• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    भारतद्वारा फेरी एकाएक नाका बन्दको घोषणा, दियो यस्तो कारण

    17.2K
    SHARES

    काठमाडौँ । भारतले फेरी नाका बा नद गर्ने निर्णय गरेको छ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज (शुक्राबार)देखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।यसअघि गत असोज १८ गते भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि असोज १८ गते तीन दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो ।

    त्यस्तै झापाको गौरीगञ्ज गाउँपालिका – २ स्थित बघनचौधरी बजारबाट करिब १ किमी पूर्व लागेपछि कमल खोलाको किनारमै सन्थालहरुको सानो बस्ति पिण्डालघुटु पुगिन्छ । यो नेपाली बस्ती हो । यस बस्तिका सबै परिवार नेपाली नागरिक हुन् । तर यस बस्तिलाई मिचेर ५५ साल ताका भारतले पूर्वको सीमाना मिचेर सीमा स्तम्भ गाउँको बिचैमा गाडेको छ । २०७४ सालमा अबिरल बर्षाका कारण कमल खोलाले यो बस्तिलाई डुवाएको बेला हामी राहत लिएर जाँदा त्यस बेला यो सीमा स्तम्भ सानो थियो । त्यस बेला यो स्तम्भमा हामी कसैका आँखा परेन । तर अहिले भारतीय पक्षले सीमालाइ ठुलो बनाएर स्थानीय बुद्धिलाल हेमरमको आँगन अगाडि नै गाडेको छ । पिण्डालछुटु गाउँबाट कमल तरेर अझ करिब १ किलो मिटर पूर्व लागे बल्ल सन १९७९ मा कायम गरिएको २६ नम्बरको जँगी पिलर देख्न सकिन्छ । अहिले यो पिलर देखि निकै पश्चिम सीमा सारिएको छ । २०५५ सालअघिसम्म कमल खोलाको पूर्बी किनारबाट शुरु हुने नेपाल भारतको सीमाना अहिले अतिक्रमण गरेर खोला पश्चिम पुर्याइएको छ ।

    २०५५ साल अघिसम्म नेपाल भारतको सीमा नजिकै हरेको बलुवाडाँगी गाँउमा साप्ताहिक हाट लाग्ने गथ्र्यो । पछि त्यहि हाटको बिषयमा नेपाल र भारत पक्षका स्थानीयहरु बीच बिबाद शुरु भएपछि भारत पक्षले सो सीमाना पश्चिम सारेको कुरा कोरोबारीका स्थानीय तथा गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य जेठा मुर्मु बताउँछन् । बिबादपछि सोहि साल नेपाल र भारतीय पक्षले सीमा नापजोख गरेको तर पछि भारतीय पक्षले झुक्याएर सीमाना पश्चिम सारेको स्थानीय ओम प्रकास राजवंशी बताउछन् । नेपाली भुभाग मिचेर सीमा पश्चिम सार्दा समेत चित्त नबुझेका भारतीयहरुले अहिले उनीहरुले आफै कायम गरेका नयाँ सीमा स्तम्भ वरिपरि समेत दशगजा क्षेत्र मिचेर आलु खेती गरिरहेका छन् । साबिकको आमगाँछी ४ को खेल मैदान पूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकै खेति गरिरहेका छन् ।

    सीमासँग जोडिएको नेपाली भुमिमा बिकास निर्माणको काम गर्दा समेत भारतीय पक्षले दुख दिने गरेको स्थानीय ओम प्रकाश राजवंशी बताउछन् । भारतीय पक्षबाट सीमा पश्चिम सारिए पछि अहिले आमगाँछीका करिब १ दर्जन नेपालीको पचासौ बिघा जमिन भारतीयको कब्जामा छ । स्थानीय ओम प्रकाश राजवंशीका अनुसार कृष्ण प्रसाद राजवंशी ,योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओम प्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशी लगायतको जग्गा भारतीयको कब्जमा छ । यी ब्यक्तीहरुको जग्गा भारतीय भुमीमा परे पनि अझै यिनिहरुसँग सो जग्गाको नेपाली धनिपुर्जा सुरक्षित छ । जग्गाको मालपोत समेत बर्षेनी नेपाल सरकारलाई तिरि रहेको उनीहरुले जानकारी दिएका छन् । गौरीगञ्ज–२ का वडाध्यक्ष अघनु प्रसाद राजवंशीका अनुसार कोरोबारीको पिण्डालघुटु र आमगाछी क्षेत्रका ४ देखि ५ सय बिघा क्षेत्रफल भारतले अतिक्रमण गरेको छ । सम्बन्धित निकायमा यसबारे जानकारी गराउँदा समेत नेपाल सरकारले सो भुमी फिर्ता गराउन कुनै पहल नगरेको उनको गुनासो छ ।पश्चिम नेपालमा अतिक्रमित कालापानी र लिपुलेक फिर्ता गराउन देशब्यापी रुपमा आवाज उठिरहेको बेला पूर्वी नेपालको झापा जिल्लाका यी भुभागहरु फिर्ता ल्याउन पनि उतिकै बलियो आवाज उठाउन जरुरी देखिन्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ