• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओलीलाई नै काउन्टर दिंदै मन्त्रिमण्डल परिवर्तनबारे प्रचण्डले निकाले यस्तो बिज्ञप्ति, नेकपाभित्र खैलाबैला

    20.1K
    SHARES

    काठमाडौ । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्ने अन्तिम तयारी गरिरहँदा पार्टीका बरिष्ठ नेता माधव नेपालले आफ्नो समूहबाट मन्त्री बनाउनेको लिस्ट प्रधानमन्त्रीसमक्ष दिइसकेको बताइएको छ । बरिष्ठ नेता नेपालले आफ्नो लिस्ट बुझाईसक्दा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भने मन्त्री परिषदमा पठाउनेको नाम दिन सकिरहेका छैनन् ।

    प्रधानमन्त्री ओलीले मन्त्री बनाउनेको नाम मागेपछि प्रचण्डले दिन नसकिरहेको भनेर समाचारहरु बाहिर आईरहेका बेला प्रचण्डले विज्ञप्ति प्रकाशित गरेपछि बालुवाटारमा हलचल भएको छ । मन्त्रीमण्डल पुर्नगठनको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भईरहेकै समयमा यस विषयलाई लिएर पार्टी अध्यक्ष प्रचण्डले कडा आपत्ति जनाउदै उनको सचिवालयले विज्ञप्ति प्रकाशित गरेको हो ।

    अध्यक्ष दाहालको सचिवालयले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यममा आएका समाचारहरु भ्रामक भएको जनाएको छ । मन्त्रीमण्डल परिवर्तनको विषयलाई प्रचण्डलाई हवाला दिदै समाचार आईरहेको प्रति प्रचयडले असन्तुष्टि जनाएका हुन । केही समययता मन्त्रिमण्डल फेरवदलका समाचारहरु निरन्तर सम्प्रेषण भइरहेका छन् । विज्ञप्तिमा पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गरेको बताएको छ ।

    यस्तै मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिईरहेको बताउदै यस विषयमा पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न विज्ञप्तिमार्फत आग्रह समेत गरेको छ । त्यति मात्रै हैन प्रचण्डले खानेपानी तथा सरसफाई मन्त्री विना मगरको मन्त्री पद जोगाउन हदैसम्मको प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।

    प्रचण्डको निजि सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको विषयमा प्रचण्डलाई जोडेर आएको समाचारको खण्डन गरेको छ । ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चार माध्यमा प्रकाशन तथा प्रसारित भ्रामक समाचारको हाम्रो सचिवालयले घोर भत्सना र खण्डन गर्दछ ।’ विज्ञप्तीमा लेखिएको छ । मन्त्रीमण्डल फेरबदलको पूर्ण क्षेत्राधिकार विषय प्रधानमन्त्रीको रहेकाले त्यसमा प्रचण्डले कुनै हस्तक्षेप नगर्ने सचिवालयले स्पष्ट पारेको छ ।

    यसअघि विभिन्न मिडियामा बिना मगरले आफ्नो पद टिकाउन ससुरा प्रचण्डसँग रुवावासी गरेको समाचार आएका थिए । साथै प्रचण्डले बिनालाई अहिले नै नबदल्नका लागि भिटो प्रयोग गरेको समाचार आएको थियो । बिनालाई हटाउनुभन्दा अघि अर्थमन्त्री युवराज खतिवडालाई पहिले हटाउनु पर्ने अडान पनि राखेको दावी गरिएको थियो । यता मन्त्रिपरिषद् बैठकमा मन्त्री हेरफेरको विषयले प्रवेश पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका हुन् ।

    बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई चाँडै नै मन्त्रीहरु हेरफेरगर्नेबताएको बैठकमा सहभागी एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गर्न लागेको जानकारी दिँदै बुधबार मन्त्रीहरुलाई उपत्यकाभन्दा बाहिर नजान आग्रह गरेका थिए। यस्तै, प्रधानमन्त्रीले मन्त्रीहरुलाई बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गर्दै यसलाई अन्यथा नलिइदिनु हुन समेत आग्रह गरेको ती मन्त्रीले बताए। बैठकमा प्रधानमन्त्रीले कुन मन्त्री फेरिने भन्ने विषयमा केही नबताएको स्रोतले बताएको छ।

    यस्तै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद फेरबदलको तयारी गरेपछि उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक नयाँदिल्ली गएका छन् । मन्त्री यादव अचानक दिल्ली पुगेपछि अनेक थरी अड्कल बाजी हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत गएको जनाएको छ । सो कार्यक्रममा उपसचिवस्तरको अधिकारी जाँदा पनि हुने भएकोले उपप्रधानमन्त्री समेत रहेका मन्त्री यादव किन गएका होलान् भन्ने चर्चा सर्वत्र चलेको छ ।

    उक्त कार्यक्रमको अवधि तीन दिनमात्र रहने भएपनि यादव एक सातासम्म भारतमै रहनेछन् । उनको भ्रमणलाई राजनीतिक रुपबाट हेर्न थालिएको छ । मन्त्री यादव यति बेला राजनीतिक रुपमा चुनौतीको चाङमा छन् । पार्टीको हालै सम्पन्न संघीय परिषद् र केन्द्रीय समिति बैठकले सरकारमा रहिरहने वा फिर्ता हुने भन्ने सवालमा निर्णय गर्ने जिम्मेवारी पदाधिकारीहरूलाई नै दिएको छ ।

    पदाधिकारी बैठकनै नबसालेर मन्त्री यादव नयाँदिल्ली पुगेका हुन् । यादव नयाँदिल्लीमा राजनीतिक भेटघाटको प्रयासमा रहेको स्रोतले जनाएको छ । उनले व्यक्तिगत सम्पर्कको आधारमा नयाँदिल्लीमा सत्तारूढ भाजपा नेताहरूसंग भेटघाटको प्रयास गरिरहेको स्रोतले जनाएको छ । सत्तारूढ भाजपाका नेताहरू मन्त्री यादवसहित समाजवादी पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईप्रति अझै सशंकित भएका छन् । भारतको जम्मू–कश्मीरमा हटाइएको धारा ३७० प्रति नेपालमा सबैभन्दा पहिले विरोध गर्नेमा समाजवादी पार्टी नै थियो । समाजवादीका अध्यक्ष भट्टराईले ट्वीट गरेर १७ पटक आफ्नो विरोध जनाएका थिए ।

    अहिले भारतले जारी गरेको नक्शामा समाजवादी पार्टीका विद्यार्थी संगठनले सबैभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए। भारतीय दूतावास अगाडि भारतको नक्शा जलाउनेदेखि लिएर मोदीको फोटोमा जुता चप्पलले हानेर विरोध प्रदर्शन गर्ने समाजवादी पार्टी नै रहेको सूचना लैनचौरले राखेको छ । समाजवादी पार्टीको पछिल्लो गतिविधिबारे अवगत रहेका भाजपाका शीर्ष नेतृत्वले यादवमाथि पटक्कै विश्वास गरेका छैनन् । यी नै क्रियाकलापबारे सफाई दिन र आफू भारत विरोधी नभएको विश्वास दिलाउन भारत भ्रमणमा गएका हुन् ।

    पछिल्लो पटक समाजवादी पार्टी भारतभन्दा पनि चीन तिर ढल्केको जानकारहरू बताउँदै आएका छन् । चिनियाँ दूतावासको दबाबमा आफ्ना सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गर्नु र पाकिस्तानी दूतावासद्वारा आयोजित भारत विरोधी कार्यक्रममा आफ्ना केन्द्रीय सदस्य रेखा यादवलाई पठाएर समर्थन गरेको समाचार बाहिरिएपछि भारतीय संस्थापन पक्ष मन्त्री यादवसंग निकै चिढिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ