• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    ओली सरकारको लाजमर्दो हर्कत, भारतविरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि दमन, कयौं गिरफ्तार

    28K
    SHARES

    काठमाडौं । भारतले नेपालीभूमी हडपेर नक्सा तयार गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएको अनेरास्ववियु (क्रान्तिकारी)माथि प्रहरीले हस्तक्षेप गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीको आह्‍वानमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई ठाउँठाउँमा रोकेको छ भनेने माइतीघरमा पुगेका विद्यार्थीहरुमाथि हस्तक्षेप गरेको छ ।

    प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभात भट्टराई, काठमाडौं जिल्ला अध्यक्ष गोबिन्द बिष्ट, छत्र बिक, सुवाष, धनजन, दयाराम, पूर्सणचन्द्र, नबिन बिष्ट लगायत ३ दर्जन बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । त्यस्तै गोपाल किराती नेतृत्वको माओवादी केन्द्रनिकट क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी पनि गिरफ्तार परेका छन् । यसअघि आजै विहान प्रदर्शनको लागि ललितपुरबाट आउँदै गर्दा तीनजनालाई गिरफ्तार गरेको थियो ।

    भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा देखाएपछि नेपालभर त्यसको बिरोध भइरहेको छ । तर प्रहरीले भारतीय हस्तक्षेप र दादागिरीबिरुद्ध सडकमा उत्रिएका विद्यार्थीहरुमाथि धरपकड गरेर आफ्नो फासिवादी चरित्र देखाएको विश्लेकहरुको विश्लेषण छ । यसैबीच अखिल क्रान्तिकारीले प्रहरी दमन र धरपकडका बीच पनि आफ्नो कार्यक्रम जारी राखेको छ ।

    राष्ट्र र राष्ट्रिय स्वाधीनताका लागि सडकमा आएको क्रान्तिकारीमाथि दमन गरिरहेको ओली सरकारले अहिलेसम्म भारतसँग सिमा विवाद र आफ्नो भूमि फिर्तीका लागि कुनै पहल गर्न नसकेको अवस्थामा उल्टै आफ्नै देशका युवाहरुमाथि दमन गर्नु ओली सरकारको लज्जास्पद हर्कत भएको क्रान्तिकारीका नेताहरुले बताएका छन् । उनीहरुको गिरफ्तार नेता कार्यकर्ताह्जरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    यसैबीच उता भारतद्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी , लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएको विरुद्धमा अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समितीले कंचनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनलाई सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह र कंचनपुर अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका छन् । क्रान्तिकारीले सङ्गठनका क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाह नेतृत्वको विरोध जुलुस निकालेको थियो।

    ३ दिनअघि मात्रै सरकारले भारतीय हस्तक्षेपविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ सहित १६ नेता तथा कार्यकर्तालाई बाजुराबाट गिरफ्तार गरेको थियो । नेकपाका केन्द्रीय सदस्य आदर्शसहित १६ जनालाई प्रहरीले बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो गिरफ्तार गरेर हिरासतमा राखेको छ । गिरफ्तारीमा पर्नेहरूमा डम्बर सुनार, नरेश शाही, दीपकप्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा, उदय कशेरा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् । हेर्नुहोस् भिडियो…

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ