• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कालापानी-लिम्पियाधुरा अतिक्रमण बिरुद्ध अखिल क्रान्तिकारीले बुझायो संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र

    2.5K
    SHARES

    काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले भारतले नेपालीभूमी लिम्पियाधुरा-कालापानीमाथि गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गरेको छ । अखिल क्रान्तिकारीले शुक्रबार नेपालस्थित संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाउँदै भारतले नेपालीभूमी अतिक्रमण गरी नक्सा सार्वजनिक गरिएको विषयलाई अन्तर्राष्ट्रियकरण गरेको हो ।

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले घोषणा गरेका संघर्षका कार्यक्रमअनुसार अध्यक्ष चिरञ्जीबी ढकालको नेतृत्वमा गएको टोलीले उजुरी दिएको छ । उजुरी तथा ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीले भारतले नेपालीभूमी लिम्पियाधुरा-कालापानी क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ । नेपालस्थित राष्ट्र संघ कार्यालयका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारीका अध्यक्ष ढकालले अतिक्रमित नेपालीभूमी फिर्ताको लागि पहल गर्न माग समेत गरेका थिए । उनले यो विषयलाई राष्ट्र संघको बैठकमा उठाउन समेत माग गरे ।

    अध्यक्ष ढकाल, उपाध्यक्ष रुद्र भट्टराई, कोषाध्यक्ष नरेन्द्र बिक, केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर बिकले भारतविरुद्ध नेपालस्थित कार्यालयका पदाधिकारीमार्फत राष्ट्र संघका महासचिवलाई ज्ञापनपत्र बुझाएका हुन् । टोलीले भारतले नेपालीभूमी अतिक्रमण गरेको भन्दै राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै कदम चाल्न समेत माग टोलीले गर्‍यो ।

    अखिल क्रान्तिकारीको ज्ञापनपत्र बुझ्दै राष्ट्र संघका प्रतिनिधिहरुले जस्ताको त्यस्तै मुख्यालय पठाउने बताए । उनीहरुले कसैले पनि अरुको भूमी मिच्न नहुने भन्दै यो विषयमा राष्ट्र संघले अध्ययन गर्ने समेत बताए । भारतले नेपालीभूमी अतिक्रमण गरी तयार गरेको नक्सा खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले कात्तिक २४ गतेसम्म चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

    जसअनुसार कात्तिक २० गते बुद्धिजीवी, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया, कात्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने, २२ गते भारतीय दूतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा उजुरी तथा ज्ञापनपत्र बुझानउे, २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने रहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ