• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रतिबन्धकाबीच काठमाडौँको मुटुमै क्रान्तिकारीको मशाल जुलुस, भन्छन्- ज्यान जाला कालापानी-लिपुलेक छोड्‍दैनौं

    6.5K
    SHARES


    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल क्रान्तिकारीले भारतले कालापानी–लिपुलेकमा अतिक्रमण गरेको भन्दै विरोधमा काठमाडौँको बानेश्वरमा मशाल जुलुस निकालेको छ । विद्यार्थीहरुले कालापानी-लिपुलेकलाई आफ्नो भूमीमा पारेर भारतले नक्सा तयार गरेको भन्दै उनीहरुले बिहिबार साझ विरोध पदर्शन गरेका हुन् ।

    नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको छ तर पार्टी निकट बिद्यार्थी संगठन काठमाडौँ जिल्ला समिति र क्याम्पस जिल्ला समितिले भने देशको राजधानीमै भारतीय अतिक्रमणविरुद्ध संयुक्त रुपमा मशाल जुलुससहित विरोध पर्दशन गरेका छन् । नयाँबानेश्वरमा चोकमा मशाल जुलुसहित भारतविरुद्ध नाराबाजी गरेका बिद्यार्थीहरु केहि बेरमै आ-आफ्नो बाटो लागेका थिए ।

    करिब डेढ सय जना जतिको संख्यामा आएका विद्यार्थीहरुले वर्तमान सरकार भारतको अगाडि झुकेकै भन्दै विद्यार्थीहरुले नेपाल सरकारविरुद्ध पनि नाराबाजी गरेका थिए । भारतीय अतिक्रमणविरुद्ध अखिल क्रान्तिकारीले घोषणा गरेका संघर्षका कार्यक्रमअनुसार विहीबार देशैभर मशाल जुलुससहित विरोध पर्दशन गरिएको छ ।

    हातमा मशाल बालेर नाराबाजी गर्दै आक्रोसित भएका विद्यार्थीहरुले लिपुलेख, कालापानी-हाम्रो हो, मिचियको सीमा र असमान सुगौली सन्धी-खारेज गर, साम्राज्यवादी मोदि सरकार-मुर्दाबाद, सीमा मिच्दा नबोल्ने केपी सरकार–चाइदैन, अखिल (क्रान्तिकारी)- जिन्दाबाद, एकीकृत जनक्रान्ति-जिन्दाबादजस्ता नारा लगाएका थिए ।

    विद्यार्थीहरुले बरु ज्यान दिन तयार तर नेपालीभूमीको पनि नछोड्ने भन्दै फेरि भारतविरुद्ध सुरुङ युद्धको आवश्यकता भएको समेत बताएका थिए । अखिल क्रान्तिकारीले मशाल जुलुससहित नारा लगाइरहेको बेला स्थानीयले घर र सडक छेउबाटा ताली बजाएर एक्येबद्धता जनाइरहेका थिए। भने वरपरबाट हेर्नेहरुको घुइचो लागेको थियो ।

    यस्तै बिहीबार राति साढे नै बजे नेकपाका निबर्तमान केन्द्रीय सदस्य तथा ललितपुर भक्तपुर इन्चार्ज टेक बहादुर केसी ‘आजद’लाई प्रहरीले गिरफ्तार गरेको छ । शनिबार बिहानसम्म उनको अबस्थाका बारेमा कुनै जानकारी नदिएको प्रहरीले मिडियाकर्मीलाई समेत सुचना दिन मानेको छैन । उनलाई राति भक्तपुरबाट गिरफ्तार गरिएको नेकपाले जनाएको छ । उनलाई परिवारको सम्पर्कमा समेत आउँ नदिएको पारिवारिक स्रोतले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ