• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कुनै कारण नखुलाई शक्तिशाली प्रधानमन्त्रीले अचानक दिए राजीनामा

    14.8K
    SHARES

    काठमाडौं । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा दिएका छन्। कुवेती समाचार संस्थाले सरकारका काम कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिएको उल्लेख गरेको छ । सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाइएको छैन ।

    सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिएका हुन् । खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन ।

    यस्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ । उनीमाथि आउँदो वर्ष पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ । राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् । अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रशारण गरिनेछन् । बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर छन् । बन्द कोठाको सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कियभले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको बताएका थिए ।

    अमेरिकी डेमोक्र्याटहरूले उनी र अन्य प्रत्यक्षदर्शीहरूले सार्वजनिक रूपमा आरोपहरू दोहोर्याउने आशा गरेका छन् । रिपब्लिकन र डेमोक्र्याट दुवैपक्षले यो प्रक्रियाभरी उत्तेजक भाषा प्रयोग गर्दै आएका छन् । रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई ‘कु’ गर्ने प्रयास गरेको आरोप डेमोक्र्याटहरूमाथि लगाएका छन् । संसद्को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम सीफले यसअघि ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई ‘परम्परागत गुन्डाहरूबीचको कुराकानी’को संज्ञा दिएका थिए ।

    महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो । यदि तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाई गर्नुपर्ने बाध्यता हुनेछ । यस्तै यता बोलिभियामा आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी विपक्षी सिनेटर जिनाइन अनेज र पूर्व राष्ट्रपति इभो मोरालेजका समर्थकबीच झडप भएको छ । नयाँ अन्तरिम राष्ट्रपतिको घोषणाविरुद्ध मोरालेजका समर्थक प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रदर्शनकारी र दंगा प्रहरीबीच पनि विभिन्न ठाउँमा झडप भएको छ । मोरालेज समर्थित सांसदहरुले अनेजको नियुक्तिको वैधानिकतालाई चुनौति दिने बताएका छन् । तर संवैधानिक अदालतले भने अन्तरिम राष्ट्रपतिको नियुक्तिलाई अनुमोदन गरेको छ । मोरालेजको पार्टीका सांसदहरुले सिनेट बैठक बहिस्कार गरेका थिए । अनेजले चाँडै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचनमा धाँधली भएको भन्दै विरोध चर्किएपछि आइतवार राजिनामा दिएका मोरालेज राजनीतिक शरणका लागि मेक्सिको पुगेका छन् ।

    यस्तै यता नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा शयर गरेका छन् । बिहीवार पोखरा पुगेका उनले फेवातालमा जलविहार गरेका हुन् । राष्ट्रवपति हमिद नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौंबाट पोखरा पुगेका थिए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

    राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाइएको थियो । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

    पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम राखिएको थियो । जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया