• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो ओली-प्रचण्डको हाईकमाण्ड बैठक, नेताकार्यकर्तालाई चकित पार्दै भए यस्ता कडा निर्णय

    22.8K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको हाईकमाण्ड बैठक केहिबेर अगाडी मात्र सकिएको छ । उक्त बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ। आइतबार अपराह्न बसेको सचिवालय बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘हाम्रो पाटीको प्रवासमा कमिटी बनाउने नीति भने छैन।’ कमिटीको सहइन्चार्जको जिम्मा लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौंलागाईलाई नियुक्त गरिएको छ।

    श्रीप्रसाद साहलाई कमिटीको सचिव र दिलु बिकलाई सदस्य बनाइएको छ। यस्तै नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको सचिवालयका एक नेताले जानकारी दिए । सचिवालयका ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले एकदुई दिनमा मन्त्रिमण्डल पुनर्गठनको सोच बनाएको जानकारी बैठकलाई दिएका थिए।

    ‘औपचारिक रुपमा बैठकको एजेण्डा थिएन। तर, प्रसंग उठिहाल्यो। प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाएको छु भनेर जानकारी दिएपछि हामी सबैले सुझाव दिएका छौं, सबैपक्षलाई समेटेर पुनर्गठन गर्नुहोला,’ बैठकमा सहभागी ती नेताले भने। बैठकमा सबै नेताहरुले मन्त्रिमण्डल पुनर्गठन गर्दा भूगोल, पार्टीमा गरेको योगदान, समावेशीतालाई ख्याल राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। तर आजको बैठकमा कसलाई हटाउन र कसलाई ल्याउने भन्ने विषयमा भनेठोस कुरा नभएको ती नेताले बताए।

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध कठोर कदम चाल्ने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमी सरकारले फिर्ता लिने बताएका छन् । ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे ।

    नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए । उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए । तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

    उनले भने ‘यस नाममा केही उछृङ्खल गतिविधि देखिए । कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले त्यस्ता गतिविधि गरेका छन् । यसले समाधान हुँदैन । अहिलेको सरकार नेपाली जनताको सरकार हो । देशभक्त सरकार हो । यो सरकारले एक इन्च भूमि पनि मिचिन दिदैन ।’ हामीलाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गरे । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उनले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताए ।

    ‘अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ । यो सरकार राष्ट्रिय हितका पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’ प्रधानमन्त्री ओलीले भारतले पछिल्लो समय जारी गरेको नक्सा सच्याएरमात्र नहुने समेत प्रष्ट पारे । कतिपय मान्छेले नक्सा सच्याउ भनेर आन्दोलन गरिरहेको भन्दै उनले भने ‘नक्सा त प्रेसमा छाप्दा सच्याउन भइहाल्छ । हामी भूमि फिर्ता लिन लागेका छौं, विदेशी फौज हटाउन लागेका छौं । हामी त्यसमा सक्षम छौं । नक्सा सच्याउने कुरै होइन ।’

    प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए । प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ । इतिहासमा यस्तो हुदैनथ्यो । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’

    प्रतिक्रिया