• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    कञ्चनपुरका पत्रकार खेम भण्डारी जेल चलान

    5.2K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त ह’त्या प्रकरणबारे सामाजिक सञ्जालमा अदालतको अवहेलनामा हुने खालका सामग्री पोष्ट गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई तीन शर्तसहित एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    फैसलाविरुद्ध पुनरावेदन गर्ने म्याद सकिएपछि जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाले उनलाई पक्राउ गरी जेल पठाएको हो । एक घण्टाका लागि जेल चलान भएका उनी आजै छुट्ने स्रोतले जनाएको छ ।

    जिल्ला बार इकाइले ४ चैत २०७५ मा दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलाशले ८४ पृष्ठ लामो फैसला सुनाएको थियो । पत्रकार भण्डारीले तीन दिनभित्र तीन शर्त पूरा नगरेमा मात्र उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय तोकिएको हो ।

    अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने, आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने सर्त राखिएको थियो । पत्रकार भण्डारीले भने आफूले कुनै गल्ती नै नगरेकाले आफू स्टाटस डिलिट नगर्ने र माफी पनि नमागी अदालतका सबै प्रक्रिया पूरा गर्ने बताउँदै आएका थिए । पत्रकार भण्डारी मानखण्ड दैनिकका प्रधानसम्पादक तथा न्यूनतम पारिश्रमिक समितिका पूर्वअध्यक्ष पनि हुन् ।

    उनले आफुलाई पुनराबेदन गर्ने मौका समेत नदिएर गिरफ्तार गरि जेल हाल्ने सुचना आएका कारण आफु जिल्ला अदालत जान लागेको भन्दै स्टाटस लेखेका थिए । निर्मला ह’त्या प्रकरणका बारेमा निरन्तर लेखि रहेका भण्डारीको बिपक्षमा रबि लामिछानेले निलम्बित डिएसपी अंगुर जिसीको साथ लिएर ३ घण्टा लामो अन्तर्वार्ता लिएका थिए । रबि लामिछानेले निलम्बित तत्कालिन डिएसपीको पक्षमा र पत्रकार भण्डारीको बिपक्षमा भण्डाफोर अभियान नै चलाउन खोजेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ