• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    नेपालले भारतिय नयाँ नक्साको कडा बिरोध गरेकै बेला पाकिस्तानले दियो भारतलाई फेरी यस्तो चेतावनी

    17.8K
    SHARES

    काठमाडौं । भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् । मन्त्रालयको ‘लेटर हेड’मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षरकर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइरहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा विरोध गरेको थियो । भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने पाकिस्तानले प्रष्ट पारेको थियो । पाकिस्तानले के भन्यो ? भारतको नयाँ नक्सामा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय बन्दै आएको जम्मु–कश्मीरलाई भारतले आफ्नो भूभागका रुपमा समेटेको छ ।

    जम्मु–कश्मीर विवादका बारेमा भारत र पाकिस्तानका फरक धारणा रहँदै आएको अवस्थामा भारतले जम्मु–कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ खारेज गरी केन्द्र शासित प्रदेशका रुपमा नयाँ नक्सामा समेटेको छ । यस अतिरिक्त पाकिस्तान अधिनस्थ कश्मीरलाई पनि भारतले आफ्नो नक्सामा समेटेको छ । पाकिस्तानले भारतको सो कदमप्रति कडा आपत्ति जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको नक्सा ‘त्रुटिपूर्ण’ र कानुनी रुपमा ‘अपुष्ट’ रहेको जिकिर गरेको थियो । संयुक्त राष्ट्र सुरषा परिषदको प्रासंगिक प्रस्तावको विरुद्ध हुने गरी भारतले जारी गरेको नक्सालाई पाकिस्तानले अस्वीकार गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘भारतको राजनीतिक मानचित्रलाई पाकिस्तान खारेज गर्दछ’ भनिएको छ । संयुक्त राष्ट्रसंघको नक्सा अनुरुप भारतको नक्सा नरहेको पाकिस्तानको भनाइ थियो । ‘भारतको कुनै पनि कदमले जम्मु र कश्मीरको विवादित स्थितिलाई परिवर्तन गर्न सक्दैन जसलाई संयुक्त राष्ट्रसंघले मान्यता प्रदान गरेको छ,’ पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ