• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    गिरफ्तार परेको १३ दिनपछि रिहा भए गुणराज लोहनी, फेसबुकमा लेखे यस्तो भावुक स्टाटस

    5.7K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् । १३ दिन अघि चितवन स्थित आफ्नै डेराबाट गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

    रिहा भएपछि सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै लोहनीले हजारौँ शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रले आफुलाई फरक राजनैतिक आस्था राखेकै कारण गिरफ्तार गरेको बताएका छन् । स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । उनी उपचारमा थिए ।

    उनको स्वास्थ्यमा गम्भीर समस्या देखापरेपछि पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट मुक्त गरेको थियो । उक्त कुरा नेकपाले हालै जारी विज्ञप्तिमार्फत जानकारी गराएको थियो । पार्टीको केन्द्रीय समितिबाट अलग गरिएका लोहनीलाई के कति कारणले गिरफ्तार गरिएको हो भन्नेबारे रिहा गरेपछि खुलाएको छैन ।

    जनयुद्दकालदेखि नै माओवादी राजनीतिमा उच्च तहको जिम्मेवारीका साथै शिक्षक संगठनको केन्द्रीय अध्यक्ष लगायतका जिम्मेवारी निर्वाह गर्दै आइरहेका लोहनी विप्लव नेतृत्वको नेकपा गठनपछि पार्टीको केन्द्रीय समितिको साथै आन्तरिक प्रकाशन रातो खबरको निर्देशकको भूमिकामा थिए ।

    बिगतमा माओवादी पार्टी भित्रका अन्तरबिरोधमा समेत विवादमा नमुछिने नेता लोहनी साझा खालको राजनीतिक छवी भएका नेता मानिन्छन् । लोहनीलाई १३ दिन पहिला सादा पोसाकमा खटिएका प्रहरीले चितवनबाट पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ ।

    अहिलेसम्म राजधानीमै खुल्ला हिडिरहेका लोहनीलाई प्रहरीले गिरफ्तार नगर्नु तर पार्टीको केन्द्रीय सदस्यबाट हटाए लगत्तै गिरफ्तार गरिनुलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । राजनीतिक निर्देशनमै प्रहरीले गिरफ्तार गरेको हो भन्ने यसले देखाएको छ । उनी लामो समयदेखि मायोस्थेसिया भन्ने रोगबाट पीडित छन् ।

    चितवनमा रहेर लामो समयदेखि उपचार गराइरहेका लोेहनी उपचारका लागि बेलाबेलामा भारतमा पनि गइरहनुपर्ने उनको पारिवारिक स्रोतले जनाएको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ