• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपाका नेता आजाद मध्यराति गिरफ्तार, अवस्था अज्ञात, प्रहरीले ससूचना दिन मानेन

    9.5K
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निबर्तमान केन्द्रीय सदस्य टेक बहादुर केसी ‘आजाद’ लाई प्रहरीले शुक्रबार राती साढे ९ बजे गिरफ्तार गरेको छ । नेकपा स्रोतले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार आजादलाई प्रहरीले शुक्रबार राती सेल्टरबाट गिरफ्तार गरेको हो ।

    आफ्ना नेतालाई अपहरण शैलीमा प्रहरीले मध्यराती गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै नेकपाले आपत्ति जनाएको छ । सञ्चारकेन्द्रको सम्पर्कमा आएक एक केन्द्रीय सदस्यले भने- ‘ओली सरकारले अहिले हाम्रा नेता कार्यकर्तालाई रातारात गिरफ्तार गर्ने र बेपत्ता पार्ने, पारिवारिक सम्पर्कमा समेत आउन नदिने र अबस्था अज्ञात राखी चरम यातना दिने गरिरहेको छ । यो गम्भीर मानव अधिकारको उल्लंघन हो । हाम्रो पार्टी प्रहरीको यस्तो अमानवीय कार्यको घोर भर्त्सना गर्दछ ।’

    प्रहरीले उनलाई राती गिरफ्तार गरेर कहाँ राखिएको छ भन्नेबारेमा समेत केहि जानकारी दिएको छैन । प्रहरीका एक अफिसरले आफ्नो परिचय नखुलाइदिने सर्तमा उनलाई गिरफ्तार गरेको कुरा सञ्चारकेन्द्रलाई बताएका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग ललितपुरमा राखिएको हुनसक्ने ति प्रहरी अफिसरको भनाइ छ । प्रहरीले नेता आजादलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन ।

    हालै मात्र केन्द्रीय समितिबाट घटुवा गरिएपछि आजादलाई पार्टीले भक्तपुर-ललितपुर जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । पछिल्लोपटक नेकपाका नेता कार्यकर्ताहरु कमजोर कार्यशैलीका कारण गिरफ्तार पर्ने गरेका छन् । यसघि नेकपाका केन्द्रीय सदस्य तथा उपत्य इन्चार्ज नबिन बिक पनि काठमाडौँबाटै गिरफ्तार परेका थिए ।

    त्यस अघि नेकपाका शक्तिशाली नेताकारुपमा चिनिने तत्कालिन उपत्यका इन्चार्ज माइला लामा पार्टीको आन्तरिक सुराकीको सूचनाकै आधारमा काठमाडौंको काडाघारीबाट गिरफ्तार परेका थिए । त्यस दिन उनले पार्टीको पत्रकार संगठनका एक केन्द्रीय पदाधिकारीसँग अपरान्ह ४ बजे भेटघाट गर्ने समय मिलाएका थिए । उनिसँग भेटघाट गर्न समय र लोकेशन फिक्स गरेपछि नै उनलाई गिरफ्तार गर्न प्रहरी दिउसै लामाको सेल्टर नजिक पुगिसकेको थियो ।

    यस्तै हालै मात्र प्रहरीले दाङबाट पार्टीको केन्द्रीय समितिका सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज विप्लवका दाजु बिरजङ्गसहित २१ जना नेता कार्यकर्तालाई राप्ती ब्यूरोको बैठक बसिरहेको जंगलबाट गिरफ्तार गरेको थियो । पार्टीको आन्तरिक सुराकीको सूचनाका आधारमा गिरफ्तार गरिएका उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ