• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    प्रभु बैंकले एक अर्बको डिबेञ्चर निस्काशन गर्ने

    3.1K
    SHARES

    काठमाडौं । निजी क्षेत्रको वाणिज्य बैंक प्रभु बैंकले कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । ‘१०.२५ प्रभु डिबेन्चर २०८६’ को बिक्री खुला गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले दश लाख युनिट ऋणपत्र जारी गर्न लागेको हो ।

    कूल एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४० अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरिने छ । म्युचुअल फण्डका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात २० लाख कित्ता पनि सर्वसाधारणको लागि बिक्री गरिनेछ । दश वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् । व्याज अर्धवार्षिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।

    यो ऋणपत्रमा कार्तिक २१ गतेदेखि छिटोमा कार्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको ऋणपत्र ढिलोमा मंसिर २० गतेसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ । ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन् । तर, व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ ।

    ऋणपत्रमार्फत् जम्मा हुने रकमको ८० प्रतिशत ऋण प्रवाहमा, २० प्रतिशत तरलता प्रसोचन तथा व्यवसायमा खर्च गर्ने बैंकले जनाएको छ । हाल प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी छ । बैंकको १८६ वटा शाखा, २३ वटा एक्सटेन्सन काउण्टर, १५० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ