• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    रिहा भएलगत्तै सञ्चारकेन्द्रकर्मी घिमिरे पुनः गिरफ्तार, पत्रकार महासंघले जनायो आपत्ति

    2.5K
    SHARES

    पोखरा । पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । पोखरा उच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएको तर प्रहरीले अदालतकै गेटबाट पुनः गिरफ्तार गरेको हो । संचारकेन्द्र डटकमका पोखरा संवाददाता घिमिरेलाई समाचार संकलनको क्रममा प्रहरीले पोखरा मातपोत कार्यालय नजिकबाट सोधपुछका लागि भन्दै गिरफ्तार गरेको थियो । प्रहरीले बिना कारण गिरफ्तार गरेर घिमिरेलाई गैरन्यायीक रुपमा बन्दी बनाइएको भन्दै आफन्तले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

    अहिले पत्रकार घिमिरेलाई वडा प्रहरी कार्यालय रामबजार चौकी राखिएको छ । नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाहरुले दुःख दिने उद्देश्यले पत्रकार घिमिरेलाई गिरफ्तार गरिएको भन्दै आत्तिजनाउँदै आएका छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथि हुने धरपकडको महासंघ कास्की खेद ब्यक्त गरेको साथै उनको यथाशिघ्र रिहाईको माग गरिएको छ ।

    विज्ञप्तिमार्फत  पत्रकारहरुको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण वनाउन स्थानिय प्रशासनसँग मागसमेत गरिएको छ । यता संचारकेन्द्र डटकमले आफ्ना संवाददातालाई प्रहरीले पुनः अदालत परिसरबाटै गिरफ्तार गरेर प्रेस स्वतन्त्रताको घाटी निमोठ्ने काम गरेको भन्दै आपत्ति जनाएको छ । मिडियाका अध्यक्ष कमल बुढाले अनावश्यक दुख दिने उदेश्यलाई घिमिलेलाई बिना कारण पटकपटक गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

     

    प्रतिक्रिया