफ्नो पूर्वववत स्वभाव अनुसार हाँसो ठट्टा गर्ने अवस्थामा फर्किसकेको उनलाई भेट्नेहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले अस्पतालको बेडमा सुतिरहेका बेला शिक्षण अस्पतालपछाडिको सडकमा बिहेको बाजा बजेको सुनेछन् । उनले चिकित्सक र सचिवालयका सदस्यहरुसँग रमाइलो शैलीमा ‘यतातिर त बिहेका जन्ति पनि हिँड्दा रहेछन्’ भन्दै केहीबेर हाँसो ठट्टासमेत गरेका थिए ।

    उनलाई मुख्य सल्लाहकार रिमालले ठट्यौली शैलीमै ‘प्रधानमन्त्रीज्यू हजुरले आफ्नो ख्याल गर्नुपर्‍यो, बाहिर के-के हुँदैछ भनेर ध्यान दिनु भएन, बाहिर सबै ठीकठाक चल्दैछ’ भनेका थिए ।प्रधानमन्त्री जतिसक्दो चाँडो अस्पतालबाट निवास फर्किन चाहेको उनलाई भेट्नेहरु बताउँछन् ।प्रधानमन्त्रीलाई भेटेका एक निकट सहयोगीले भने, उहाँ त ठमठमी हिँड्न खोज्नुहुन्छ, अस्पतालबाट कहिले निवास पठाउने हो भनेर डाक्टरहरुलाई सोधिरहनुहुन्छ, चिकित्सकले उहाँलाई अस्पतालमै राख्न पाए अलि धपेडी हुने थिएन भनेर रोकेका हुन्, उहाँ त हिँड्न आतुर हुनुहुन्छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उच्च मनोबल र दृढ इच्छाशक्ति रोगलाई जित्ने खालको रहेको भनेर चिकित्सक पनि चकित हुने गरेको बताए । उनलाई डा.भगवान कोइराला, डा.अरुण सायमी, डा.दिब्यासिंह शाह लगायतले प्रधानमन्त्रीको स्वभाव र रोग विरुद्ध लड्ने सामर्थ्यबारे सुनाएका थिए ।

    प्रधानमन्त्रीलाई केही दिन जसरी पनि आराम गर्ने वातावरण बनाइदिन चिकित्सकहरुले परिवार तथा सचिवालय र नेकपाका नेताहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई आफू बिरामी छु भन्ने भान नै नहुने र घण्टौं कुराकानी तथा भाषणमा रमाउने बानीले चिकित्सकहरु हैरान छन् । ‘उहाँलाई केही भन्यो भने म आजको बिरामी हुँ र ? ४७ वर्षदेखि कुनै न कुनै रोगसँग लड्दै आएको छु, बाँकी जीवन जति छ सक्रियपूर्वक जनता र देशको पक्षमा लगाउन चाहान्छु’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक चिकित्सकले भने ‘मलाई उपचार गर्नुस् तर रोकेर नराख्नुस, मलाई एक- एक मिनेटको महत्व छ’ ।केही दिन प्रधानमन्त्रीलाई आराम चाहिएको कुरा पत्नी राधिका शाक्यलेसमेत महशुस गरेपछि चिकित्सकलाई सजिलो भएको छ । बुधवार प्रधानमन्त्रीलाई भेटेपछि राधिकाले आराम गर्न सहमत गराएको स्रोतले जनाएको छ ।

    जसले ४२ वर्षदेखि रोगलाई जित्दै आए
    हालैको एक साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितका नेतासँग बालुवाटार निवासको बगैंचामा टहलिरहेका थिए । उनले त्यहाँ आफैंले रोपेको पिपलको बिरुवा सुकेको देखे । अनि तत्कालै भने, ‘पिपलको मिर्गौलाले काम गरेनछ, सुकिहाल्यो । मैले राम्ररी स्याहार पाएकाले यस्तो हट्टाकट्टा छु ।’ यो त्यतिखेरको कुरा हो जतिबेला ओलीको स्वास्थ्यबारे बालुवाटार बाहिर अलि धेरै टीकाटिप्पणी भइरहेको थियो ।

    स्वास्थ्यप्रतिको उनको यो आत्मविश्वास अहिले अस्पतालको आईसीयूमा पनि उस्तै छ । सायद यही विश्वासका कारण उनले मंगलबार राति आफूलाई लगाइदिएको अक्सिजन माक्सलाई देखाउँदै डाक्टरसँग भने, ‘यो कहिले निकाल्ने हो ?’ त्यसको केही घण्टापछि बुधबार बिहानै उनलाई लगाइएको अक्सिजन माक्स निकालियो ।

    उनले कालो चिया पिए । दिनभरि डाक्टरको निगरानीमा मात्रै रहेका ओलीले साँझपख श्रीमती राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्यसँग कुराकानी गरे । शाक्यले निवासमा रहँदा ओलीको स्वास्थ्य रेखदेख गर्छिन् भने बज्राचार्यले बाहिरखेर हिँडेका बेला उनको ख्याल गर्छन् । उनीहरूसँगको भेटमा ओलीले केही अत्यावश्यक कामबारे कुराकानी गरे । श्रीमती शाक्यसँग उनले आफूलाई आराम नपुगेको बताए ।

    ‘प्रधानमन्त्रीज्यूले मेडम (शाक्य) सँग कुराकानी गर्दा म अब केही समय आराम गर्छु, मलाई आराम पुगेको छैन भन्नुभयो,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । उनले आफूलाई चाँडै निको हुने विश्वास व्यक्त गरे । जीवनप्रतिको विश्वास र उच्च मनोबलकै कारण ओली यहाँसम्म आइपुगेको उनका निकटस्थ बताउँछन् । ‘अरू सामान्य मान्छे हुन्थे भने बेडबाट उठ्न नसकेर सुतेको सुत्यै हुन्थे,’ ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कान्तिपुरसँग भने, ‘उहाँको उच्च मनोबल र विश्वासका कारण अहिले कार्यकारी भूमिकासहित यो ठाउँमा हुनुहुन्छ ।’

    डायलसिस गर्दै भाषण गर्दै
    रोगलाई समस्याका रूपमा नलिने ओलीको शैलीका कारण पनि उनलाई पछिल्लो समय समस्या थपिँदै गएको ठम्याइ उनको उपचारमा संलग्न चिकित्सिकहरूको थियो । त्यसैले उनीहरूले ओलीलाई पछिल्लो समय धेरै भेटघाट नगर्न र सार्वजनिक कार्यक्रममा नजान सुझाव दिएका थिए । तर ओलीको सक्रियता उस्तै रह्यो । हेमोडायलसिस गरेर फर्किएको भोलिपल्टै मंसिर १ गते उनले युवासंघले आयोजना गरेको कार्यक्रममा गएर १ घण्टा १५ मिनेट पानी पनि नखाई भाषण गरे । कात्तिक १२ गते उनी उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएर दुई दिनसम्म बसेका थिए ।

    १ देखि ४ गतेसम्म उनी लामा लामा छलफलमा व्यस्त भए । सरकार र पार्टीका केही महत्त्वपूर्ण निर्णय गरे । गत आइतबार चौथो डायलसिस गरेका ओली सोमबार सरकारको चौमासिक समीक्षा बैठकमा झन्डै ५ घण्टा सहभागी भए । मंगलबारका लागि पनि उनी सहभागी हुने तीनवटा कार्यक्रम तय भएका थिए । तर बिहानै बिरामी परे । प्रधानमन्त्रीको दौडधुप अलि कम गर्न सकिँदैनथ्यो र भन्ने कान्तिपुरको प्रश्नमा प्रेस सल्लाहकार थापा भन्छन्, ‘स्वास्थ्यले थेगेसम्म काम गर्ने भन्ने नै छ, उहाँको जीवनमा रेस्ट भन्ने छैन ।’

    बिमारको सिलसिला ४२ वर्षदेखि
    ओलीलाई विभिन्न बिमारले घेर्न थालेको ४२ वर्ष भयो । उनी जेल बस्दा टीबी रोगले ग्रस्त थिए । ओलीसँगै ९ वर्ष जेल जीवन बिताएका राधाकृष्ण मैनाली रोगलाई जितिन्छ भन्ने ओलीको विश्वास अहिलेजस्तै पहिले पनि रहेको बताउँछन् । मैनालीले सम्झेअनुसार जेलमा रहँदा ओली एक्लै शौचालय पनि जान सक्दैनथे । उनलाई नुहाउन र खाना खान पनि साथीहरूकै सहयोग चाहिन्थ्यो । ‘ओलीजीको दृढ इच्छाशक्ति पहिलेदेखिकै हो, कत्ति पनि आत्तिने होइन, मरिँदैन भन्नुहुन्थ्यो,’ मैनालीले भने, ‘दबाइको गोली ल्याऊ खाउँ भन्नुहुन्थ्यो ।’ १४ वर्षसम्म जेलको कहर काटेर निस्किएका ओली विस्तारै निको हुँदै गए । उनी ०६० सम्म ठीकठाक नै थिए । ०६० देखि ओलीको मिर्गौलामा बिस्तारै समस्या देखिन थाल्यो । बिमारले गाल्दै लगेपछि उनी ०६२/६३ को जनआन्दोलनमा पनि त्यति सक्रिय हुन पाएनन् । ओलीको ०६४ साउनमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरियो ।

    उनी ६/६ महिनामा त्यसको फलोअपका लागि दिल्ली गइरहन्थे । सबै ठीकठाकै चलेको थियो । ०६९ कात्तिकमा ओलीलाई भेट्न मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारी उनको घरमा पुगे । ओलीलाई बानेश्वरमा रहेको आफ्नै क्लिनिकमा परीक्षण गर्दा उनको फोक्सोमा समस्या देखिएको थियो । ओली तुरुन्तै नर्भिक अस्पताल भर्ना भए । त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अपस्ताल लगेर दुई सातासम्म उपचार गराइएको थियो । त्यसको केही दिनमै ओली फेरि सिकिस्त भए । उनलाई ग्रान्डीमा केही दिन राखेर सिंगापुर लगियो । त्यतिबेलै ओलीको हातमा इन्फेक्सन भयो । इन्फेक्सनकै कारण उनी लामो समयसम्म हातमा ब्यान्डेज बाँधेर हिँडे ।

    ०७२ असारमा पार्टीको नवौं महाधिवेशनबाट तत्कालीन नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका ओली ०७२ कै असोजमा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । नौ महिनासम्म प्रधानमन्त्रीमा बहाल हुँदा उनी मिर्गौलाको फलोअपका लागि एक पटक पनि गएनन् । त्यसपछि सामान्य फलोअप भए पनि गम्भीर बिरामी परेका थिएनन् । तर १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला बिस्तारै निष्क्रिय बन्दै गएपछि ओली साउन र भदौमा गरी दुई पटक सिंगापुरमा उपचार गरेर फर्किए । त्यसपछि भने कहिले के कहिले के भएर अस्पताल धाइरहनु परेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अब उनी केही दिन अस्पतालमै बस्नुपर्ने देखिएको छ । हाल उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी प्रधानमन्त्रीलाई आराम दिलाउन चाहन्छौं । त्यसैले केही दिन बढी राख्न चाहन्छौं ।’

    ओली बिरामी भएर अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य स्थिति बुझ्न चाहनेहरू बुधबार पनि बिहानैदेखि अस्पताल पुगे । मंगलबार बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल पुगेका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू, प्रतिनिधिसभा उपाध्यक्ष, संसदीय समितिका सभापतिहरू, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायत पनि प्रधानमन्त्रीको स्वास्थ्य बुझेर फर्किए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने ओलीको सचिवालय सदस्यहरूसँगै बुधबार दिनभरि अस्पतालमै बसे ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ