• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकाबिहानै पोखरामा शक्तिशाली विस्फोट, यस्तो छ थप अपडेट

    3.3K
    SHARES

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा ब’म वि’स्फो’ट गराइएको छ। मंगलबार बिहान ३ बजेतिर उक्त विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। वि’स्फो’टबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ तर के कति क्षति भयो भन्ने बारेमा एकिन भइसकेको छैन। प्रहरीले कसले र के कारणले विस्फोट गराएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले आसन्न कास्की-२ को उप-निर्वाचनलाई लक्षित गर्दै त्रास उत्पन्न गराउने उदेश्यले विस्फोट गराइएको अनुमान गरिएको छ।

    यस्तै उता जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित एक घरमा आइतबार आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट विष्णु भण्डारीको तीन तले घर जलेर पूर्ण रुपमा क्षति भएको जुम्लाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिइन् । तीन तलाको घरमा रहेका १४ वटा कोठा मध्ये भण्डारीले एउटा कोठा आफैले प्रयोग गरी बाँकी सबै कोठा भाडामा लगाएका थिए । भाडामा बस्नेहरुले प्रयोग गर्दै आएका ग्यास सिलिण्डर मध्ये ६ वटा सिलिण्डर विष्फोट हुन पुगेको उनले बताइन् । कोठाभित्रबाट ८ वटा सिलिण्डर भने निकालिएको उनले बताइन् ।

    विहान ११ बजेदेखि लागेको आगो ६ घण्टापछि नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरी निरीक्षक वलीले जानकारी दिइन् । आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगलागीको कारण खुल्न नसकेपनि घटनाको प्रारम्भीक अनुसन्धानको क्रममा विद्युत सर्टका कारण भएको हुन सक्न उनले बताइन् । यसबारे सोमबार मात्रै थप अनुसन्धान अघि बढाइने उनले बताइन् ।

    आगलागी नियन्त्रणमै सुरक्षाकर्मी दिनभर खटिनु परेकोले के कति क्षति भए र आगलागी कसरी हुन पुग्यो भन्नबारे खुल्न नसकेको उनले बताइन् । आगलागी हुँदा १४ वटै कोठमा रहेका लत्ताकपडा, अन्नपात तथा भाँडाकुँडा लगायतका सामाग्री जलेर नष्ट भएको वलीले जानकारी दिइन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ