• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    भारतको दादागिरीबिरुद्ध सरकारले बल्ल मुख खोल्दै निकाल्यो यस्तो कडा विज्ञप्ति, दिल्लीमा हलचल

    26.7K
    SHARES

    काठमाडौं । सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य भएको बताएको छ । परराष्ट्र मन्त्रालयले बुधवार प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रष्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड छ । परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ।’ नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राबिधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने जिम्मेवारी दिइएको समेत नेपालले स्मरण गराएको छ ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताए । ‘यसबारेमा मैले पूर्ण रुपमा बुझ्न पाएको छैन । तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन । उनले भने । यस बिषयमा आफुले कुनै पनि किसमको सम्झौता नगर्ने उनको तर्क छ ।

    आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उनले चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए । ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसंग यस विषयमा मैले स्पष्ट कुरा राखेको थिएँ । तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्नेछ’ प्रचण्डले भने । यता अन्तर्राष्ट्रिय कानुनविपरीत भारत सरकारले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेकाले स्पष्टीकरण सोध्न साझा पार्टीले सरकारसँग माग गरेको छ । भारतद्वारा जारी नयाँ नक्साले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप गरेकाले भारतसँग स्पष्टीकरण माग्न साझाले विज्ञप्तिमार्फत माग गरेको हो ।

    ‘हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टीकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं,’ साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपाल–भारतबीचको सदियौं लामो सम्बन्ध नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकतामा यसले प्रहार गरेको भन्दै साझाले चिन्ता जनाएको छ । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा सीमामा पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण भइरहेका छन् । साझाले यस कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हालसम्मको कार्यप्रगतिबारे आमनागरिकलाई जानकारी गराउन पनि सरकारसमक्ष माग गरेकाे छ । मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिन पनि उसले विज्ञप्तिमार्फत आग्रह गरेको छ । यस्तो छ सरकारको विज्ञप्ति ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ