• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    मन्त्रीहरुले सपथ लिएलगत्तै ओलीलाई प्रचण्डले दिए यति ठुलो झट्का, भन्छन- ‘अब समय आयो’

    34.1K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुराना पदाधिकारीलाई नदोहोर्‍याउने प्रतिवद्धता जनाएका छन् । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगमा भने के भन्ने छलफलका क्रममा रहेको उनले बताए । वृहत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा हस्ताक्षरकर्ता मध्येका एक प्रचण्डले दुबै आयोग गठन र ऐन संशोधनलाई समानान्तर रुपमा अगाडि बढाइने बताए । दलहरुबीच भएको छलफलमा सत्य निरुपण आयोगमा पुराना सदस्यहरु राख्नु हुँदैन, उनीहरुमाथि भरोसा र विश्वास टुटेको छ भन्ने मत राख्दै आएको उनले सुनाए । पीडितहरुको कुरा सुनेपछि अब यही अडान लिने निर्णयमा पुगेको भन्दै उनले भने, ‘सत्य निरुपणमा नयाँ हुने विश्वास दिलाउन सक्छु ।’

    वेपत्ता आयोगका सन्दर्भमा भने फरक मत राखे । आयोगका तत्कालीन पदाधिकारीहरुले हामी अन्तिम चरणमा छौं, ६ महिनामा सबै काम टुंग्याउँछौं भनेको भन्दै उनले भने, ‘साथीहरुले काम गरेनन् भन्ने गुनासो सत्य निरुपणमा जस्तो वेपत्तामा छैन । यसमा के गर्ने भन्ने छलफलमा नै छौं ।’ उनले अघि भने, ‘म चाहिँ अडान लिन पुगेँ, सत्य निरुपणमा (पदाधिकारी) नयाँ नै हुनुपर्छ ।’ नेकपा अध्यक्ष प्रचण्डले आफू द्वन्द्वकालका सबै घटनामा माफी हुनुपर्छ भन्ने पक्षमा नरहेको प्रष्ट पारे ।

    ‘क्षमा गर र विर्स’ भन्ने अवधारणामा अन्तरिम संविधानमा नै व्यवस्था गर्ने चर्चा भए पनि आफूले नै आयोगहरु बनाएर मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुमा माफी हुनसक्दैन भनेको उनले सुनाए । उनले भने, ‘हामीले ब्लांकेट एमनेस्टीको कुरा गरेका छैनौं । गम्भीर अपराधलाई कारबाहीमा लैजानुपर्छ र मात्र शान्ति प्रक्रियालाई परिपक्व ढंगले पूरा गर्न सकिन्छ भन्ने मै हुँ ।’ यसो भएमा मात्र समाजमा विश्वासका साथ मेलामिलापको वातावरण बन्ने प्रचण्डले सुनाए ।

    उनले दुबै आयोगसम्बन्धी विधेयक संशोधनको मुख्य आधार सर्वोच्चको फैसला भएको उनले बताए । ‘सर्वोच्चको फैसलााई सम्मान गरेर विधेयक संशोधन गर्ने हो, यसमा हामी प्रष्ट छौं र ड्राफ्टहरु तयार छ’, उनले भनेका छन् । कार्यक्रममा माधव नेपालसहितका नेताहरुले संक्रमणकालीन न्यायका काम टुंगोमा पुर्‍याउन प्रचण्ड ताप्नुपर्ने बताएका थिए । नेकपा अध्यक्ष प्रचण्डले आफू अब तातेको बताए । उनले भने, अब समय आयो, यसलाई टुंग्याइदिऊँ ।’ प्रचण्डले त्यसको दुई आधार पनि दिए । पहिलो- ऐन र आयोग बनाउँदा राजनीतिक दल र नेतृत्वको स्थिति र अहिले फरक आएको छ । त्यसबेला हामी तीन पार्टी थियौं र ट्राङ्गुलर बहस थियो । अहिले त्यस्तो छैन ।

    दोस्रो – दुबै आयोगले उजुरीहरु आह्वान गर्दा केही न केही प्रतिस्पर्धा गरेका थियौं । सदाका लागि टुंग्याउनुपर्छ भन्नेभन्दा आफूले कम, अर्कोले बढी गल्ती गरेको हो भन्ने देखाउने प्रतिस्पर्धा थियो । धेरै उजुरी परुन भन्ने मानसिकता थियो । त्यही कारण परेको ६४/६५ हजार उजुरीको चाङले टीआरसी पुरिएको जस्तो भयो । आज त्यो सोचमा ठूलो परिर्वतन आएको छ । हामी जति पटक छलफलमा बसेका छौं, अब चाहिँ छिटोभन्दा छिटो र राम्रोभन्दा राम्रोसँग टुंग्याएर जानुपर्छ भन्नेमा सहमत छौं । पीडितहरुको कुरा सुन्नपर्छ, उनीहरुको सहभागिता र स्वमित्व नभई अन्तिम रुप दिन सकिँदैन भन्ने बुझाईमा एक ठाउँमा आएका छौं ।

    द्वन्द्वपीडितहरुको सहभागिता र स्वामित्व समेत रहने गरी शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन खोज्दा सबैले सहयोग गर्नुपर्नेसमेत उनले बताए । नेकपा अध्यक्ष प्रचण्डले जनयुद्ध र शान्ति प्रक्रियाका क्रममा राम्रा र नराम्रो कामको जिम्मा आफूले लिने बताए । ‘मैले त मरे पछि पनि सुख पाउने देखिएको छैन’ भन्दै उनले भनेका छन्, ‘दोषी ठहर कारबाही भोग्न तयार रहन्छु ।’ यस्तै निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् । उनका प्रेस सहयोगी मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् । विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए । उनी विहीबार नै पुल्चोकस्थित मन्त्री निवासबाट सरेका छन् । यसअघि २०६८ सालमा ऊर्जा मन्त्रीबाट पदमुक्त भएपछि पनि विष्‍ट ट्याक्सी चढेरै घर गएका थिए ।

    त्यस्तै सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले काँग्रेसलाई जवाफ दिन मन्त्रिपरिषद फेरबदल नगरिएको बताएका छन् । बिहिबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले मन्त्री फेरबदलको कुरा प्रधानमन्त्रीको विशेषाधिकारको कुरा भएको र काम गर्न नसकेर मन्त्री नहटाएको उल्लेख गरे । उनले सबै पूर्वमन्त्रीलाई राम्रो कामका लागि प्रधानमन्त्रीले धन्यवाद दिएको उल्लेख गरेका छन् । उपनिर्वाचनका सन्दर्भमा काँग्रेसले निकालेको निर्वाचन प्रतिबद्धतापत्रमा काँग्रेसले सरकारलाई लगाएको २१ आरोपबारे बोल्दै उनले काँग्रेसलाई विकास गरेर जवाफ दिने बताए । उनले काँग्रेसका आरोपहरु आफूलाई सन्तुष्टि लिनका लागि भएको बताए । उनले भने– ‘उपनिर्वाचनमा सन्र्दभमा तुष्टिका लागि लगाएका आरोपहरु हुन् यी ।’

    उनले काँग्रेसका पालामा सबै राम्रो भएको थियो भन्ने प्रश्न गर्दै काँग्रेसलाई प्रश्न गरे– ‘के सुन तस्करी केपी ओलीको पालमा भएको हो ? लाउडा धमिजा पनि कुन बेलामा भएको ?’ उनले बालुवाटार जग्गा, वाइडबढी काण्डमा सरकारले छानविन गरिरहेको र तिब्र आर्थिक बृद्धि, छिमेकी देशहरुसँगको कनेक्टिभीटमिा हात हालेको बताए ।

    २१ महिनामा २१ कमजोरी मात्र हैन जनताले देखाएको कमजोरी सुधार्दै जाने उनले बताए । उनले काँग्रेसलाई प्रश्न गरे– ‘चाँदीको किस्तीमा प्रजातन्त्र दरबारमा कसले बुझायो, नेपाली यूवालाई विदेशी भूमिमा पुग्ने वाताबरण कसले बनायो ? हात माथि पर्दा तरबार, तल पर्दा म्याउँ नगरोस् कांग्रेस ।’ उनले सरकारका बारेमा बोल्न भन्दा पनि अफताव आलम बारे बोल्न काँग्रेसका प्रवक्तालाई सुझाव दिए । उनले भने– ‘महराबारे मात्रै हैन आफ्नै पार्टीको आर्थिक विभागमा काम गर्ने मान्छेबारे पनि बोल्नुस् ।’ मन्त्री बास्कोटाले सरकार विकास र समृद्धिको मार्गमा अघि बढिरहेको बताए । उनले भने– ‘बाटो बनेकै छन्, पुल बनेकै छन्, कतै कतै खाल्डाखुल्डी छन् ती पनि पुरिँदै जान्छन् । पानी जहाजहाजको काम अघि बढेको छ ।’

    यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले विहीबार नियुक्त भएका मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ लिने नयाँं मन्त्रीहरुमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुषाल र उद्योग, वाणिज्य तथा आपू्र्ति मन्त्रीमा लेखराज भट्ट छन् ।

    समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षानिकायका प्रमुखलगायतको उपस्थिति थियो । यसअघि विहीबार नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद पुनर्गठन गरेकी थिइन । पुनर्गठित मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् भने छ मन्त्री र तीन राज्यमन्त्रीलाई विदा गरिएको छ । दुई मन्त्रीहरुको जिम्मेवारी फेरबदल गरिएको छ ।

    प्रतिक्रिया