• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भारतीय राजदूतलाई फोन मार्फत देउवाले दिए यस्तो कडा चेतावनी, दिल्लीमा खैलाबैला

    11.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएको छ । कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको भन्दै उनले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको जनाएका छन् । देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न सरकारलाई आग्रह पनि गरेको छ । त्यस्तै सरकारले भारतीय नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी गर्ने बताएका छन् ।  मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भारतको नक्सामा नेपाली भूमि परेको सन्दर्भमा समस्या समाधानका लागि कुटनीतिक र राजनीतिक रुपमा पहल गर्ने उनले बताए ।

    एकपक्षीय रुपमा जारी भएको राजनीतिक नक्सालाई हामीले अस्वीकार गर्ने र कुटनीतिक, राजनीतिक तहबाट त्यसलाई समाधान गर्ने काम गर्नेछौं’ मन्त्री बास्कोटाले भने । २०१८ सालमा नै लिपुलेक क्षेत्रमा जनगणना भएको र राजश्व उठाउनका लागि अड्डाहरु रहेको उल्लेख गर्दै उनले भने, ‘अन्त त राजस्व अड्डाहरु स्थापना गर्न सकिँदैन ।’ कुटनीतिक र राजनीतिक तहबाटै यो समस्या समाधान हुने उनले विश्वास ब्यक्त गरे । सरकार गम्भीरतापूर्वक देशको सीमा रक्षा, सार्वभौम स्वाधीनताको रक्षामा प्रतिवद्ध रहेको उनले बताए । लिपुलेक र कालापनीमा मात्रै सीमा समस्या नरहेको उल्लेख गर्दै उनले ऐतिहासिक तथ्यका आधारमा सीमा समस्याको समाधान खोजिने मन्त्री बास्कोटाले बताए । ‘सीमासँग सम्बन्धित विषयबस्तुहरु खाली त्यहाँको मात्रै होइन । अन्यत्र पनि सीमासँग सम्बन्धित विषयहरु टुङ्ग्गो लगाउन बाँकी छ’ उनले भने ।

    यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल अध्यक्ष प्रचण्डले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’ लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘यो गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ’ भनेको स्मरण गर्दै उनले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’ भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै उनले यसबारे सरकार पनि बोलिसकेको बताए । जेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एक ठाउँमा उभिने भन्दै उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’ सरकारले पनि भारतीय नक्सा स्वीकार्य छैन भनिसकेकाले अब दुई देशबीच सम्वाद हुने बताए । ‘अब कुरा हुन्छ भनेर सरकारले ग्यारेन्टी गरिसक्यो । यो अगाडि बढ्छ,’ उनले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ