• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लिपुलेक-कालापानी फिर्ता गर्न ओली सरकारले भारतविरुद्ध लिने भयो यस्तो कडा एक्शन

    10.6K
    SHARES

    काठमाडौँ । सरकारले लिपुलेकलाई फिर्ता गर्न भारतसँग कूटनीतिक वार्ता गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका भएको सर्वदलीय बैठकमा लिपुलेक फिर्ता ल्याउन औपचारिक रुपमै सरकारले भारतसँग वार्ता गर्ने सहमति जुटेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जाकारी दिए । उक्त सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै ज्ञवालीले लिपुलेक र कालापानी फिर्ता गर्न सरकारले भारतसँग प्रभावकारी रुपमा कूटनीतिक वार्ता गर्ने बताए। ‘लिपुलेक र कालापानी क्षेत्र क्षेत्र निर्विवाद नेपालको हो भन्नेमा दुविधा रहेन। बैठकमा सबै दलबाट अभूतपूर्व सहमति प्रकट भएको छ,’ उनले भने, ‘यो सहमतिलाई आधार बनाएर सरकारले भारतसँग वार्ता गर्छ। नेपालको न्यायोचित भू-भाग फिर्ता लिनुपर्छ र यसका लागि सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्ने निर्णय भएको छ। भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीसमेतलाई राखेको विषयमा सरकारले धारणा बनाउन सर्वदलीय बैठक डाकेको थियो। चार घन्टा लामो बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमा विवाद, भारतीय पक्षबाट नेपालका भूमि अतिक्रमणबारे छलफल गरी राष्ट्रिय धारणा बनाउन बैठक राखेका थिए। अपराह्न सुरू भएको छलफलमा प्रधानमन्त्री शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सरकारका मन्त्रीहरू, सीमाविदहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न दलका नेताहरू सहभागी थिए।

    यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका छन् । भारतले लिपुलेक कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विरोधमा भइरहेको आन्दोलन जारी राख्न उनले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग शनिबार बिहान बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिए । ‘शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना अन्तर्गत रहेर काम गर्न निर्देशन दिनुभयो,’ अर्यालले भने । अर्यालका अनुसार सभापति देउवाले राजधानीमा देखिने गरी काठमाडौंमा आन्दोलन उठाउनु पर्ने बताएका छन् ।

    कांग्रेस सभापति देउवाले भारतीय नक्सा सच्याउनका लागि दबाब दिन राष्ट्रिय एकता आवश्यक भएको पनि बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी पनि गराएका थिए । भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । सो नक्सा सच्याउन र अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग गर्दै देशभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले अलग-अलग प्रदर्शन गर्दै आएका छन् । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

    त्यस्तै यता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन् । बनेपा नगरपालिका–४ नाला आयोजित एक कार्यक्रममा मन्त्री बाँस्कोटाले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गरे । “मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन”, मन्त्री बाँस्कोटाले भने । सीमा विवादले सरकारको ‘मन’ दुःखेको उनको भनाइ थियो । “छिमेकीले नक्सा जारी गरेको छ, सीमा मिचिएको छ, सरकारले अस्वीकार गरेको छ, हामी त्यो स्वीकार्न सक्दैनौँ”, मन्त्री बाँस्कोटाले भने । सरकार सीमा विवादका विषयमा छलफलमा गम्भीरतापूर्वक जुटेको मन्त्री बाँस्कोटाले बताए । “सरकार प्रमाण खोजेर त्यस आधारमा यथोचित निष्कर्षमा पुग्नेछ”, उनले भने, “सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कूटनीतिक रुपमा छलफल गर्ने पक्षमा छ ।”

    “सत्यको अघि झुट टिक्दैन, न्यायको अघि बल टिक्दैन, तागत टिक्दैन, त्यसैले सत्य र न्यायको लडाइँले जित्छ, जित्नेछौँ ” उनले भने । मन्त्री बाँस्कोटाले जुनसुकै देशका लागि आफ्नो सार्वभौमसत्ता प्रिय हुने बताए । “सार्वभौमसत्ता चीन र भारतको ठूलो, नेपालको सानो भन्ने हुँदैन, हाम्रो हक–अधिकार, हाम्रो सीमा ऐतिहासिक प्रमाणका आधारमा निर्धारण गरी छोड्छौँ”, उनले भने। वर्तमान सरकार हिजोको जस्तो सीमा मिची सक्यो भनेर मुन्टो लुकाउने पक्षमा नभएको उनको भनाइ थियो । करीब दुई प्रतिशत सीमा समाधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताए । मन्त्री बाँस्कोटाले समय समयमा सीमा विवाद आइरहेको स्मरण गर्दै सरकार एकतापूर्वक राष्ट्र र स्वाभिमान कायम राख्न दृढ रहेको बताए । उनले भने “कसैको लहैलहैमा लागेर वीर गोर्खाली भनेर एकैचोटि तरबार झिक्न मिल्दैन, सोचेर, प्रमाणसहित जानुपर्छ ।”


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ